जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द

आजदेखि लागू हुने गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ। करिब पाँच महिनासम्म अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको हो। नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान)ले विमानस्थलको स्तरोन्नति र विस्तार गर्न आजबाट दैनिक १० घण्टा उडान बन्द हुने जनाएको छ। स्तरोन्नतिका क्रममा राति १० देखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन्।

प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ। यी काम पूरा गर्न १५ अर्ब खर्च हुने आयोजनाले जनाएको छ। पाँच महिनासम्म दैनिक १० घण्टा विमानस्थल बन्द हुने भए पछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरिरहेका छन्। उनीहरुले निर्माण कार्य छिटो पूरा गर्नुपर्ने माग गरिरहेका छन्।

वायुसेवा सञ्चालक संघ (आओन)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम तदारुकतासाथ गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई आग्रह गरिसकेको छ। विमानस्थल दैनिक १० घण्टा बन्द हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान ३० प्रतिशत कटौती हुनेछन्।

२०७७ सालमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) धावनमार्ग विस्तार भएको थियो। त्यसबेला धावनमार्ग तीन हजार ३०० मिटर कायम गरिएको थियो। त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो। तत्कालीन समयमा विमानस्थलको धावनमार्गकोभएको थियो। त्यसअघि २०७५ सालमा पनि दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो। त्यसबेला पनि विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो।

115
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै