जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

गभर्नर पौडेलसँग लगानीकर्ताको भेट: २५ करोडको सीमा हटाउने, लाभांश क्याप र ब्याजमा राहतसहित दिए पाँच सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई शेयर बजारका लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले भेट गरी पुँजी बजार सुधारसम्बन्धी पाँच बुँदे सुझाव बुझाएका छन्। भेटमा धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र आगामी सुधारका दिशाबारे विस्तृत छलफल भएको थियो।

गभर्नर पौडेलले वर्तमान आर्थिक परिस्थितिमा सबै पक्ष संवेदनशील रहँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार, शेयर बजारमा राजनीतिक स्थिरता र सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्छ, त्यसैले सबै सरोकारवालाले आर्थिक व्यवहारका हरेक पक्षमा सतर्कता र सकारात्मक सोच राख्नुपर्ने आवश्यकता छ।

लगानीकर्ताहरूले भने बजारमा आत्मविश्वास पुनःस्थापित गर्न नियामक निकायले अभिभावकको भूमिकामा काम गर्नुपर्ने बताएका छन्। राष्ट्र बैंकको सक्रियताले पुँजी बजारमा संरचनागत सुधार र स्थायित्व ल्याउने विश्वास उनीहरूको छ।

लगानीकर्ताले गभर्नरसमक्ष प्रस्तुत गरेका प्रमुख सुझावहरू यसप्रकार छन्ः
१. शेयर धितो कर्जामा सहजीकरण — मार्जिन ८०:२० कायम गर्न र लगानी सीमा २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न।
२. लघुवित्त लाभांश सीमा हटाउन — लघुवित्त संस्थाले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउन।
३. ब्याज भुक्तानीमा राहत — असहज परिस्थितिलाई मध्यनजर गर्दै ब्याज भुक्तानीको म्याद थप गरी जरिवाना मुक्त भुक्तानीको व्यवस्था गर्न।
४. संस्थागत लगानीकर्ताको प्रवेश — नागरिक लगानी कोष, सञ्चय कोष, बीमा कम्पनी र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा लगानी गर्न नीतिगत प्रोत्साहन दिन।
५. बजारको दायरा विस्तार — बैंक, वित्तीय संस्था र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज पहुँच दिलाउन।0

वाणिज्य बैंक बन्ने र मर्जरको विशेष प्रस्तावसहित मुक्तिनाथले बोलायो साधारणसभा

मुक्तिनाथ विकास बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा आह्वान गर्दै वाणिज्य बैंकमा स्तरोन्नतीका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने प्रस्ताव प्रस्तुत गरेको छ। बैंकले साधारणसभा कात्तिक १५ गते पोखरामा बस्ने जानकारी दिएको छ।

बैंकले साधारणसभामा हाल कायम चुक्ता पुँजीको १३.५३ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि ४.६७ प्रतिशत नगद लाभांश वितरण गरी कुल १८.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव प्रस्तुत गर्ने छ। साथै, सञ्चालक समितिले वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान विवरण, नगद प्रवाह तथा सहायक कम्पनी मुक्तिनाथ क्यापिटलको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ।

साधारणसभामा प्रस्तुत विशेष प्रस्ताव अनुसार बैंकको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँबाट १३.५३ प्रतिशत बोनस सेयर वितरणपछि ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ पुग्नेछ। यससँगै गत वर्ष पारित अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको जारी तथा चुक्ता पुँजी ९ अर्ब ३ लाख ८९ हजार पुग्ने प्रस्ताव पनि पारित गरिनेछ।

त्यसैगरी, साधारणसभामा बैंकले अन्य उपयुक्त बैंक वा वित्तीय संस्थासँग एकीकृत/मर्जर प्रक्रियाका लागि आवश्यक सबै कदम उठाउने, सम्पत्ति र दायित्वको मूल्यांकन गर्ने, परामर्शदाता तथा लेखापरीक्षक नियुक्त गर्ने र मर्जरसँग सम्बन्धित अन्य कार्य सम्पादन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि लैजानेछ। साधारणसभाको लागि असोज ३१ गते एक दिनका लागि बुक क्लोजको मिति तोकिएको छ। असोज २० गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांशको लागि योग्य हुनेछन्।

दश बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशको होवलदार युनुस कम्पनीको टोली शनिबार आउँदै

दश वाणिज्य बैंकको सम्पत्ति गुणस्तर परीक्षण गर्न बंगलादेशी कम्पनीको टोली असोज २५ गते आइपुग्ने भएको छ। बंगलादेशको होवलदार युनुस एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स कम्पनीको टोली शनिबार काठमाडौं आउने भएको हो। कम्पनीले नबिल, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा, प्रभु, कुमारी, लक्ष्मी सनराइज, हिमालयन, ग्लोबल आइएमई, एनएमबि र राष्ट्रिय वाणिज्य बैंकको कर्जा पोर्टफोलियो रिभ्यू गर्नेछ।

राष्ट्र बैंकले टे्ण्डरमार्फत गत साउन ७ गते कम्पनी छनोट गरेको थियो। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को ऋण सर्तअनुसार राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको ऋणको परीक्षणका लागि होवलदार युनुस एण्ड कम्पनीसँग ४ करोड ३७ लाख ४५ हजार रुपैयाँमा सम्झौता गरिसकेको छ। लोन पोर्टफोलियो र सम्पत्ति भोलुम ठूलो भएका आधारमा परीक्षणका लागि १० बैंक छानिएका हुन्।

राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितले होवलदार युनुस एण्ड कम्पनीले पहिलो चरणमा बैंकहरुको अफसाइट र दोस्रो चरणमा अनसाइट रिभ्यू गर्ने बताए। बंग्लादेशी कम्पनीले ५ महिनाभित्र बैंकहरुको पोर्टफोलियो रिभ्यू गरिसक्नुपर्नेछ। होवलदार युनुस एण्ड कम्पनीसँग यसअघि राष्ट्र बैंकको आन्तरिक लेखा परीक्षण गरेको अनुभव छ।

नेपालले शोधनान्तर घाटा हटाएर बाह्य स्थायित्व कायम गर्नका लागि संरचनागत सुधार गर्न भन्दै आइएमएफबाट (विस्तारित ऋण सुविधा) अर्थात ईसीएफ लिएको छ। आइएमएफले विभिन्न सर्त राखेर ३६ महिने सुधार कार्यक्रम संचालन गरिरहेको छ।

त्यही कार्यक्रमअन्तर्गत किस्ता-किस्तामा रकम पाइन्छ। अहिलेसम्म तेस्रो किस्ता उपलब्ध भइसकेको छ। अबको किस्ता बैंकहरूको लेखा परीक्षणको प्रक्रिया अगाडि बढेपछि प्राप्त हुनेछ। बैंकहरूको अनुगमन तथा लेखा परीक्षण अहिले तीन तहमा हुँदै आएको छ। पहिलो, सम्बन्धित बैंककै आन्तरिक लेखा परीक्षकबाट, दोस्रो बाह्य लेखा परीक्षकबाट र तेस्रो, राष्ट्र बैंकले स्थलगत अनुगमन गरेर।

राष्ट्र बैंकले बैंकहरूको ऋण लगानीमा शंका गरेको छ। त्यसैले उनीहरूको सम्पत्तिमाथि उसले बाह्य लेखा परीक्षकबाट अध्ययन गराउन लागेको हो। पछिल्लो समय खराब कर्जा अनुपात बढी भएका बैंकहरूमध्ये अधिकांश मर्जरवाला छन्। यी बैंकको ऋण डुबेर नोक्सानी व्यवस्थापनमा पनि धेरै रकम थुप्रिएको छ।

सरकारले विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउने

सरकारले आन्तरिक ऋण व्यवस्थापनको एक महत्वपूर्ण पहलअन्तर्गत ‘विकास ऋणपत्र–२०८९’ जारी गर्ने तयारी गरेको छ। यस ऋणपत्रमार्फत सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको छ।

सरकारी सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ कि यो ऋणपत्र बोलकबोलमार्फत जारी गरिनेछ। खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरूले असोज २२ गते बुधबार दिउँसो ३ बजेसम्म बोलकबोलमा भाग लिन सक्नेछन्। बोलकबोल अनलाइन प्रणालीमार्फत पेश गर्नुपर्नेछ।

यो ऋणपत्रको सावाँ भुक्तानी २०८९ असोज २३ गते हुनेछ भने ब्याज भुक्तानी अर्धवार्षिक रूपमा हुनेछ। प्राप्त ब्याजमा आयकर लाग्ने व्यवस्था राखिएको छ। ऋणपत्रमा बैंक तथा वित्तीय संस्थामा धितो राखेर कर्जा लिन र दिन सकिने सुविधा पनि उपलब्ध हुनेछ।

यसले वित्तीय संस्थाहरूलाई अधिक लचिलोपन प्रदान गर्ने तथा आन्तरिक ऋण व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ। सरकारको यो पहलले आन्तरिक लगानी बढाउने र आर्थिक स्थायित्व सुनिश्चित गर्ने लक्ष्य राखेको छ।

डिजिटल भुक्तानीमा राष्ट्र बैंकको नयाँ व्यवस्थाः अब २० लाखसम्म कारोबार गर्न सकिने

मोबाइल बैंकिङबाट एप वा क्यूआर कोडबाट प्रतिदिन हुने भुक्तानीको सीमा बढेको छ । अब सेवाग्राहीले मोबाइल एप वा क्यूआर भुक्तानीमार्फत दैनिक तीन लाख रुपैयाँसम्मको कारोबार गर्न सक्ने भएका छन् भने इन्टरनेट बैंकिङबाट २० लाखसम्म कारोबार गर्न सक्नेछन् ।

राष्ट्र बैंकले जारी गरेको ‘विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना’ अनुसार अब मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट–आईपीएस र क्यूआर कोडमार्फत हुने कारोबारमा निश्चित सीमा तोकिएको हो ।

मोबाइल बैंकिङ एप, कनेक्ट–आईपीएस एप वा क्यूआर कोड प्रयोग गरी हुने कारोबारको दैनिक सीमा रु. ३ लाख र मासिक सीमा रु. १० लाख रहनेछ।

इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको दैनिक सीमा रु. २० लाख तोकिएको छ भने बैंक खाताबाट प्रत्यक्ष भुक्तानी गर्दा रु. ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ।

वालेटमार्फत हुने कारोबारमा भने अन्य वालेटमा पठाउँदा दैनिक रु. २५ हजार र मासिक रु. १० लाखसम्मको सीमा कायम गरिएको छ।

कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा पनि कुनै सीमा लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

त्यस्तै, सरकारी राजस्व, कर, बिमा प्रिमियम, बिजुली–पानी महसुल, दूरसञ्चार शुल्क, विद्यालय शुल्क जस्ता नियमित भुक्तानीमा पनि सीमा नलाग्ने व्यवस्था गरिएको छ।

एनआईसी एशिया बैंकका ग्राहकलाई वीरगञ्जको किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखा उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

यस बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा ओपिडी, डाइगनष्टिक, सर्जरी, ब्राण्डेड अप्टिकल र नन-ब्राण्डेड अप्टिकल सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नुहुनेछ ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

सिद्धार्थ बैंकको लाभांश घोषणा

सिद्धार्थ बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

बैंकले ७० करोड ४४ लाख ९९ हजार रुपैयाँ बराबर अर्थात ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ अर्थात ५.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।

बैंकको चुक्ता पुँजी हाल १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ। बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।

सहकारी नियमनमा कडाई : सय ठुला बचतकर्ताको विवरण तुरुन्त पेश गर्न निर्देशन !

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणको विवरण माग गरेको छ । सहकारीमा बढ्दो वेतिथिलाई मध्यनजर गर्दै प्राधिकरणले सयजना ठुला बचतकर्ता, सदस्य र ऋणिको पूर्ण विवरण पठाउन निर्देशन गरेको हो । अव हरेक सहकारी संस्थाहरुले आफूसँग भएका ठुला बचतकर्ता, ऋणी र सदस्यको पूर्ण विवरण बुझाउनुपर्ने भएको छ ।

पछिल्लो समय कालो धनको विषयमा तिब्र बहस भइरहेकै बेला प्राधिकरणले यस्तो निर्देशन गरेको हो । बैंकवित्तमा रकम जम्मा गर्दा स्रोत खुलाउनुपर्ने हुँदा कतिपयले सहकारीमा रकम राखेको हुनसक्ने आँकलन गरिएको छ । साथै प्राधिकरणले सम्पूर्ण बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरुलाई अनिवार्य दर्ताका लागि सर्कुलर समेत जारी गरेको छ ।

बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ को प्रथम संशोधन जारी गर्दै प्राधिकरणले यस्तो व्यवस्था गरेको हो । यससँगै अव सबै बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरु प्राधिकरण मातहतमा आउनुपर्ने छ ।

कांग्रेसी गभर्नर पौडेललाई २४ आनाको सुविधा सम्पन्न घरः शिक्षा मन्त्री पुनलाई मन्त्रालयकै एउटा कोठा नै काफी !

शिक्षा मन्त्री महाविर पुनले शिक्षा मन्त्रालयमै एउटा कोठामा बास बसेर शिक्षा मन्त्रालय चलाएका छन् । तर, राष्ट्र बैंकका कांग्रेसी कार्यकर्ता एवं गभर्नर विश्वनाथ पौडेललाई २४ आनामा बनेको सुविधा सम्पन्न घर त्यसमा पनि ६ वटा गाडी राख्ने पाङ्गिक भएको, सडक कालोपत्रे भएको, घरको खोजीमा राष्ट्र बैंककै सम्पत्ती तथा सेवा व्यवस्थापन विभाग लागी परेको छ भन्दा अब फरक पर्दैन ।

जसले पौडेललाई गभर्नर बनायो उसकै घर जेनजी आन्दोलनकारीले ध्वस्त बनाएका छन् । यति मात्रै होइन गभर्नर पौडेलकै भैसेपाटीको घर समेत जनजी आन्दोलनकारीले आगो लगाई दिएपछि मासिक ३/४ लाख भाडाको घर यति बेला राष्ट्र बैंकले खोजी रहेको सूचना नै प्रकाशन गरेको भेटिएको छ । आन्दोलनबाट आएको नयाँ सरकारलाई सहयोग गर्दै राजीनामा दिनुको साटो चर्को सुविधा लिएर जेनजी आन्दोलनको मर्म विपरितमा बसि रहेका गभर्नर पौडेल माथी पनि छानवीन हुनुपर्ने माग उठेको छ । भन्दा अब फरक पर्दैन ।

सानिमा बैंकमा करोडौंको शेयर किनेका र विगतमा बैंकको संचालक समेत रहेका चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेस पार्टीको टिकटबाट चुनाव लडेर हारेका कांग्रेस पार्टीका कार्यकर्ता पौडेल विरुद्ध राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदा करोडौं भ्रष्ट्राचार गरेको उजुरी यति बेला अख्यितार दुरुपयोग अनुसन्धान आयोगमा छ भने गभर्नर पौडैलको योग्यता विवादको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ भन्दा फरक पर्दैन ।

गभर्नर पौडेलले आफ्‌नो घर जेनजी आन्दोलनकारीबाट जलाइएको भन्दै सामाजिक सञ्जालमा आफ्‌नो फोटो राखेर रोइकराई रहेको भेटिएको छ । घर नभएपछि डेरा राष्ट्र बैंकले खोजी गरिरहेको त छ तर, २४ आनामा बनेको, गार्डरुम छुट्टै भएको, ६ वटा गाडी पाकिङ्ग भएको, सुरक्षित कम्पाउड भएको, अर्को अचम्मको कुरा त पिच बाटोले छोएको हुनुपर्ने, मन्त्रीहरु मन्त्रालयमै सुतेका छन् तर, एउटा गभर्नरलाई २४ आनाको सुविधा सम्पन्न घर ? यो अधिकार जेनजी आन्दोलनबाट बनेको सरकारले दिनु हुन्छ कि हुँदैन ? खोजीकै विषय बनेको छ । हेक्का होस् । कांग्रेस, एमालेको संयुक्त सरकार भएको बेला कांग्रेस सभापति शेर बहादुर देउवा र देउवा पत्नी एवं तत्कालीन परराष्ट्र मन्त्री आजु राणा (देउवा) ठुलो धनराशी बुझाएर गभर्नर पद पड्काउन सफल पौडेल यति बेला राज्य कोषको दुरुपयोग गर्दै २४ आनाको घर त्यो पनि भैसेपाटीमै खोजी रहेको देखिन्छ भन्दा अब चाहि फरक पर्दैन । जेनजी आन्दोलनमा ७५ जना भन्दा बढिको आन्दोलनकारीहरुको हत्या भएको छ । खर्बै खर्बको सम्पत्ती खरानी भएको छ ।

गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक भित्र सुशासन कायम गर्ने र तालिमको नाममा भएको लुट अन्त्य गर्ने, बैंक र वित्तिय संस्थामा स्थलगत निरिक्षणमा जाने कर्मचारीहरुले लिने ठुलो घुस र महंगो गिफ्टको अन्त्य गर्ने, राजनितिक संरक्षणमा रहेका केही ठुला वाणिज्य बैंक भित्रको वेथितिको अन्त्य गर्ने बारे केही सुधारको थालनी नै गरेका छैनन् ।

तर, गभर्नर पौडेल राष्ट्र बैंकको तलब/भत्ता देखी २४ आनाको घरको बास लिएर राज्यकोषबाट मासिक १० लाख भन्दा बढि लुट मच्चाई रहेका छन् भन्दा अब फरक पर्दैन । यस्तो जटिल परिस्थितिमा राष्ट्र बैंक भित्र नै भएका २/३ वटा कोठा बस्नु पर्ने गभर्नर पौडेलले सुविधा सम्पन्न घर खोज्नु जेनजीको मर्म विपरित हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् । गभर्नर विश्वनाथ पौडेलले राष्ट्र बैंक भित्र सुशासन कायम गर्ने र तालिमको नाममा भएको लुट अन्त्य गर्ने, बैंक र वित्तिय संस्थामा स्थलगत निरिक्षणमा जाने कर्मचारीहरुले लिने ठुलो घुस र महंगो गिफ्टको अन्त्य गर्ने, राजनितिक संरक्षणमा रहेका केही ठुला वाणिज्य बैंक भित्रको वेथितिको अन्त्य गर्ने बारे केही सुधारको थालनी नै गरेका छैनन् । भन्दा फरक पर्दैन ।

नेपाल राष्ट्र बैंकले गभर्नर डा. विश्वनाथ पौडेलका लागि भाडाको घर खोजीमा एउटा सूचना प्रकाशन गरेको छ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते गभर्नर पौडेलको भैंसेपाटीस्थित घर आगजनीमा परेपछि राष्ट्र बैंकले उनका लागि भाडाको घर खोजीमा लागेको हो । राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले भाडाको घर खोजी गर्ने क्रममा गत आइतबार सार्वजनिक सूचना निकालेको भेटिएको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।

घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ । ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ ।

सूचना अनुसार राष्ट्र बैंकले गभर्नरका लागि कम्तिमा १६ आनादेखि अधिकतम २४ आनासम्मको क्षेत्रफलसहितको घर भाडामा लिन लागेको देखिन्छ । घर कम्तिमा एक हजार वर्गफुट पिलिन्थ क्षेत्रफलमा बनेको र २.५ देखि ३ तलासम्मको हुनुपर्नेछ । ४ वटा बेडरुम, लिभिङ हल, किचन, डाइनिङ हल र स्टोर रुम भएको, कम्तिमा ६ वटा कार वा जीप पार्क गर्न मिल्ने ठाउँ भएको, सुरक्षाकर्मी बस्न छुट्टै भवन भएको, सुरक्षित कम्पाउन्ड वाल भएको र कालोपत्रे सडकसँग जोडिएको हुनुपर्ने राष्ट्र बैंकले सूचनामा उल्लेख गरेको छ । भन्दा फरक पर्दैन । घर बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रभित्र हुनुपर्नेछ । इच्छुक व्यक्ति, फर्म वा कम्पनीलाई घर भाडा सम्बन्धी प्रस्ताव पेस गर्न असोज २७ गतेसम्मको समय दिइएको देखिन्छ । यो लुट नभए के हो अर्थमन्त्रीज्यू ? सचेत भया । (राजतिलक साप्ताहिकबाट साभार गरिएको)

सिद्धार्थ बैंकका ग्राहकलाई इजी डेन्टल क्लिनिकमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकले इजी डेन्टल क्लिनिक प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा १५ प्रतिशत छुट पाउने भएका हुन् ।

बैंक र इजी डेन्टल क्लिनिकबीच ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार चाबहिल स्थित इजी डेन्टल क्लिनिकमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उप्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

जेनजी आन्दोलनपछि २१ अर्बको बिमा दाबी

जेनजी आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीपछि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार भदौ ३१ गतेसम्म १ हजार ९ सय ८४ वटा बीमा दाबी परेको हो ।

तीमध्ये सबैभन्दा बढी दाबी द ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । कम्पनीमा ५ अर्ब १४ करोड ७९ लाख ६५ हजार रुपैयाँबराबरको ४० वटा बीमा दाबी परेको हो । ठूलो क्षति भएको हिल्टन होटलको बिमा पनि यसै कम्पनीमा परेको थियो ।
दोस्रो धेरै दाबी सिद्धार्थ प्रिमियर र तेस्रो धेरै शिखर इन्स्योरेन्समा परेको थियो ।
सबैभन्दा बढी बिमा दाबी शिखरमा ३ सय ६६ वटा परेको छ ।

जेनजी आन्दोलन र त्यसपछि कयौं भौतिक संरचनामा क्षति पुगेको थियो भने हजारौंको संख्यामा सवारसाधन पनि तोडफोड र आगजनी भएको थियो ।

कुन इन्स्योरेन्स कम्पनीमा कतिको पर्‍यो दाबी ?

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको १६औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। कम्पनीको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीको ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

क्यापिटलका अध्यक्ष समिर शेखर बज्राचार्यको अध्यक्षतामा सम्पन्न साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पनि पारित गरेको छ।

साधारण सभाले चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न एनबीएसएम एण्ड एसोसियट्स चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षक नियुक्ति गरेको छ।