जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको प्रतिफल घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङका दुई योजनाको प्रतिफल घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिङले दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ। कम्पनीले नबिल ब्यालेन्स फण्ड-२ र नबिल ब्यालेन्स फण्ड-३ को प्रतिफल घोषणा गरेको हो।

आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नबिल ब्यालेन्स फण्ड-२ का इकाईधनीले १३ प्रतिशतले हुन आउने १४ करोड ५६ लाख रुपैयाँ प्रतिफल पाउनेछन्। यो रकम कर प्रयोजनसहितको हो।

यस्तै, नबिल ब्यालेन्स फण्ड-३ का इकाईधनीले कर प्रयोजनसहित १३ प्रतिशत अर्थात १६ करोड २५ लाख रुपैयाँ लाभांश पाउनेछन्। लाभांश वितरण प्रयोजनका लागि भदौ २२ गते बुक क्लोज मिति तोकिएको छ।

बुक क्लोजअघि कायम ईकाइधनीले मात्र प्रतिफल पाउनेछन्।

1570
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका