जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • महाकवि देवकोटा क्याम्पसमा एनएमबि बैंकको वित्तीय साक्षरता

महाकवि देवकोटा क्याम्पसमा एनएमबि बैंकको वित्तीय साक्षरता

एनएमबि बैंक सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । नवलपरासीको सुनवल नगरपालिका अवस्थित महाकवि देवकोटा क्याम्पसमा अध्यनरत  बिबिएस र बिएड तहका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

एनएमबि बैंक सुनवलका शाखा प्रबन्धक अर्जुन ज्ञवालीले वित्तीय साक्षरता सम्बन्धि सहजीकरण गरेका थिए। उनले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु  तथा बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग,  बैंकिङ्ग फ्रड र फ्रडबाट  सुरक्षित रहने उपायहरु , एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता,  लुम्बिनी बचत खाता बारे जानकारी, शेयरकारोबार सम्बन्धि ज्ञान, एसआइपि तथा  एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण गरेका थिए।

कार्यक्रममा  क्याम्पसका अध्यक्ष कृष्ण लामिछानेले  बैंकले बिबिएस र बिएड तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा धन्यवाद दिदै  कार्यक्रमबाट समय, सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुले सिकेको बताएका थिए।

कार्यक्रममा क्याम्पस प्रमुख नारायण ढकालले क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाइ बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान र  सिकाइलाइ निरन्तर रुपमा आगामी दिनमा पनि एनएमबि बैंकको सहकार्यमा अगाडि बढाइने जानकारी दिए।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख प्रकाश जिसि, बिबिए कोर्डिनेटर तारा प्रसाद पाण्डेय, बिआइसिटिइ कोर्डिनेटर हरिदत्त शर्मा, अतिरिक्त क्रियाकलाप संयोजक शुलोचना अर्याल, आन्तरिक परिक्षा शाखाका चिरञ्जीवी बस्याल, शिक्षा तथा मानविकी विभाग प्रमुख वविन शर्मा सापकोटा, विद्यार्थी परामर्श शाखा संयोजक सुर्य प्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।

एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक  बैंक अफ द इयर नेपाल  तथा नेपालका बैंकहरुबाट पहिलोपटक एशिया महादेश भित्र रहेका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर  एसियाको उपाधी चुम्न सफल भएको थियो ।

सो कार्यक्रममा बैंकका कर्मचारी  दिनेश वस्याल, कृष्ण पान्डे , सुनिल अर्याल, सागर सुवेदी लगायतको उपस्तिथि रहेको थियो ।

745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका