जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सुधन गुरुङले नमानेपछि कुलमानले अन्तिममा फेरे पार्टीको नाम

ऊर्जासहित तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङले दल दर्ताका लागि सोमबार निवेदन दिने भएका छन्। कुलमानले ‘नेपाल जनसेवा पार्टी’ दर्ताका लागि निवेदन दिने भएका हुन्।

यसअघि ‘उज्यालो नेपाल’ पार्टी दर्ता गर्ने भनिएकामा कुलमान आइतबार विभिन्न समूहसँग छलफलपछि ‘नेपाल जनसेवा पार्टी’ गठन गर्ने निर्णयमा पुगेका हुन्।

‘दलको नाम नेपाल जनसेवा पार्टी र नारा उज्यालो नेपालका लागि जनसेवा पार्टी राख्ने पक्कापक्की भएको छ,’ कुलमान निकट एक नेताले भने।

स्रोतका अनुसार हामी नेपालका संयोजक सुधन गुरुङले ‘उज्यालो नेपाल’ नाममा असहमति जनाएपछि कुलमानले अन्तिममा पार्टीको नाम फेरेका हुन्।

कुलमानको नेतृत्वमा गठन हुने पार्टीमा सुधनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि रहनेछन्। उनको दललाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को पनि साथ रहने भनिएको छ।

कुलमानले जेनजी नेता र उद्योगीलाई पार्टीमा समेट्न लागेका छन्। त्यसका लागि उनले छलफल गरिसकेका छन्।

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थामा छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सो संस्थाका विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ हस्पिटालिटी तिनकुने काठमाडौं लगायतका सम्पुर्ण आउटलेटहरु आवासमा २० प्रतिशत र खाना तथा पेय पदार्थ १० प्रतिशत, बन्दीपुर माउण्टेन रिर्सोट बन्दीपुर तनहुँमा खाना तथा आवास ७ प्रतिशत, स्माईल ३६० डेण्टल क्लिनिक सामाखुशी काठमाडौंकम दन्त सेवामा २० प्रतिशत, बन्दीपुुर बजार घर बन्दीपुर तनहुँमा खाना तथा आवासमा ७ प्रतिशत, लन्जेभिटि हेल्थ होम ललितपुर महानगरपालिका–३ टुटेपानीमा अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअप लगायतका सेवामा २० प्रतिशतसम्म छुट दिइने सहमती भएको छ ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्डवाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ ।

यसअन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखि १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।

प्रभु महालक्ष्मी लाइफको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी भव्य रुपमा सम्पन्न

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बागमती प्रोभियन्स क्लव एचिभर्स अवार्ड सेरेमोनी २०८१/८२ सम्पन्न भएको छ ।

बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा भव्यताका साथ कार्यक्रम सु–सम्पन्न गरेको हो । कार्यक्रम कार्तिक २२ गते शनिबार काठमाडौंमा सञ्चालन भएको थियो । कार्यक्रममा प्रदेशस्तरमा उत्कृष्ट व्यवसाय गरी प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रोभियन्स क्लव हासिल गरेका अभिकर्ताहरुलाई बधाई दिदै यो एउटा सफलता सिढि मात्र हो भने अझ ठूला सफलताहरु अगाडि रहेकाले सो एचिभ गर्न सम्मानीतहरुलाई हौसला र मार्गनिर्देशन प्रदान गरेका थिय ।

कार्यक्रममा फलदायी बनाउन योगेन्द्र प्रसाद खतिवडाले र रोजेश बस्नेतले बीमा बिक्रीकला सम्बन्धी प्रशिक्षण प्रदान समेत गरेका थिए ।


सिटिजन्स बैंकले ल्यायो क्यूआर मर्चेन्ट लोन, ५ लाखसम्म ऋण लिन सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले ग्राहकहरूलाई आधुनिक र सहज बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यका साथ नयाँ डिजिटल ऋण योजना ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ सार्वजनिक गरेको छ । बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि ल्याइिएको यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण उपलब्धि मानिएको छ ।

यस योजनामार्फत साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी रूपमा ऋण सुविधा प्रदान गरिनेछ । सम्पूर्ण प्रक्रिया पूर्ण रूपमा डिजिटल रहने भएकाले ग्राहकहरूले शाखामा उपस्थित नभई मोबाइल वा अनलाइन माध्यमबाट नै ऋणको लागि आवेदन दिन र स्वीकृति प्राप्त गर्न सक्नेछन् ।

यस योजनाअन्तर्गत व्यवसायले कम्तीमा ६ महिना सिटिजन्स बैंकको क्यूआर मर्चेन्टको रूपमा कारोबार गरेको हुनुपर्नेछ । योग्य ग्राहकहरूले आफ्नो ६ महिनाको औसत मासिक क्यूआर कारोबार रकमको अधिकतम २५ प्रतिशतसम्म ऋण सुविधा प्राप्त गर्न सक्नेछन् । यस अन्तर्गत न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्म ऋण लिन सकिनेछ, जसको भुक्तानी मासिक किस्तामा गर्नुपर्नेछ ।

सिटिजन्स बैंकले यो नयाँ डिजिटल ऋण सुविधामार्फत साना तथा मझौला व्यवसायीहरूलाई वित्तीय पहुँच सहज बनाउने र उनीहरूको व्यवसाय विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ । बैंकका प्रमुख कर्जा अधिकृत तथा सहायक प्रमुख कार्यकारी अधिकृत सुमन मुलेपातीले ‘क्यूआर मर्चेन्ट लोन’ योजना बैंकको डिजिटल वित्तीय सेवामा एउटा कोसेढुङ्गा सावित भएको बताउँदै यसले ग्राहक र बैंकबीचको सम्बन्ध अझ सहज र गतिशील बनाउने विश्वास व्यक्त गरे ।

कामना सेवा फुट्सल कप सिजन–५ सम्पन्न, सिद्धार्थ र लुम्बिनीले जिते उपाधि

कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप सिजन–५’ शनिबार सम्पन्न भएको छ।

पुरुष तर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २–० ले पराजित गर्दै उपाधि जितेको छ। त्यस्तै, महिला तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइ.एम.ई. बैंकलाई १–० ले हराउँदै यस सिजनको उपाधि कायम राख्न सफल भएको छ।

वार्षिकोत्सवको अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको यो फुट्सल प्रतियोगिता बैंकको कर्मचारीबीच आपसी सहयोग, खेल spirit र स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हो।

विजेता र उपविजेता टोलीहरूलाई बैंकको तर्फबाट ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको उद्घाटन बैंकका डि.सी.ई.ओ. विनय दाहालले एन्फा रेफ्री अन्जना सुनुवारलाई बल हस्तान्तरण गर्दै गरेका थिए। समापन कार्यक्रममा प्रमुख सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेतालाई पुरस्कार वितरण गरे।

प्रतियोगितामा पुरुषतर्फ १७ र महिलातर्फ ९ टिम सहभागी भएका थिए। बैंकका विभिन्न विभागीय प्रमुख, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थितिमा खेलहरू उल्लासपूर्ण वातावरणमा सम्पन्न भएका थिए।

यस्तै, बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा कार्तिक २७ गते बिहीबार देशव्यापी रक्तदान कार्यक्रम पनि आयोजना गर्ने तयारी गरेको छ।

एन आई सी एशिया बैंकका ग्राहकलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् । उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक ९ःयद्यबलप० एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक नेसनल कार्ड स्वीचमा आबद्ध, अब ‘नेपालपे’ कार्ड जारी गर्ने

काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई राष्ट्रिय स्तरको भुक्तानी कार्ड सुविधा प्रदान गर्ने भएको छ। बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग ‘नेसनल कार्ड स्वीच’ तथा ‘नेपालपे कार्ड’को प्रिन्सिपल सदस्यताका लागि सम्झौता गरेको छ।

कार्तिक १८ गते सम्पन्न उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।

यो सम्झौतासँगै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक अब एनसीएचएलको राष्ट्रिय कार्ड स्वीच प्रणालीमा जोडिएको छ। यसपछि बैंकले आफ्ना ग्राहकहरूका लागि एनसीएचएलद्वारा सञ्चालित नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम ‘नेपालपे कार्ड’ जारी गर्न र उक्त कार्ड स्वीकार गर्न सक्नेछ।

एनपीएस–एनसीएस विभिन्न कार्ड स्वीचहरूबीच अन्तरआबद्धता कायम गरी डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि स्थापित एक केन्द्रीय प्रणाली हो। यो प्रणालीको कार्यान्वयनले घरेलु कार्ड कारोबारको लागत घटाउन, भुक्तानीसम्बन्धी डाटालाई स्थानीयकरण गर्न र डिजिटल भुक्तानी इकोसिस्टममा नवीनतम उपकरणहरूको विकासलाई बढावा दिन मद्दत पुग्ने विश्वास लिइएको छ।

एनसीएचएलको यस प्रणालीमा हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र १०० भन्दा बढी गैर-बैंकिङ सदस्यहरू आबद्ध भइसकेका छन्। देशभर ८८ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा १८ एटीएम टर्मिनल मार्फत सेवा प्रदान गर्दै आएको अग्रणी विकास बैंक शाइन रेसुङ्गाको यो सहकार्यले डिजिटल भुक्तानीको पहुँचलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।


एक्सेल डेभलपमेन्ट बैंकद्वारा कृष्णद्वैपायन गुरुकुललाई फोटोकपी मेसिन प्रदान

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडद्वारा भद्रपुर–६, तेलीभिट्टा, झापास्थित श्री कृष्णद्वैपायन गुरुकुल वेद विद्याश्रमका विद्यार्थीहरुको शैक्षिक विकासको लागि एक थान रंगीन फोटोकपी मेसिन हस्तान्तरण गरेको छ ।

बैंकका बजार व्यवस्थापन अधिकृत गजेन्द्र ढकालले संस्थाका व्यवस्थापन समितिका अध्यक्ष शान्ता बराललाई एक कार्यक्रमबीच उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका चन्द्रगढी शाखाका कर्मचारी सोनाम वाङ्ग्चुक शेर्पालगायत बैंकका कर्मचारी तथा विद्यालय समितिका अन्य उच्च पदाधिकारी, शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा संस्थाकी अध्यक्ष शान्ता बरालले बैंकले गरेको कार्यले विद्यार्थीको सिकाइ क्रियाकलापमा अझ बढी योगदान पुर्याउने भएकोले उक्त सहयोगको लागि बैकंलाई धन्यवाद ज्ञापन गरे ।

बैंकका तर्फबाट गजेन्द्र ढकालले बैंकको यस्तो सहकार्यले शिक्षकहरूलाई शिक्षण प्रक्रिया सुदृढ बनाउन मद्दत गर्ने र स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिएको साथै बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यहरू निरन्तर गर्दै, समाजको शैक्षिक, आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दृढ प्रतिबद्धता व्यक्त गर्ने कुरा बताए ।

कोशी प्रदेश कार्यक्षेत्र रहेको एक्सेल डेभलपमेन्ट बैंकले आफ्ना ४७ वटा शाखा र ३ वटा एटिएमबाट २ लाख ५० हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

हाल ८ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको एक्सेल डेभलपमेन्ट बैंकले थप शाखाहरु विस्तार गरेर आगामी दिनमा कोशी प्रदेशका अन्य जिल्लाहरुमा समेत सेवा प्रदान गर्ने जनाएको छ ।

बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्स

नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो । यसले आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ। यही चेतनालाई आत्मसात गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन् ।

बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन् । कपिलबस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका हुन् । कपिलबस्तुबाट माध्यमिक, प्लस टु पोखरा, स्नातक पोखरा, र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् ।

अध्ययनपछि कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनको बीमामा लाग्नुको पृष्ठभूमि भने मार्मिक छ । आज भन्दा ७ वर्षअघिको कुरा हो, पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए । यस क्रममा एक जना डाक्टर र उनकी श्रीमती घटनास्थलमै मृत्यु भए । यस घटनाले उनलाई रातभर निद्रा लाग्न दिएन । जीवन अनिश्चित रहेको अनुभूति भएपछि उनले निर्णय गरे, अनिश्चिततालाई रोक्न सकिँदैन, तर त्यसबाट हुने जोखिम न्यून गर्न सकिन्छ ।

उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्ना एक वर्षीय बच्चा, श्रीमती, र आफ्नै बीमा गरी यस पेशामा प्रवेश गरे । यस क्रममा कम्पनीका क्षेत्रीय कार्यालयका प्रवन्धक जयदेव गौतम र शाखा प्रमुख प्रकाश गौतमसँग बीमाबारे धेरै सिक्ने मौका पाए । कोभिड–१९ अघि करिब एक महिनाको आएजाने क्रममा उनले आफ्नो बीमा मात्र गरेनन्, अभिकर्ता बनेर व्यवसायिक रूपमा अगाडि बढ्न पनि प्रेरणा पाए ।

यसपछि उनी बीमा अभिकर्ता पेशालाई सामाजिक कामको रूपमा अंगालेर अगाडि बढ्ने दृढताका साथ लागे। २०–२५ दिनको उक्त बसाइले उनलाई पेशामा लाग्ने हौसला दिएको थियो ।

रिजाललाई अभिकर्ता पेशा अन्य व्यवसाय जस्तै महत्वपूर्ण लाग्छ । कसैले सामान ६ सयमा खरिद गरी १ हजारमा बेचेको नाफा कसैले टिप्पणी गर्दैन, तर बीमा व्यवसायमा नियम अनुसारको कमिशनमाथि आलोचना हुँदा उनलाई दुख लाग्छ । सुरुवाती चरणमा उनले बुटवलका ठूला व्यक्तिको ठूला बीमा गराए । तर क्षेत्रीय र शाखा प्रमुखले भने, ‘यदि समाजमा चिनिन चाहनुहुन्छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुहोस् । यसले पुण्यको काम हुन्छ ।’

यसपछि उनी आफ्नै जन्मस्थल कपिलबस्तुको ग्रामीण बस्तीमा पुगे । ठूला व्यक्तिबाट बीमा गराउँदै आएका रिजाल गरिब व्यक्तिका छोराछोरीको बीमा गर्न पुगे । तत्कालिन अवस्थामा उनी सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने अभिकर्ता बने। यसरी उनले बीमालाई अभियानको रूपमा अगाडि बढाए ।

यस क्रममा उनलाई तीतो–मिठा अनुभव पनि भए । कोभिड–१९ अघि एउटा आफन्तलाई बीमाको प्रस्ताव राख्दा स्वीकार भएन। पछि उक्त व्यक्ति कोभिड–१९ मा संक्रमित भए र उपचारमा २०–३० लाख खर्च भए पनि ज्यान गयो। यसले उनलाई बीमामा लाग्ने प्रेरणा दियो ।
रिजाल बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष पनि थिए । त्यहाँ ऋण समितिका सदस्यको काकीलाई बीमाको प्रस्ताव राख्दा केही दिन पर्खन अनुरोध भयो । दुर्भाग्यवश, उनी बुटवल–भैरहवा जाँदै गर्दा दुर्घटनामा मृत्यु भए ।

रिजाल भन्छन्, ‘किड्नी फेल भएर बाटा–बाटामा हिँडिरहेको देख्दा मलाई लाग्छ, यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए यस्तो दिन भोग्नुपर्दैनथ्यो ।’

तराइका ग्रामीण क्षेत्रमा मानिसहरू दैनिक पान, चुरोट, रक्सी सेवन गर्छन् । यदि तिनीहरूले केवल भोला खान रोक्न सक्थे भने ५ लाखको बीमा गर्न सक्थे। उनी गाउँ–गाउँ गएर यस चेतना फैलाइरहेका छन् । अर्घाखाचीका पहाडी क्षेत्रका गाई–बाख्रा पालन गर्ने कृषकलाई बाख्राको मूल्य बराबरको बीमा गराउन सुझाउँछन्, जसले बालबालिकाको उच्च शिक्षा सहज बनाउँछ ।

अभियानका क्रममा उनले गाउँ–गाउँमा मात्रै काम गरेका छैनन्, त्यहाँका नयाँ अभिकर्ता बनाएर ठूला टिम पनि निर्माण गरेका छन् । हजारौंलाई बीमा गराइसकेका, सयौं अभिकर्ता तयार पारेका रिजाल २०२२ मा एमडिआरटी क्वालिफाइ भएको र २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि क्वालिफाइ भएकी छन् ।

बीमाबाट अहिलेसम्म एउटा पनि दाबी परेको छैन । यसले उनलाई एजेन्सी म्यानेजर बनाउने प्रोत्साहन दिएको छ। उनी मासिक ४–५ लाख आम्दानी गर्दै आफ्नै टिम निर्माणमा लागेका छन् । कोरियामा ५ वर्ष काम गरेर फर्किए पनि नेपालमा राम्रो आम्दानी गर्न सक्नुले उनलाई थप हौसला दिएको छ ।

बीमाको महत्व
रिजालले सहरीदेखि ग्रामीण क्षेत्रसम्म एजेन्सी निर्माण गरिसकेका छन् । लक्ष्य नेपालभर एजेन्सी फैलाउनु हो । मानिसहरूले अनावश्यक खर्च बढी गर्ने तर बीमा गर्न पैसा नभएको प्रवृत्ति देखिएको छ ।

बीमामा प्रारम्भमा धेरै नकारात्मकता थियो, अभिकर्ताले शुल्क बुझाए पनि कम्पनीमा नगएको घटना सुन्न पाइन्थ्यो । यसले मानिसलाई बीमाप्रति नकारात्मक बनाएको थियो । गाउँ–गाउँमा जाँदा केही बीमितले विरोध पनि गरे । उनी भन्छन्, ‘कतिपय गल्ती अरूले गरे पनि मैले जवाफ दिनुपर्छ । गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउनुपर्छ ।’

बीमाले गाउँ–गाउँमा रुपान्तरण ल्याउने एकमात्र विकल्प हो । कतिपय परिवारमा ५ कक्षा भन्दा माथि पढेका छैनन् । अभिकर्ता बनाउने योग्यता नभए पनि उनी बीमाको अभियान मार्फत सबैलाई बीमाको दायरामा ल्याएर आर्थिक र सामाजिक अवस्था सुधार्ने प्रण गरेका छन् ।

उनले विद्यालय र क्लबसम्म पुगेर बीमाबारे जागरूकता फैलाइरहेका छन्। परिवारमा सदस्य विरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था छ भने बीमा गरे जोखिम न्यून गर्न सकिन्छ ।

रिजाल भन्छन्, ‘यदि सबैलाई बीमा गर्ने हो भने समाजमा क्रान्ति आउँछ । समयमा बीमा गर्दा बचत क्षमता बढ्छ । कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्दा गरिबी दर घट्छ । त्यसैले हामी गरिब बस्तीमा पुगेर यो महाअभियान अगाडि बढाइरहेका छौं ।’

द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक, द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा तलका विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । जसअन्तर्गत देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५% छुट, सबै सलोन सेवामा २०% छुट र ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी मा हुने तालिम कार्यक्रममा ३०% छुट पाउन सकिनेछ ।
यो सुविधा सक्रिय डिशहोम ग्राहकहरूका लागि, माइ डिशहोम एपमार्फत उपलब्ध हुनेछ ।

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

काठमाडौंमा अवस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।

कसरी छुट प्राप्त गर्ने ?
myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्नुहोस्।
होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्नुहोस्।
कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्नुहोस्।स साझेदारीलाई औपचारिक बनाउने क्रममा Tranquility Spa and Services का प्रमुख सञ्चालन अधिकृत रणिल फाइजो र डिशहोमका Chief of New Product Development Officer सबिन महर्जन बीच समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।

यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्ने डिशहोमका सिइओ तारा मानन्धरले बताए ।

DishHome Virtual Privilege Card कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।

नेपाल राष्ट्र बैंकले एकहजारका नायाँ नोट छपाउने

फेरि पनि नेपाली नोट छपाईको जिम्मा चिनियाँ कम्पनीलाई दिइने भएको छ । एकहजार रुपैयाँ दरको ४३ करोड थान नेपाली नोट छपाइका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ कर्पोरेसनलाई जिम्मा लगाइने भएको छ । यी नोट छपाउँदा एक करोड उनान्सत्तरी लाख पचासी हजार अमेरिकी डलर खर्च हुने भएको छ ।

सोही रकममा उक्त कम्पनीले डिजाइन, पिन्टङ र डेलिभरीसम्मको जिम्मेवारी लिएको छ । राष्ट्र बैंकले तोकेको सर्तहरु पुरा गर्नेगरी कम शुल्कमा नोट छपाईको प्रस्ताव उक्त कम्पनीले गरेको थियो ।

लक्ष्मी सनराइज बैंक: प्रतिशेयर वितरणयोग्य आम्दानी १०.७८ पुग्यो

लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (असोज मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत वर्षको सोही अवधिको तुलनामा बैंकको खुद नाफा उल्लेख्य रूपमा ओरालो लागेको छ भने इम्पेयरमेन्ट चार्जको बोझले सञ्चालन मुनाफालाई समेत धराशायी बनाएको देखिन्छ।

बैंकले यस त्रैमासमा ३३ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको असोज मसान्तको ५३ करोड ६३ लाख रुपैयाँको तुलनामा ३८.०४ प्रतिशतले कमी हो। यद्यपि, वितरणयोग्य मुनाफा भने २ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कायम भएको छ र वितरणयोग्य प्रतिशेयर आम्दानी (Distributable EPS) १० रुपैयाँ ७८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.५९ प्रतिशत ले वृद्धि भई २ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, खुद फि तथा कमिशन आम्दानी २६.५९ प्रतिशत ले उक्लिएर ६१ करोड ६८ लाख रुपैयाँ कायम भएको छ। कुल सञ्चालन आम्दानी पनि १४.८० प्रतिशत ले बढेर ३ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ भएको छ।

तर, इम्पेयरमेन्ट चार्ज (कर्जा जोखिम वापतको प्रोभिजन) गत वर्षको १ अर्ब १६ करोड ७९ लाख रुपैयाँबाट झन्डै दोब्बरले बढेर १ अर्ब ९३ करोड ९१ लाख रुपैयाँ पुग्यो। यसैको असरले सञ्चालन मुनाफा ४२.११ प्रतिशत ले खुम्चिएर ४३ करोड १७ लाख रुपैयाँमा सीमित भयो।ब्याज आम्दानी र सञ्चालन खर्च

बैंकको निवल ब्याज आम्दानी (Net Interest Income) यस त्रैमासमा २ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। ब्याज खर्च घटेसँगै ब्याज आम्दानीमा सुधार आएको बैंकले जनाएको छ। तर, सञ्चालन खर्च र कर्मचारी खर्चमा वृद्धि हुँदा नाफामा केही दबाब परेको छ।

सञ्चालन खर्च १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ भने, गैरसञ्चालन खर्च पनि वृद्धि भएको विवरणमा देखिन्छ।

प्रतिशेयर आम्दानी र अन्य सूचकहरू
-EPS (प्रतिशेयर आम्दानी) : गत वर्ष ९.२५ रुपैयाँबाट घटेर ५.४६ रुपैयाँ (३.७९ रुपैयाँको गिरावट)
-प्रतिशेयर नेटवर्थ : १८४.८९ रुपैयाँ
-PE Ratio : ३९.७४ गुणा
-ननपरफर्मिङ लोन (NPL) : ५.४२ प्रतिशत
-क्रेडिट टु डिपोजिट अनुपात : ७७.०९ प्रतिशत
-बेस रेट : ५.८९ प्रतिशत

ब्यालेन्सशिटको अवस्था बैंकको चुक्ता पुँजी २४ अर्ब ३४ करोड ६५ लाख रुपैयाँ कायम छ भने जगेडा कोषमा १८ अर्ब ४ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्म बैंकले ३ खर्ब ७५ अर्ब ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ८२ अर्ब ३७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। निक्षेपमा २.१७ प्रतिशत र कर्जामा २.६७ प्रतिशत को वृद्धि देखिएको छ।