जोडिनुहोस
बिहिबार, मंसिर ६, २०८१
बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्बको प्रिमियम, रिलायबल नेपाल लाइफको सर्वाधिक ग्रोथ

जीवन बीमा कम्पनीले संकलन गरे ४१ अर्बको प्रिमियम, रिलायबल नेपाल लाइफको सर्वाधिक ग्रोथ

जीवन बीमा कम्पनीहरुले ४१ अर्ब रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् । १४ जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ४१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।  जीवन बीमकहरुको यो व्यवसाय गत आवको तुलनामा ०.६८ प्रतिशतले मात्रै बढी हो । गत आवको पहिलो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ४० अर्ब ८० करोड रुपैयाँ बीमा शुल्क भित्र्याएका थिए ।  देशको अर्थतन्त्रमा सुधार देखिँदै गएपनि बीमा कम्पनीहरुको व्यवसाय भने सामान्य मात्रै बढेको देखिएको छ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनी र साविक तीनवटा कम्पनी मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्सको व्यवसाय भने गत आवको तुलनामा घट्न पुगेको छ । अन्य कम्पनीहरुको पनि सामान्य मात्रै बढेको देखिएको छ ।

असोज मसान्तसम्म सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको छ । कम्पनीले ११ अर्ब ९९ करोड रुपैयाँ प्रिमियम संकलन गरी सबैभन्दा धेरै व्यवसाय गर्ने कम्पनी बन्न सफल भएको छ ।  त्यस्तै, दोस्रोमा नेशनल लाइफले ४ अर्ब ९० करोड रुपैयाँ प्रिमियम संकलन गर्दा एलआइसी नेपालले पनि ४ अर्ब ५७ करोड रुपैयाँ प्रिमियम संकलन गरी तेस्रो स्थान जमाएको छ ।  यता हिमालयन लाइफले भने ४ अर्ब ३१ करोड मात्रै प्रिमियम संकलन गरेको छ । कम्पनीले संकलन गरेको यो बीमाशुल्क गत आवको तुलनामा १।५८ प्रतिशत कम हो । गत आवको यस अवधिसम्म हिमालयन लाइफले ४ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो ।  यसका साथै सुर्यज्योति लाइफले २ अर्ब ४९ लाख, एशियन लाइफले २ अर्ब ३ करोड, सिटिजन लाइफले १ अर्ब ७४ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ५७ करोड, मेट लाइफले १ अर्ब ४४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले १ अर्ब ४० करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब २४ करोड, आइएमई लाइफले १ अर्ब २१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब २० करोड र सन नेपाल लाइफले ९३ करोड २७ लाख रुपैयाँ मात्रै प्रिमियम भित्र्याएको छ ।  

कुनले कति बढाए व्यवसाय ?  गत आवको पहिलो त्रैमाससम्मको तुलनामा यस आवमा सबैभन्दा बढी व्यवसाय बढाउनेमा रिलायबल नेपाल लाइफ रहेको छ । कम्पनीले १९।२७ प्रतिशतले प्रिमियम संकलन बृद्धि गरेको छ ।  त्यस्तै, दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले पनि १६।९९ प्रतिशतले व्यवसाय ग्रोथ गरेको तथ्याङ्कले देखाएको छ ।  यता सिटिजन लाइफले १६.१५ प्रतिशत, आइएमई लाइफले १०.३६ प्रतिशत, नेपाल लाइफले ९.५१ प्रतिशत, एशियन लाइफले ८.९८ प्रतिशत, सुर्यज्योति लाइफले ८.४५ प्रतिशत, प्रभु महालक्ष्मी लाइफले ७.७० प्रतिशत, मेट लाइफले ५.५२ प्रतिशत, सन नेपाल लाइफले ५.२३ प्रतिशत, सानिमा रिलायन्स लाइफले ३.५३ प्रतिशत र एलआइसी नेपालले १.४६ प्रतिशतले व्यवसाय बढाएको छ ।  त्यस्तै, दुई कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी र हिमालयन लाइफको व्यवसाय भने घटेको छ । हिमालयन लाइफको १.५८ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको ६५.३५ प्रतिशतले व्यवसाय घटेको छ ।

160
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका