जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरु

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच एकिकृत कारोबार शुरु

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एकिकृत कारोबार शुरु भएको छ । यी दुई कम्पनीहरु गाभिएर कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार आजदेखि प्रारम्भ भएको हो ।

यस अवसरमा कम्पनीको प्रधान कार्यालयमा विशेष पूजा तथा कार्यक्रमको आयोजना गरिएको थियो । त्यसैगरी, आजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३÷३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन  गरिएको छ ।

साबिक सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट अजिथ आर गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह) र त्यस्तै गरि साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट मनोहर दास मुल, (संस्थापक समूह) अरुण राज श्रेष्ठ, (संस्थापक समूह) कमल भटृराई, (सर्बसाधारण समूह) गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको छ ।

त्यसैगरी बैठकले साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको छ । नवनियुक्त अध्यक्ष मुलले आजै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

930
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?