जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार र नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्झौता

प्रभु बैंक र वन्डर्स नेपालबीच बैंकिङ कारोबार र नयाँ व्यावसायिक सम्बन्ध विस्तार सम्झौता

प्रभु बैंक लिमिटेड र वन्डर्स नेपाल प्रालिबीच महत्वपूर्ण बैंकिङ कारोबार तथा नयाँ व्यावसायिक सम्बन्ध विस्तारसम्बन्धी सम्झौता भएको छ। यो सम्झौताले दुवै संस्थाको व्यवसाय विकास र विस्तारका लागि नयाँ अवसरहरु सिर्जना हुने बैकले विश्वास लिएको छ।

सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर मञ्जयराज पाण्डे तथा वन्डर्स नेपालका तर्फबाट कार्यकारी निर्देशक सोहन श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौता हस्ताक्षर कार्यक्रममा प्रभु बैंकका वरिष्ठ बजार व्यवस्थापक शेखरराज बस्ताकोटी र निर्देशक पदमप्रसाद न्यौपानेको पनि उपस्थिति थियो।

उक्त सम्झौताअनुरुप बैंकले वन्डर्स नेपाल परिसरमा एटीएम, क्यूआर कोड, पोस मेसिनलगायतका विभिन्न बैंकिङ सेवा प्रदान गर्ने सहमति भएको छ।

सम्पूर्ण सर्वसाधारण तथा ग्राहकले वन्डर्स नेपालअन्तर्गत काठमाण्डौको कमलादीस्थित स्काई वाक भ्यु टावरमा गई आनन्दमय दृश्य अवलोकन गर्नुका साथै बैंकबाट प्रदान गरिने बैंकिङ सेवाको सुविधासमेत लिन सक्नेछन्।

यस सेवाबाट पर्यटक तथा सो स्थान अवलोकन गर्ने सर्वसाधारण लाभान्वित हुने बैंकको विश्वास छ।

3105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका