जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • गभर्नर पौडेलसँग लगानीकर्ताको भेट: २५ करोडको सीमा हटाउने, लाभांश क्याप र ब्याजमा राहतसहित दिए पाँच सुझाव

गभर्नर पौडेलसँग लगानीकर्ताको भेट: २५ करोडको सीमा हटाउने, लाभांश क्याप र ब्याजमा राहतसहित दिए पाँच सुझाव

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई शेयर बजारका लगानीकर्ता संघ–संगठनका प्रतिनिधिहरूले भेट गरी पुँजी बजार सुधारसम्बन्धी पाँच बुँदे सुझाव बुझाएका छन्। भेटमा धितोपत्र बजारको वर्तमान अवस्था, चुनौती र आगामी सुधारका दिशाबारे विस्तृत छलफल भएको थियो।

गभर्नर पौडेलले वर्तमान आर्थिक परिस्थितिमा सबै पक्ष संवेदनशील रहँदै अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार, शेयर बजारमा राजनीतिक स्थिरता र सामाजिक सद्भावको प्रत्यक्ष प्रभाव पर्छ, त्यसैले सबै सरोकारवालाले आर्थिक व्यवहारका हरेक पक्षमा सतर्कता र सकारात्मक सोच राख्नुपर्ने आवश्यकता छ।

लगानीकर्ताहरूले भने बजारमा आत्मविश्वास पुनःस्थापित गर्न नियामक निकायले अभिभावकको भूमिकामा काम गर्नुपर्ने बताएका छन्। राष्ट्र बैंकको सक्रियताले पुँजी बजारमा संरचनागत सुधार र स्थायित्व ल्याउने विश्वास उनीहरूको छ।

लगानीकर्ताले गभर्नरसमक्ष प्रस्तुत गरेका प्रमुख सुझावहरू यसप्रकार छन्ः
१. शेयर धितो कर्जामा सहजीकरण — मार्जिन ८०:२० कायम गर्न र लगानी सीमा २५ करोडको सीमा पूर्ण रूपमा खारेज गर्न।
२. लघुवित्त लाभांश सीमा हटाउन — लघुवित्त संस्थाले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउन।
३. ब्याज भुक्तानीमा राहत — असहज परिस्थितिलाई मध्यनजर गर्दै ब्याज भुक्तानीको म्याद थप गरी जरिवाना मुक्त भुक्तानीको व्यवस्था गर्न।
४. संस्थागत लगानीकर्ताको प्रवेश — नागरिक लगानी कोष, सञ्चय कोष, बीमा कम्पनी र सामाजिक सुरक्षा कोषलाई दोस्रो बजारमा लगानी गर्न नीतिगत प्रोत्साहन दिन।
५. बजारको दायरा विस्तार — बैंक, वित्तीय संस्था र गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज पहुँच दिलाउन।0

1680
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका