जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • २८ औं वर्षमा एनआईसी एशिया बैंक

२८ औं वर्षमा एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ औं वार्षिकोत्सव मनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नारालाई आत्मसात् गर्दै बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गरेको छ ।

बैंकका अनुसार २८ वर्षअघि आजकै दिन सुरु भएको यात्रा अहिले ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित शाखामार्फत लाखौं ग्राहकहरूसँग प्रत्यक्ष जोडिएको छ ।

डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्दै ‘डिजिटल फष्ट बैंक’ बन्ने लक्ष्यसहित एनआईसी एशियाले देशका सबै भूभागमा वित्तीय पहुँच पुर्याउने अभियानलाई तीव्र बनाएको छ । बैंकले मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय टेवा पुर्याउँदै आएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी र अन्य सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै अगामी दिनमा अझ उत्कृष्ट, नविन र अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।
‘हामी सबैको पहिलो रोजाइको बैंक बन्ने अठोटमा प्रतिबद्ध छौं,’ बैंकले बताएको छ ।

655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका