जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • प्रहरीकै जग्गा व्यक्तिको नाममा, यसरी जालमा परे पुस्कर

प्रहरीकै जग्गा व्यक्तिको नाममा, यसरी जालमा परे पुस्कर

सरकारी जग्गा व्यक्तिको नाममा किर्ते गरेको आरोपमा एक जना पक्राउ परेका छन् । नेपाल सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हकभोगको लागि दिएको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा काभ्रेका पुुस्कर बहादुर बस्नेतलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

काभ्रेको साविक सुनथान गाविस वडा नं. ८ कित्ता नम्बर ७५ क्षेत्रफल ३६-०-२-० वन क्षेत्र भनी उल्लेख भएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्नको लागि फिल्डबुक लगायत सरकारी कागजात किर्ते गरेको मुद्दाको अनुसन्धानको क्रममा उनी पक्राउ
परेको सीआईबीले जनाएको छ । उनी काभ्रेको बनेपाबाट पक्राउ परेका हुन् ।

उनीमाथि काभ्रे जिल्ला अदालत धुलिखेलबाट लिखत सम्बन्धी कसूर मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको सीआईबीले बताएको छ ।

1405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका