जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सुधन गुरुङले नमानेपछि कुलमानले अन्तिममा फेरे पार्टीको नाम

सुधन गुरुङले नमानेपछि कुलमानले अन्तिममा फेरे पार्टीको नाम

ऊर्जासहित तीन मन्त्रालयको नेतृत्व गरिरहेका कुलमान घिसिङले दल दर्ताका लागि सोमबार निवेदन दिने भएका छन्। कुलमानले ‘नेपाल जनसेवा पार्टी’ दर्ताका लागि निवेदन दिने भएका हुन्।

यसअघि ‘उज्यालो नेपाल’ पार्टी दर्ता गर्ने भनिएकामा कुलमान आइतबार विभिन्न समूहसँग छलफलपछि ‘नेपाल जनसेवा पार्टी’ गठन गर्ने निर्णयमा पुगेका हुन्।

‘दलको नाम नेपाल जनसेवा पार्टी र नारा उज्यालो नेपालका लागि जनसेवा पार्टी राख्ने पक्कापक्की भएको छ,’ कुलमान निकट एक नेताले भने।

स्रोतका अनुसार हामी नेपालका संयोजक सुधन गुरुङले ‘उज्यालो नेपाल’ नाममा असहमति जनाएपछि कुलमानले अन्तिममा पार्टीको नाम फेरेका हुन्।

कुलमानको नेतृत्वमा गठन हुने पार्टीमा सुधनका साथै राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी सुमना श्रेष्ठ पनि रहनेछन्। उनको दललाई काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को पनि साथ रहने भनिएको छ।

कुलमानले जेनजी नेता र उद्योगीलाई पार्टीमा समेट्न लागेका छन्। त्यसका लागि उनले छलफल गरिसकेका छन्।

1015
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका