जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सिद्धार्थ बैंकद्वारा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

सिद्धार्थ बैंकद्वारा प्यान नम्बर अद्यावधिक गर्न आग्रह

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई स्थायी लेखा नम्बर(प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका ग्राहकहरुको निक्षेप खाताबाट गरिएको करकट्टीको विवरण सम्बन्धित ग्राहककोृ स्थायी लेखा नम्बरमा आवद्ध गर्नुपर्ने भएकाले स्थायी लेखा नम्बर लिएका ग्राहकहरुलाई प्यान नम्बर अद्यावधिक गर्न आग्रह गरेको जनाएको छ ।
ग्राहकहरुले बैंकको आधिकारीक वेबसाइट वा मोबाइल बैंकिङ एपमा रहेको प्यान अपडेटमार्फत वा आफूलाई पायक पर्ने नजिकको शाखामा सम्पर्क गरी आफ्नो स्थायी लेखा नम्बर अद्यावधिक गराउन सक्नेछन् ।

स्थायी लेखा नम्बर अद्यावधिक भएपश्चात ग्राहकहरुको करकट्टी विवरण(ई–टीडीएस)नम्बरमा प्रविष्ट हुने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची–१० मा करकट्टी विवरणको मिलान गर्ने हुँदा करकट्टी प्रमाणपत्र आफैले सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

2310
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका