जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ग्लोबल मनी वीक २०२४: समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

ग्लोबल मनी वीक २०२४: समृद्धि फाइनान्सको वित्तीय साक्षरता कार्यक्रम

विश्व वित्तीय सप्ताह अन्तर्गत समृद्धि फाइनान्सले पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ । कम्पनीले बुधवार जनकपुर शाखा, खरेन्द्रपुर शाखा, इटहरी शाखा र औरही शाखाबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले मोडल कलेज, जनकपुर–४का बि.बि.ए पहिलो सेमेस्टारका ५० जना विद्यार्थीलाई, खरेन्द्रपुर शाखाबाट क्वालिटी एजुकेसनका ४० जना युवा, ईटहरी शाखा बाट सिमरवन राधा कृष्ण महिला समूहका २५ जना महिलालाई र औरही शाखाबाट बिजुलपुर बजारका २० जना स्थानीय वासिन्दालाई वित्तिय साक्षरता दिईएको थियो।

अनावश्यक खर्चहरुलाई कटौती गरेर बचतको बानी बसाल्न सके भविष्यको जीवनयापन सहज बनाउन सकिने तथा विभिन्न डिजिटल बैंकिङ कारोबार तथा यसका अवसर र चुनौतीको विषमा प्रस्तुतीकरण गरिएको थियो ।

विश्व वित्तीय सप्ताहको अवसरमा फाइनान्सले आफ्ना सम्पूर्ण शाखाहरुबाट विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आएको छ । आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

3510
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका