जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • सनराइज बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै सनराइज बैंकले बुधबार सुमन शर्मालाई प्रमुख कार्यकारी नियुक्त गरेको छ। उनले बुधबारबाटै कार्यभार सम्हालिसकेका छन्।

शर्मा माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। उनले कार्यभार बाँकी छँदै २०७६ फागुन २८ गते माछापुच्छ्रे छाडेका थिए। त्यसपछि खाली बसिरहेका थिए।

सञ्चालकसँगको लफडाका कारण पौडेलले मंगलबार राजीनामा दिएका थिए। उनले सोमबार मात्रै आरती राणालाई नायव प्रमुख कार्यकारी अधिकृत बनाएका थिए। शर्मा, पौडेल र राणाले ग्लोबल आइएमइ बैंकमा काम गरेका थिए।

माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए। त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए।

शर्मालाई चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको छ। शर्माले माछापुच्छ्रे छाडेपछि लगानी बोर्ड र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रमुख कार्यकारीका लागि आवेदन दिएका थिए। अन्तिममा आएर उनी दुबै ठाउँबाट बाहिरिएका थिए।

शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरेका थिए। शर्माले बैंकिङ क्षेत्रमा करिब २२ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।

सनराइज बैंकमा प्रमुख कार्यकारी नियुक्तिमा जहिले लफडा हुने गरेको छ। पौडेललाई नियुक्त गर्नुअघि बैंकले निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। उनले बैंकमा पदभार ग्रहण गर्नुअघि नै सञ्चालकले लफडा गरेपछि छाडेका थिए। त्यसपछि पौडेललाई प्रमुख कार्यकारी बनाइएको थियो। पौडेलको नियुक्तिपछि लफडा सुरु भएको थियो।

4415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?