
ग्लोबल आइएमई बैंक व्यावसायिक रूपमा सञ्चालनमा आएको आगामी पुस १८ गते १८ वर्ष पूरा हुँदैछ। आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८ अर्ब ८६ करोड ७३ लाख र कर पछिको मुनाफा ६ अर्ब १३ करोड ७४ लाख रूपैयाँ हासिल गर्न सफल भएको छ।
आर्थिक वर्ष २०८०/८१ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोड रूपैयाँले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने १ अर्ब १२ करोड ७७ लाख रूपैयाँले वृद्धि भएको छ।
त्यस्तै, सञ्चालन खर्च तर्फ पनि १ अर्ब ८ करोड ४६ लाख रूपैयाँले वृद्धि भएको छ। समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५ करोड ६९ लाखले कमी आएको छ।
बैंकले सो मुनाफापछि ५.५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ। चालु आर्थिक वर्षको प्रथम त्रैमासमा भने बैंकको निक्षेपमा २४ अर्ब ५१ करोडले वृद्धि भइ ५ खर्ब २९ अर्ब ३८ करोड पुगेकोे छ भने कर्जा लगानी तर्फ पनि रु। २७ अर्ब ८६ करोडले वृद्धि भइ ४ खर्ब १८अर्ब ६३ करोड पुगेको छ।
चालु वर्षको प्रथम त्रैमास अवधिमा बैंकले १ अर्ब ५१ करोड रूपैयाँभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, सन् २०२२ मा युरो मनी अर्वाड, द वेस्ट बैंक इन नेपाल, बेष्ट इम्प्लोयर लगायतका प्रतिष्ठित अवार्डहरूबाट सम्मानित भएको छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार



































































