जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • रिलायबल नेपाल लाइफ वालिङ शाखाद्वारा वृक्षारोपण सम्पन्न

रिलायबल नेपाल लाइफ वालिङ शाखाद्वारा वृक्षारोपण सम्पन्न

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स वालिङ शाखाले कम्पनीको आठौँ बार्षिकोत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । आइतबार वालिङ नगरपालिका, वडा नं.११ मा अवस्थित पर्यटकीय स्थल बाहुनथानमा एक कार्यक्रमको आयोजना गरी शाखाले विभिन्न प्रजातिका बिरुवाहरू रोपेको हो ।

वालिङ शाखाका व्यवस्थापक निक गुरुङले बाहुनथान वालिङ मात्र नभई समग्र स्याङ्जाकै महत्वपूर्ण पहिचान बोकेको पर्यटकीय स्थल भएकाले वृक्षारोपणका लागि सो स्थानलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.११ का वडाध्यक्ष डण्डु पङ्गेनीले बाहुनथानको एकीकृत विकासका लागि नगरपालिका विशेष योजना बनाईरहेको उल्लेख गर्दै रिलायबल नेपालको यो पहलले त्यस अभियानमा थप ऊर्जा पुर्‍याएको बताए । उाले थपे, “रिलायबल नेपालको टिमले आज बाहुनथानको समृद्धिका लागि सकारात्मक सुरुवात गरेको छ । यसलाई स्थानीय सरकारको हैसियतले निरन्तरता दिने प्रयास गरिनेछ ।”

त्यस अवसरमा वडाध्यक्ष पङ्गेनीले समुदाय तहमा बीमा साक्षरताको आवश्यकता औंल्याउँदै, रिलायबल नेपालजस्ता स्थापित बीमा कम्पनीसँग सहकार्य गर्दै आगामी दिनमा विभिन्न कार्यक्रम आयोजना गर्न सकिने धारणा राखे ।

कार्यक्रममा जनप्रतिनिधि, व्यवसायी, बीमा अभिकर्ता तथा स्थानीय समुदायका साथै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

1485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्