जोडिनुहोस
आइतवार, भदौ २३, २०८१
आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • माछापुच्छ्रे बैंकले इकोबिट ब्राण्डका विद्युतीय स्कुटर किन्‍न ऋण दिने, कर्जा अवधि ६-१९ महिनासम्म

माछापुच्छ्रे बैंकले इकोबिट ब्राण्डका विद्युतीय स्कुटर किन्‍न ऋण दिने, कर्जा अवधि ६-१९ महिनासम्म

माछापुच्छ्रे बैंक लिमिटेडले इकोबिट ब्राण्डका विद्युतीय स्कुटर किन्‍न ऋण दिने भएको छ। यसका लागि माछापुच्छ्रे बैंक र इकोबिट ब्रान्डबीच आइतबार सम्झौता भएको हो।

सम्झौताअनुसार इकोबिट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा माछापुच्छ्रे बैंकद्वारा क्रेडिट कार्डमार्फत कर्जा सुविधा उपलब्ध हुने छ।

माछापुच्छ्रे बैंकको केन्द्रीय कार्यालयमा भएको भेलामा बैंकका डिजिटल बैंकिङका डेपुटी चिफ उज्ज्वल पाण्डे र इकोबिट नेपालका प्रबन्ध निर्देशक हारुन खानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

बैंकका अनुसार कर्जा सुविधाअनुसार ६ महिना देखि १८ महिनासम्मको सुविधा उपलब्ध गराइनेछ। जसअन्तर्गत ग्राहकले ब्याज तिर्नु पर्दैन। साथै शून्य प्रतिशतको ब्याजदरमा उक्त कर्जा उपलब्ध गराइनेछ।

कर्जा सुविधा अनुसार इकोबिट ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्दा ग्राहकले आफ्नो आम्दानी खुल्ने कागजात उपलब्ध गराएको बढीमा ५ दिनभित्रमा स्कुटर लैजान पाउने कम्पनीले जनाएको छ।

1150
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका