जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • समृद्धि फाइनान्स इटहरी र पोखरा शाखाद्वारा रक्तदान सम्पन्न

समृद्धि फाइनान्स इटहरी र पोखरा शाखाद्वारा रक्तदान सम्पन्न

समृद्धि फाइनान्स लिमिटेड, इटहरी शाखाले रेडक्रस र जेसीआई जुनियर इटहरीसँगको सहकार्यमा इटहरी–६, सुनसरीमा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। शिवरात्रिको अवसरमा आयोजित यस कार्यक्रमको प्रमुख अतिथि इटहरी उप–महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवश पोखरेल रहेका थिए ।

कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूले उपस्थिति जनाए र ३१ जना रक्तदाताहरूले रक्तदान गरेका थिए। यस रक्तदान कार्यक्रमले समाजमा स्वास्थ्य सेवाका महत्त्वपूर्ण पक्षको बारेमा जनचेतना फैलाएको छ।

त्यसैगरी, समृद्धि फाइनान्स लिमिटेड, पोखरा शाखाले पनि महाशिवरात्रिको अवसरमा पोखरा–८ स्थित पशुपतिनाथ मन्दिरमा जल र प्रसाद वितरण कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रमका माध्यमबाट ५०० भन्दा बढी भक्तजनहरूले समृद्धि फाइनान्सद्वारा प्रदान गरिएको जल र प्रसादबाट लाभान्वित भएका छन्।

समृद्धि फाइनान्स सधैं ग्राहक हितमा समर्पित रहँदै समाज सेवाका गतिविधिहरूमा संलग्न रहन प्रतिवद्ध छ। भविष्यमै पनि यस्ता कार्यक्रमहरूमार्फत संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर .टि .जि .एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

1685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्