जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • कर्मचारीको स्वतन्त्रताको हक खोस्दै एनआईसी एशिया, हाकिमले पठाएको समाचार अनिवार्य सेयर गर्न सर्कुलर !

कर्मचारीको स्वतन्त्रताको हक खोस्दै एनआईसी एशिया, हाकिमले पठाएको समाचार अनिवार्य सेयर गर्न सर्कुलर !

एनआईसी एशिया बैंकले बैंकका प्रेस रिलिज, बैंकबारे विभिन्न संचारमाध्यममा आएका सकारात्मक समाचार, बैंक डुब्दैन भन्ने आशयका सबै समाचार आफ्नो व्यक्तिगत सामाजिक संजालमार्फत अनिवार्य रुपमा सेयर गर्न सर्कुलर जारी गरेको छ । बैंकको अफिसियल फेसबुक पेज र बैंकका सीइओले सेयर गरेका सबै समाचारहरु अनिवार्य रुपमा सेयर गर्न बैंकले उर्दी नै जारी गरेको हो ।

यता बैंकले आफ्नो व्यक्तिगत सामाजिक संजालमा बैंकको प्रचार गर्न लगाएपछि यो काम गैरकानुनी भएको भन्दै आवाज उठाईदिन केहि कर्मचारीहरु सम्पर्कमा आएका छन् । ‘हाम्रो व्यक्तिगत फेसबुक अकाउन्ट त हाम्रो हो नि । यसरी जवर्जस्ती गर्न पाइन्छ र ?’ एक कर्मचारीले भने, ‘यहाँ त कर्मचारीको स्वतन्त्रताको हनन हुने काम भएको छ ।’

ती कर्मचारीका अनुसार बैंकका ब्राण्डिङ विभागका कर्मचारी सरोज भट्टराईले यस्तो उर्दी दिने काम गरिरहेका छन् । यस विषयमा बुझ्न हामीले भट्टराईलाई फोनसमेत गरेका थियौँ । उनले प्रश्न सुन्ने बित्तिकै फोन नसुनिएको जस्तो गरेर ‘हेल्लो, हेल्लो, हेल्लो’ भन्दै फोन राखे । त्यसपछि उनको फोन निरन्तर सम्पर्क हुन नै सकेन।

बैंकले केहि दिन यता आत्तिएको शैलीमा समूह नै बनाएर बैंकको सकारात्मक प्रचार गर्न लगाउने र बैंकको क्रिटिकल समाचारको तल कमेन्ट गर्न फेक आईडीलाई लगाउने गरिरहेको छ ।

705
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका