जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • बैंकहरुले एकै दिनमा लिए ४६ अर्ब बढी अल्पकालीन कर्जा

बैंकहरुले एकै दिनमा लिए ४६ अर्ब बढी अल्पकालीन कर्जा

नेपाल राष्ट्र बैंकबाट विभिन्न बैंक तथा वित्तीय संस्थाले आइतबार एकैदिन स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ४६ अर्ब रुपैयाँभन्दा बढीको सापटी लिएका छन्। बैंक तथा वित्तीय संस्थाहरुले ४६ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ अल्पकालीन कर्जा लिएका राष्ट्र बैंकले जनाएको छ ।

बैंकहरुले दसैँअघि असोज १४ गतेसम्म कुल १९ खर्ब ७६ अर्ब ८० करोड ८५ लाख रुपैयाँ एसएलएफ सुविधा लिएको राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले जानकारी दिएको छ। विभागका अनुसार १ हजार १५९ कारोबारबाट बैंकहरुले साउन १ देखि असोजसम्म १४ गते उक्त रकमबराबरको अल्पकालीन सापटी लिएका हुन्।

असोज १४ गते बैंकहरुले ७१ अर्ब ४ करोड ७० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका थिए। बैंकिङ प्रणालीमा तरलताको अभाव हुुँदै गएमा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। जसको ब्याजदर ८.५० प्रतिशत रहेको छ ।

4595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका