जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • हिमालयन बैंकको ललितपुरको जावलाखेल र धनुषाको भानु चोक शाखा नयाँ स्थानमा सर्‍यो

हिमालयन बैंकको ललितपुरको जावलाखेल र धनुषाको भानु चोक शाखा नयाँ स्थानमा सर्‍यो

हिमालयन बैंक लिमिटेडले शाखा स्थानान्तरण गरेको छ। सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्येबाट स्थानान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले ललितपुरको जावलाखेल शाखा र धनुषाको भानु चोकस्थित जनकपुर शाखा-२ लाई स्थानान्तरण गरी आइतबारदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गरेको जानकारी दिएको छ।

बैंकका अनुसार जावलाखेल शाखालाई ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा र जनकपुर शाखा-२ लाई पिडारी चोकमा स्थानान्तरण गरी सुनाकोठी शाखा र पिडारी चोक शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ।

बैंकको सुनाकोठी शाखाको शुभारम्भ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विपिन हाडाले गरेका छन्। पिडारी चोक शाखाको शुभारम्भ भने बैंकका मधेश प्रदेशका प्रदेश प्रमुख सागरकुमार रेग्मीले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका छन्।

2160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका