
अर्थमन्त्री डा. प्रकाशशरण महतले विलासिता कर सुरु गरेका छन् । उनले विलासिता शुल्कको नाम दिएर कर संकलन गर्ने नयाँ बाटो खोजेका हुन् ।
अब नेपालमा उपभोग हुने देहायका विलासिताका वस्तु तथा सेवाको खरिद रकममा दुई प्रतिशतका दरले विलासिता शुल्क लगाई असुल गरिनेछः-
(क) पाँच तारे र सो भन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा,
(ख) आयातित मदिरा,
(ग) दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना।
कसले तिर्छ कर ?
(क) पाँच तारे र सो भन्दा माथिका होटल तथा लक्जरी रिसोर्टले सेवा प्रदान गरेको बखत,
(ख) आयातित मदिरामा पैठारी हुने भन्सार बिन्दुमा पैठारीका बखत,
(ग) दश लाख रूपैयाँभन्दा बढी मूल्यका हिरा, मोती, पत्थर जडित सुन वा बहुमूल्य धातुका गरगहना बिक्रेताले बिक्रीका बखत।
कहिले तिर्ने ? नतिरे के हुन्छ ?
विलासिता शुल्क बापत सङ्कलन गरेको रकम अर्को महिनाको पच्चीस गतेभित्र राजस्व खातामा जम्मा गरी सोको विवरण सहितको जानकारी सम्बन्धित राजस्व कार्यालयमा पठाउनु पर्नेछ । कुनै व्यक्तिले विलासिता शुल्क बापतको रकम दाखिल नगरेमा वार्षिक पन्ध्र प्रतिशतका दरले ब्याज लगाई असुल गरिनेछ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































