जोडिनुहोस
सोमवार, अशोज ७, २०८१
सोमवार, अशोज ७, २०८१
  • होमपेज
  • आयकर ऐनमा सरकारको मनलागी, आय विवरण बुझाउने म्याद नथप्ने निर्णय

आयकर ऐनमा सरकारको मनलागी, आय विवरण बुझाउने म्याद नथप्ने निर्णय

आन्तरिक राजस्व विभागले आयकर ऐन २०५८ को दफा ९८ नै खारेज गर्ने गरी आय विवरण बुझाउने म्याद थप नगर्ने निर्णय गरेको छ ।

ऐनको दफा ९८ मा आय विवरण पेस गर्न विभागले एकै पटक वा पटक–पटक गरी बढीमा तीन महिनासम्म म्याद थप गर्न सक्ने छ भन्ने व्यवस्था गरेको छ ।

वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका हकमा आय विवरण बुझाउने म्याद नथप्ने निर्णय विभागले ४ असोजमा गरेको हो ।

आयकर ऐनको दफा ९७ मा प्रत्येक व्यक्तिले आय वर्ष समाप्त भएको तीन महिनाभित्र उक्त वर्षको आय विवरण विभागले तोकेको स्थानमा दाखिला गर्नुपर्छ भन्ने व्यवस्था गरेको छ ।

यो व्यवस्था अनुसार असोज मसान्तभित्र अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाउनुपर्छ । तर, सोही ऐनको दफा ९८ मा करदाताले म्याद थपको निवेदन दिए मनासिव माफिकको कारण भए विभागले म्याद थप गरिदिन सक्ने व्यवस्था गरेको छ । त्यसरी बढीमा तीन महिनासम्म अर्थात् पुस मसान्तसम्म म्याद थप हुन सक्ने व्यवस्था ऐनमा नै छ ।

सोही अनुसार करदाताले अनलाइन मार्फत आन्तरिक राजस्व विभागको प्रणालीमा म्याद थपको निवेदन दिने र त्यसमा विभागले स्वचालित म्याद थप गरिदिने हुँदै आएको छ ।

तर, ४ असोजमा विभागले ऐनले दिएको अधिकारबाट करदातालाई वञ्चित गर्ने गरी निर्णय गरेको हो । विभागले सोमबार प्रकाशित गरेको एक सूचनामा वार्षिक १ करोड रुपैयाँसम्म कारोबार गर्ने एकलौटी फर्म र कारोबार शून्य भएका निकायका सम्बन्धमा आय विवरण दाखिला गर्ने म्याद थप नहुने, वार्षिक २५ करोडसम्म कारोबार भएका निकाय र अन्य करदाताका सम्बन्धमा मंसिर मसान्तसम्म मात्रै म्याद थप हुने र वार्षिक २५ करोडभन्दा बढी कारोबार हुने करदाताका सम्बन्धमा २० पुससम्म मात्रै म्याद थप हुने निर्णय भएको उल्लेख छ ।

ऐनले दिएको अधिकार करदाताको सुविधामा व्याख्या हुनुपर्नेमा विभागले त्यसलाई नै खारेज गरी गरी सूचना प्रकाशित गरेको एक चार्टर्ड एकाउन्टेन्ट (सीए) ले बताए । ऐनले दिएको अधिकार विभागको निर्णय वा सूचनाले खारेज गर्न नमिल्ने पनि उनको भनाइ छ ।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका