जोडिनुहोस
मङ्लबार, अशोज १, २०८१
मङ्लबार, अशोज १, २०८१
  • होमपेज
  • सबै बीमा कम्पनीमा छायो हरियाली, सबैभन्दा धेरै मूल्य वृद्धि हिमालयन लाइफको

सबै बीमा कम्पनीमा छायो हरियाली, सबैभन्दा धेरै मूल्य वृद्धि हिमालयन लाइफको

साताको तेस्रो कारोबार दिन मंगलबार सबै बीमा कम्पनीको शेयरमूल्य बढेको छ । यो दिन नेप्से परिसूचक बढेसँगै बीमा कम्पनीहरुको शेयरमूल्यमा पनि बढोत्तरी आएको हो । 

यस दिन जीवन बीमा उपसमूह ३१८.८५ अंकले बढ्दा निर्जीवन बीमा उपसमूह २३८.०६ अंकले बढेको छ । हाल नेप्सेमा १२ जीवन, १२ निर्जीवन र २ पुनर्बीमा कम्पनी गरी २६ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये यो दिन सबै कम्पनीको शेयरमूल्यमा बढोत्तरी आएको छ । 

जीवन बीमातर्फ सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । उक्त कम्पनीको शेयरमूल्य ४.९१ प्रतिशतले बढ्दा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ४.८२ प्रतिशतले बढेको छहो । 

यता निर्जीवन बीमातर्फ सबैभन्दा धेरै शेयरमूल्य बढोत्तरी हुने कम्पनीमा नेपाल इन्स्योरेन्स छ । उक्त कम्पनीको शेयरमूल्य ३.४१ प्रतिशतले बढ्दा यूनाईटड अजोड इन्स्योरेन्सको शेयरमूल्य ३.११ प्रतिशतले बढेको छ । 

यता २ पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सको शेयरमूल्य पनि क्रमशः २.१५ र १.७२ प्रतिशतले बढेको छ 

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका