जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

कुमारी क्यापिटलले १७ प्रतिशत नगद लाभांश बाँड्ने

कुमारी क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को लागि चुक्ता पुँजीको १७ प्रतिशतका दरले ६ करोड ८० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले भदौ २५ गते साँझ ५ बजे कुमारी क्यापिटल नागपोखरी नक्साल काठमाडौंमा सातौं वार्षिक साधारण सभा बोलाएको छ ।


कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।

रिलायबल नेपाल लाइफ वालिङ शाखाद्वारा वृक्षारोपण सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स वालिङ शाखाले कम्पनीको आठौँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार वालिङ नगरपालिका, वडा नं.११ मा अवस्थित पर्यटकीय स्थल बाहुनथानमा एक कार्यक्रमको आयोजना गरी शाखाले विभिन्न प्रजातिका बिरुवाहरू रोपेको हो ।

वालिङ शाखाका व्यवस्थापक निक गुरुङले बाहुनथान वालिङ मात्र नभई समग्र स्याङ्जाकै महत्वपूर्ण पहिचान बोकेको पर्यटकीय स्थल भएकाले वृक्षारोपणका लागि सो स्थानलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.११ का वडाध्यक्ष डण्डु पङ्गेनीले बाहुनथानको एकीकृत विकासका लागि नगरपालिका विशेष योजना बनाईरहेको उल्लेख गर्दै रिलायबल नेपालको यो पहलले त्यस अभियानमा थप ऊर्जा पुर्‍याएको बताए । उाले थपे, “रिलायबल नेपालको टिमले आज बाहुनथानको समृद्धिका लागि सकारात्मक सुरुवात गरेको छ । यसलाई स्थानीय सरकारको हैसियतले निरन्तरता दिने प्रयास गरिनेछ ।”

त्यस अवसरमा वडाध्यक्ष पङ्गेनीले समुदाय तहमा बीमा साक्षरताको आवश्यकता औंल्याउँदै, रिलायबल नेपालजस्ता स्थापित बीमा कम्पनीसँग सहकार्य गर्दै आगामी दिनमा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने धारणा राखे ।

कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, बीमा अभिकर्ता तथा स्थानीय समुदायका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नबिल बैंक र निम्बजबीच अन्तर्राष्ट्रिय डाटा ई–सिम र ड्राइभिङ अनुमतिपत्रका लागि सम्झौता

नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारीसँगै नबिल बैंकका ग्राहकले एनबैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा लिन सक्ने भएको छ ।

बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बाजगाईँ र निम्बजका निर्देशक ऋषभ तिमिल्सिनाले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
सम्झौतापछि अब बैंकको एपमार्फत ग्राहकले चीन, भारत, अमेरिका, अष्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दाबढी देश र क्षेत्रका लागि डाटा ई–सिम लिन सक्नेछन् । बैंकका अनुसार विभिन्न देश र क्षेत्रमा भ्रमणमा जाने, विद्यार्थी तथा वैदेशिक रोजगारीमा जानेले बैंकको एपबाटै सम्बन्धित देशको अन्तर्राष्ट्रिय डाटा प्लान खरिद गर्न सक्नेछन् ।

विदेश जाने बित्तिकै इन्टरनेटको समस्या हुने, सिम खरिदका लागि केवाइसी फारम भर्नुपर्ने र विदेशी मुद्रा बुझाउनुपर्ने बाध्यतालाई मध्यनजर गरी यो सम्झौता गरिएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बाजगाइँले बताए । साथै उनले एपबाटै सजिलै आफू अनुकुलको डाटा प्याकेज खरिद गर्न सकिने जानकारी दिए ।

यसका साथसाथै एनबैंक एपबाटै अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिनेछ । बैंकका अनुसार संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने उक्त अनुमतिपत्र १९० भन्दा बढी देशका लागि मान्य हुन्छ ।

बैंकका ग्राहकले यसका लागि एपमार्फत १० मिनेटभित्रै अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो अनुमति पत्र लिनका लागि आफ्नो सवारी चालक अनुमतिपत्र अपलोड गर्नुपर्नेछ । यो माध्यमबाट अनुमति लिँदा परीक्षा दिन पर्दैन भने २४ घण्टामा विद्युतीय अनुमतिपत्र उपलब्ध हुन्छ । यसलाई डिजिटल वा फिजिकल कार्ड दुवै स्वरूपमा प्राप्त गर्न सकिने जनाइएको छ ।

निम्बजका निर्देशक तिमिल्सिनाले यो सेवाले विद्यार्थी, वैदेशिक रोजगारमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमापार आवागमनलाई सहज र तनावमुक्त बनाउने विश्वार व्यक्त गरे ।

निम्बज एक अग्रणी सुपरएप हो जसमा च्याट तथा भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मूभी, डिजिटल वालेट, क्विज, गेम तथा अन्य सुविधाहरू एकै प्लेटफर्ममा एकीकृत गरिएको छ ।

नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाका रूपमा काम गर्दै आएको छ ।

सिटिजन्स बैंकको अगुवाईमा ४४.५२ मेगावाटको सानिभेरी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन

सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडको अगुवाईमा नबिल बैंक लिमिटेड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड, सिदार्थ बैंक लिमिटेड र सानिमा बैँक लिमिटेड सहित ५ बैँकहरुले रु. ७ अर्ब २० करोड रुपैयाँ ऋण लगानीगर्ने गरी ४४.५२ मेगावाट क्षमताको सानिभेरी जलविद्युत परियोजना आउने भएको छ ।

आज (भाद्र १६ गते सोमबार) प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालि एवं लगानीकर्ता बैँकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना लुम्बीनी प्रदेश, रुकुम पूर्व जिल्लाको सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब रु. ९ अर्ब ६० करोडमध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु. ७ अर्ब २० करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंक इन्टरनेसनलबाट रु. २ अर्ब ५० करोड, नबिल बैंकबाट रु. १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट १ अर्ब २० करोड, सिदार्थ बैंक रु. १ अर्ब र सानिमा बैँकबाट रु. १ अर्ब लगानी हुनेछ भने २५ प्रतिशत स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने छ ।

परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको बाफिकोट स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ९८.७२७ गिगावाट घन्टा र बर्षायाममा १८२.११३ गिगावाट गरी बार्षिक २८१.११३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापनाकालदेखि नै एकललगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।

हाल सम्म निर्माण सम्पन्न भएका १६६.४०१ मेगावाट क्षमताका ११ वटा जलविद्युत आयोजना र निर्माणाधिन १,०३४.६२७ मेगावाट क्षमताका २४ वटा जलविद्युत आयोजना सहित जम्मा १,२०१.०२८ मेगावाट क्षमताका ३५ वटा जलविद्युत आयोजनामा यस बैंकको लगानी रहेको छ ।

सिटिजन्स् बैंकले हाल सम्म १४ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैंक, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, १४ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

प्रवद्र्धक कम्पनी एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालिका तर्फबाट अध्यक्ष अंगिस घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युतप्राधिकरण, विद्युतविकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्नहुने विश्वास व्यक्त गरे ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

सनराइज होल्डिङ्गस्ले २४ लाख कित्ता सेयर निष्काशन गर्ने

सनराइज होल्डिङ्गस्ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका २४ लाख कित्ता २४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न निष्काशन गर्न लागेको हो ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिङ्गस्का तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरे ।

सनराइज होल्डिङ्गस् २०७१ सालमा स्थापित एक नेपाली लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि शेयर निष्काशन गर्न लागेको हो ।

सानिमा बैंकका ग्राहकलाई बससेवाबाट टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक

सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीतर्फ प्रोत्साहन गर्न आकर्षक क्यासब्याकको अफर ल्याएको छ। बैंकले आफ्ना ग्राहकलाई सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गरी बससेवाबाट टिकट खरिद गर्दा १५ प्रतिशतसम्म क्यासब्याक दिने योजना ल्याएको हो।

यो योजना अनुसार नेपालभरको बस टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्म र भारतको बस टिकट खरिदमा १५ प्रतिशत वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक हुने बैंकले जनाएको छ।

यो योजना आइतबारबाट सुरु भएको छ। आगामी फागुन १४ गतेसम्मका लागि यो अफर लागू हुने बैंकले जनाएको छ।

सिद्धार्थ बैंकको १० वर्ष अवधिको २५ लाख कित्ता ऋणपत्र सूचीकृत

सिद्धार्थ बैंकको ऋणपत्र सूचीकृत भएको छ। नेप्से र सिद्धार्थ बैंकबीच सोमबार ‘७.२५ एसबीएल डिबेन्चर २०९१’ सूचीकरणको सम्झौता भएको छ।

बैंकको २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको छ। बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउनेछ।

१० वर्ष अवधिको एसबीएल डिबेन्चरको ब्याजदर ७.२५ प्रतिशत छ।

‘सेतो बाघ भोड्का’ उत्पादक नेचुरल इस्पिरिट्सले १५ लाख कित्ता आईपीओ जारी गर्ने

नेचुरल इस्पिरिट्स नेपाल लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। उक्त सम्झौतामा नेचुरल इस्पिरिट्सका अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।

नेचुरल इस्पिरिट्सको उत्पादन कक्ष धादिङको गल्छी गाउँपालिकामा छ। कम्पनीले सन् २०२१ मा पहिलोपटक उत्पादन सुरु गरेको हो।

उच्च गुणस्तरीय मदिरा उत्पादनलाई आफ्नो मूल उद्देश्य बनाएको यस कम्पनीले आधुनिक उत्पादन प्रविधि, सिर्जनशील उत्पादन विकास तथा नवीनतम बिक्री र ब्राण्डिङ रणनीतिहरूको प्रयोग गर्दै बजारमा नयाँ आयाम स्थापित गर्ने लक्ष्य राखेको छ।

२० रोपनी क्षेत्रफलमा फैलिएको उत्पादन कक्षमा २ वटा अर्ध-स्वचालित बोटलिङ लाइन, सातवटा ११ हजार लिटर क्षमताका ब्लेन्डिङ ट्यांक तथा ५ वटा २५ हजार लिटर क्षमताका एक्स्ट्रा न्युट्रल अल्कोहल ट्यांकहरू छन्। कम्पनीको वार्षिक उत्पादन क्षमता १ करोड २० लाख लिटर हो।

हाल कम्पनीका ‘सरङ्गी ह्‍विस्की ४० यूपी’ र ‘सेतो बाघ भोड्का ३० यूपी’ नामक दुई प्रमुख उत्पादन बजारमा उपलब्ध छन्। जसको वार्षिक उत्पादन १ लाख ३४ हजार २९८ लिटर रहेको कम्पनीले जनाएको छ।

निकट भविष्यमा कम्पनीले ‘रारा ब्लुज ४० यूपी’ नामक नयाँ ब्राण्डको भोड्का उत्पादन गरी बजारमा बिक्री गर्न तयारी गरिरहेको कम्पनीले जानकारी दिएको छ।

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्टहोटेलमा २०% सम्मको छुट

सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंकलाई इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मान

ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले “सम्पती गुणस्तर” अन्तर्गतको विधामा सम्मान पाएको हो ।

अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्डस” कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो ।

बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ्ग कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रींलका, नेपाल, म्यानमार, बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो ।

बैंकले सम्पतीको संरचना, सम्पतीहरुको प्रभावकारी परिचालन तथा सम्पतीको गुणस्तर सुधारमा उल्लेखनिय कार्य गरे बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तीसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

हालै मात्र महालक्ष्मी विकास बैंक र भारतको अग्रणी वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्य गर्न समझदारी भएको छ ।

समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकले ग्राहकहरुले भारतबाट नेपालमा भुक्तानी गर्न मिल्ने प्रणालीे सञ्चालनमा ल्याएको हो ।

सिटिजन्स बैंकको तीन प्रदेशमा सेमिनार

सिटिजन्स बैंक इन्टरनेसनलले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सेमिनार कार्यक्रम गरेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका शाखा लक्षित प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा प्रबन्धक तथा अन्य सहकर्मीमाझ ‘इन्स्पायरिङ लिडरसिप् एन्ड पर्फर्मेन्स सेमिनार: अचिभिङ बजेट गोल्स् एन्ड अपरेसनल सक्सेस् इन् गण्डकी, कर्णाली एन्ड सुदूरपश्चिम’ कार्यक्रम आयोजना गरेको हो ।

सेमिनार प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको बैंकले जनाएको छ ।
सेमिनारमा गत आर्थिक वर्षको कार्यप्रगति समीक्षा एवं चालू आर्थिक वर्षका प्राथमिकतामा छलफल गरिएको थियो । यस्तै, केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा पनि छलफल भएको बैंकले जनाएको छ ।

बैंकले हालै मधेस, बागमती र कोसी प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिसकेको छ।

एन आई सी एशिया बैंकका ग्राहकलाई ¥याडिसन होटलमा २० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई ¥याडिसन होटलमा विशेष छुट उपलब्ध गराउने भएको छ । समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको यस होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने छन् ।

यस बैंकका ग्राहक महानुभावहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नुहुनेछ छ भने एयरपोर्ट लाउन्ज र रेस्टुरेन्ट, पेस्ट्री पसल ÷ ट्रान्क्विलिटी स्पा मा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नुहुने छ ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मो.बैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।