जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर जारी

महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा नयाँ बोनस दर जारी

महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनस दर नयाँ निर्धारण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को कारोबारको लेखाजोखा र दायित्व मूल्यांकन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि नयाँ बोनस दर जारी गरेको हो। नयाँ बोनस दर अनुसार महालक्ष्मीका बीमितले प्रतिहजार ४० देखि ५२ रुपैयाँसम्म पाउने भएका छन्। महालक्ष्मी सावधिक बीमा योजनामा ५ वर्षदेखि १५ वर्षसम्मको अवधिलाई ५० रुपैयाँ तोकिएको छ। यस योजानामा ५ हजार २८ वटा बीमालेख जारी भएका छन्।

१६ देखि २५ वर्ष अवधिका लागि ५१ रुपैयाँ छ। यसमा ३ हजार ८ सय ७५ वटा बीमालेख जारी छन्। २६ देखि ३० वर्षसम्मको अवधिलाई ५२ रुपैयाँ छ। यसमा बीमालेखको संख्या ७ वटा छ।

महालक्ष्मी सरल जीवन बीमा योजनाको लागि ५ देखि १५ वर्ष अवधिका लागि ५० रुपैयाँ छ। यो बीमालेखको संख्या ४ सय ६१ छ। १६ देखि २५ वर्षसम्मका लागि ५१ रुपैयाँ निर्धारण गरिएको छ। यसमा १ सय ७ वटा बीमालेख जारी भएका छन्।

त्यस्तै, जीवन हेरचाह बीमाअन्तर्गत ५ देखि १५ वर्ष सम्मका लागि ५० रुपैयाँ तोकिएको छ। यसमा बीमालेख संख्या २ हजार ९ सय १७ छ। १६ देखि २५ वर्ष सम्मको लागि ५१ रुपैयाँ बोनस दर कायम भएको छ। यसमा २ हजार ६ सय ७६ वटा बीमालेख जारी भएका छन्।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमामा ५ देखि १५ वर्षसम्मका लागि ५० रुपैयाँ छ भने १६ देखि २५ वर्षसम्मका लागि ४० रुपैयाँ छ। यसमा ३ हजार ९४ वटा बीमालेख जारी छन्।

महालक्ष्मी धनधान्य बीमा योजनामा १५ र २० वर्षको अवधिका लागि ४० रुपैयाँको दरले बीमितले बोनस दर पाउने भएका छन्। यसमा बीमालेख संख्या ७२ वटा छ।

महालक्ष्मी सावधिक आजीवन बीमामा ५ देखि ३० वर्ष अवधिसम्मका लागि ५० रुपैयाँ बोनस दर तोकिएको छ। यस योजनामा २ हजार २ सय ७१ वटा बीमालेख जारी भएको छ। कम्पनीको आगामी बीमांकीय मूल्यांकन नभएसम्मका लागि सोही बमोजिम अन्तरिम बोनस दर कायम गरिएको कम्पनीले जनाएको छ।

1095
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?