जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • माछापुच्छ्रे बैंककद्वारा एक हप्ते व्यवसायिक सिपमुलक तालिम आयोजना

माछापुच्छ्रे बैंककद्वारा एक हप्ते व्यवसायिक सिपमुलक तालिम आयोजना

माछापुच्छ्रे बैंकले संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत सिराहा जिल्लाको कर्जनहास्थित श्री जनसेवामाध्यमिक (प्राविधिक) विद्यालयमा एक हप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ । माध्यमिक तहका विद्यार्थीहरुमा व्यवसायिक र प्राविधिक ज्ञान एवं सिपको विकास गर्ने उद्धेष्यले कम्पनीले इन्जिनीयर्स वीथआउट बोडर्स नामक सँगको सहकार्यमा व्यवसायिक सिपमुलक तालिम आयोजना गरेको हो ।तालिम समापन कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री एंव बैंकका पूर्व अध्यक्ष डा विरेन्द्र प्रसाद महतोले विद्यालय स्तरदेखि नै विद्यार्थीमा व्यवसायिक ज्ञान प्रदान गर्न सकेको खण्डमा भविष्यमा विद्यार्थीहरुलाई इच्छा लागेको क्षेत्रमा काम गर्न सहज हुने बताए ।सोही कार्यक्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए । उक्त कार्यक्रममा गोवर ग्यासबाट वायो ग्यास निकाल्ने, पानी फिल्टर गर्ने लगायतका प्राविधिक तालिम तथा ऊनबाट बनेका विभिन्न सजावटका सामानहरु बनाउने व्यवसायिक प्रशिक्षण दिइएको थियो ।

4230
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?