जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • ४० लाख बढी कमाउनेको अग्रिम करकट्टी न्यून भएको भन्दै कडाइ गर्न आन्तरिक राजस्वको निर्देशन

४० लाख बढी कमाउनेको अग्रिम करकट्टी न्यून भएको भन्दै कडाइ गर्न आन्तरिक राजस्वको निर्देशन

आन्तरिक राजस्व विभागले ४० लाख वा सोभन्दा बढी कमाउनेहरुको अग्रिम करकट्टी न्यून रहेको भन्दै मातहतका निकायहरुलाई कडाइ गर्न निर्देशन दिएको छ। विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई पत्र लेख्दै टीडीएस परीक्षणको क्रममा ४० लाख रुपैयाँ वा सोभन्दा बढी आय हुने करदाताको विवरण हेरेर नियमानुसार टीडीएस रकम दाखिला गरे/नगरेको, विवरण दिए/नदिएको परीक्षण गर्न भनेको हो।

विभागले त्यस्ता विवरणसम्बन्धी हेर्नुपर्ने सबै विषयको चेकजाँच, परीक्षण सम्बन्धि सम्पूर्ण काम गरी त्यसको प्रगति इएआइएमएसमा प्रविष्ट गर्न निर्देशन दिएको छ।

विभागले ४० लाख वा सोभन्दा बढी आय भएको तर डीओफोर आय विवरण पेस नगर्ने करदाताको पहिचान गर्न करदाताको विवरण हेर्न सकिने व्यवस्था समेत गरेको छ।

3315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका