जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • कृषि विकास बैंकले ल्यायो एकै निवेदनबाट अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंकले ल्यायो एकै निवेदनबाट अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंक Agriculture Development Bank Limited ले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि अनलाइन डिम्याट खाता खोल्ने सहितका सेवाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् ।

अब ग्राहकले अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सी.आरंएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यो सेवाका लागि जुनसुकै दिन २४ सै घण्टा आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।

7320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका