जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रभु बैंकले २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

प्रभु बैंकले २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने

प्रभु बैंकले संस्थापकतर्फको २५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्री प्राथमिकतामा राखिएको छ।

राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिनु पर्ने हुन्छ।

बैंकको संस्थापक सेयरधनी श्री नेपाल इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको बैंकको २५ लाख ४ हजार ३२७ कित्ता सेयर कम्पनीले बिक्री गर्न निवेदन पेस गरेको हो।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा निवेदन दिन सक्ने बैंकले जनाएको छ।

3575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका