जोडिनुहोस
शनिबार, बैशाख २२, २०८१
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल

साल्ट ट्रेडिङको बिक्री आम्दानी र मुनाफा दुवैमा उछाल

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ५८ लाख १६ हजार ८२७ रुपैयाँ  खुद नाफा आर्जन गर्न सफल भएको छ । 

यो रकम गत आवको सोहि अवधिको तुलनामा ९०.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ८८ लाख रुपैयाँबराबरको खुद मुनाफा आर्जन गरेको थियो ।  

कम्पनीको बिक्री आम्दानी पनि ९३.८६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले बिक्रीबाट ६ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

कम्पनीले कर्मचारीतर्फ १७ करोड ५० लाख र प्रशासनिक तर्फ १० करोड ३८ लाख रुपैयाँ खर्च गरेको छ । कम्पनीको जगेडा कोषको आकार १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । ६ अर्ब ८७ करोड रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको खुद नाफा प्रतिसेयर वृद्धि भएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ७.४३ रुपैयाँ रहेको कम्पनीको  खुद नाफा प्रतिसेयर बढेर १२.८४ रुपैयाँ कायम भएको छ ।  

475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका