जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

मुक्तिनाथ कृषि कम्पनीको आइपीओलाई इक्रा नेपालले कति दियो रेटिङ ?

 मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ ।

उक्त रेटिङ निष्काशनकर्ताको समान्य क्रेडिट विश्वसनियतासम्बन्धी रायमात्र भएको इक्रा नेपालले जनाएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको हो । जसका लागि कम्पनीले विक्री प्रवन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित  मधु खत्रीलाई हस्तान्तरण गरेको छ । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १ बर्ष बिते लगत्तै मृगौला फेल भएको र कम्पनीले १८ घातक रोगहरु को रक्षावरण हुने गरी घातक रोग सुविधा प्रदान गर्ने गरेकोमा निज खत्रीले बीमाशूल्क रकममा थप रु. १६९० भुक्तान गरी घातक रोग सुविधा लिएकोले कम्पनीले घातक रोग बापतको बीमाङ्क रु. १० लाख खत्रीलाई हस्तान्तरण गरेको हो । उक्त दावी पश्चात पनि उनको पोलिसीमा घातक रोग बाहेको सम्पूर्ण सुविधा यथावत रहि निरन्तर रहने कम्पनीले जनाएको छ ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक  नरोत्तम ढकाल, दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी  तारणी कटुवालको उपस्थितिमा मधु खत्रीलाई प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ज्यूले चेक हस्तान्तरण गरेका थिए  । घातक रोग विरुद्धको यस सुविधा बापत प्राप्त उक्त रकमले उहाँको उपचारमा सहयोग पुग्ने कुरामा कम्पनी विश्वसत रहेको कुरा प्रमुख कार्यकारी अधिकृत ले जानकारी गराएका थिए  ।

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा  रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा  पठाउन सक्ने छन् ।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका  ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सिइओ, अजेस कोइरालाले भने, ‘इसेवा मनी ट्रान्सफर र युनिमोनी वीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’ 

युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरुका वित्तिय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को  देश आवागमन गराउंदै आएको छ । त्यसका लागि यसले आफ्ना सेवा संसारका बिभिन्न मुलुकमा रिटेल स्टोर देखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ । 

सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डे नियुक्त

सानिमा बैंकल लिमिटेडले रित्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितीको बैठकले सोही दिन देखि लागू हुने गरी पाण्डेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको नेप्से मार्फत जानकारी गराएको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत भुवन दहालको कार्यकाल माघ ११ गतेबाट सकिएसँगै सो पदमा निश्चिलराज पाण्डेलाई नियुक्त गरेको छ । 

नबिल बैंकलाई टक्कर दिँदै एनआईसी एशिया बैंकः १६ वाणिज्य बैंक अर्बपति क्लबमा ?

नेपालका २७ वाणिज्य बैंकहरुले आफ्नो चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । अदृश्य शक्तिबाट आएको अदृश्य रोग कोरोना भाइरसको महामारी बीच पनि २७ वाणिज्य बैंकहरुको नाफा लोभलाग्दो मात्रै छैन आश्चर्यजनक पनि छ भन्दा अब चाहि फरक पर्दैन । नेपालका २७ वाणिज्य बैंकहरुमा चन्द्र प्रसाद ढकाल अध्यक्ष र रत्नराज्य बज्राचार्य सीइओ रहेको ग्लोबल आईएमई बैंक लिमिटेडले सबैभन्दा बढि नाफा आर्जन गरेको छ भन्दा अब चाहि फरक पर्दैन । ग्लोबल आईएमई बैंक लिमिटेडले यो ६ महिनाको अवधीमा २ अर्ब ६६ करोड ३३ लाख ८४ हजार नाफा कमाएको देखिन्छ भन्दा फरक पर्दैन ।

अर्को विशाल समूहको ठूलो लगानी रहेको र नेपालकै वाणिज्य बैंकहरुमा कान्छा सीइओ रोशन कुमार न्यौपाने रहेको एनआईसी एशिया बैंक दोस्रो नम्बरमा नाफा कमाउन सफल भएको छ । बैंकले यो ६ महिनाको अवधीमा २ अर्ब ४० करोड २० लाख ६६ हजार नाफा कमाएको बैंकद्वारा प्रकाशित वित्तिय विवरणमा उल्लेख गरिएको छ भन्दा फरक पर्दैन ।


अर्को पूरानो नेपालकै अर्बपति विनोद चौधरकिो ठूलो शेयर रहेको अनिल केशरी शाह सीइओ र पूराना बैंकर उपेन्द्र पौड्याल अध्यक्ष रहेको नबिल बैंक तेस्रो नम्बरमा रहेको भेटिएको छ । बैंकले यो ६ महिनाको अवधीमा २ अर्ब १८ करोड १४ लाख २० हजार नाफा कमाएको देखिन्छ भन्दा फरक पर्दैन । चालु आर्थिक वर्षको ६ महिनामा वाणिजय बैंकहरुको नाफा १४८.४१ प्रतिशत बढेको देखिन्छ । यो प्रतिशत लोभलाग्दो मात्रै छैन आश्चर्यजनक पनि छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । १३ वटा वाणिज्य बैंकहरु यस पटक अर्बपति क्लबमा प्रवेश गरेका छन् भने ६ वटा वाणिज्य बैंकहरुको नाफा घटेको देखिन्छ ।

६ महिनामा नाफा घटेका बैंकहरुमा प्रभु बैंक, एभरेष्ट बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, प्राइम बैंक र सनराइज बैंक रहेका छन् । भन्दा फरक पर्दैन । नाफा घटेका बैंकमा पनि प्रभु बैंक र प्राइम बैंक अरबपति क्लबमा प्रवेश गरेको देखिन्छ । प्रभ बैंकको नाफा १६.९० प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब २६ करोड २० लाख १० हजार रुपैयाँ रहेको छ । यस्तै प्राइम बैंकको नाफा ७.४३ प्रतिशतले घटेको छ । बैंकको नाफा १ अर्ब ६७ करोड ८५ लाख ८९ हजार रुपैयाँ रहेको छ । भन्दा फरक पर्दैन ।

११ वटा बैंक अर्बपति क्लबमा प्रवेश गर्न सकेका छैनन् । यी बैंकको नाफा एक अर्बभन्दा कम रहेको छ । अर्बपति क्लबमा प्रवेश नगर्ने बैंकमा सिभिल, सेञ्चुरी, लक्ष्मी, नेपाल एसबीआई, एनसीसी, बैंक अफ काठमाण्डू, कुमारी, नेपाल बंगलादेश, एभरेष्ट, सनराइज र हिमालयन बैंक छन् । भन्दा फरक पर्दैन । चालु आर्थिक वर्ष २०७८÷०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । भन्दा फरक पर्दैन । २७ वटै वाणिज्य बैंकहरुके चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरण अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढेको देखिन्छ हेक्का होस् ।

गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २७ वटै वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १० प्रतिशतले बढेको देखिन्छ । यो अत्यन्तै राम्रो पक्ष पक्कै हो । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंकले नाफामा छलाङ्ग मारेको छ भन्दा फरक पर्दैन । ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । जुन सबै वाणिज्य बैंकहरु भन्दा बढी नाफा हो । भन्दा फरक पर्दैन ।

नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको देखिन्छ । नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिल बैंकले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो ।

यी तीन वटा वाणिज्य बैंकहरुबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । तीन वटै बैंकहरुले दोस्रो त्रैमासिकमा २ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । यद्यपि, चालु आवको दोस्रो त्रैमासिकमा १६ वटा बैंकले १ अर्ब बढी नाफा गरेका छन् । १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकदेखि १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको माछापुच्छ«े बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । १ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्म नाफा कमाउने बैकहरु १६ वटा छन् । यस्तै, ५० करोड रुपैयाँदेखि ९५ करोड रुपैयाँसम्म नाफा गर्ने बैंकहरु ११ वटा छन् । ती ११ वटा बैंकहरुबीच पनि नाफामा प्रतिस्पर्धा देखिएको छ । नाफामा सबैभन्दा कम सिभिल बैंक भएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको देखिन्छ । हेक्का होस् । सिभिलले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २०

करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ ।
६ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा ६ वटा वाणिज्य बैंकको नाफा घटेको हो । भन्दा फरक पर्दैन । सचेत भया ।

कोरोना कहर बीच विकास बैंकहरुको नाफामा छलाङ्गः पुँजी बृद्धिमा मुक्तिनाथ पहिलो गरिमा, दोस्रो महालक्ष्मी, तेस्रो कामना, सांग्रिला र लुम्बिनी विकास बैंकको लोभ लाग्दो प्रगति !

नेपालका हातमा गन सक्ने मात्रामा बाँकी रहेका राष्ट्रिय स्तरका ९ विकास बैंकहरुमा सबैभन्दा बढि नाफा मुक्तिनाथ विकास बैंक नै अगाडी छ भन्दा अब चाहि फरक पर्दैन । यस पछि पूँजी बृद्धिमा दोस्रोमा गरिमा विकास बैंक र तेस्रो महालक्ष्मी विकास बैंक छ भन्दा अब चाहि फरक पर्दैन । यी तीनवटै विकास बैंकका सीइओहरु दक्ष र अनुभवी छन् भन्दा फरक पर्दैन । मुक्तिनाथ विकास बैंकका सीइओ प्रद्युमन पोखरेल छन् उनी विकास बैंक संघका अध्यक्ष समेत छन् भने गरिमा विकास बैंकका सीइओ गोविन्द प्रसाद ढकाल छन् भने महालक्ष्मी विकास बैंकका सीइओ बोधराज देवकोटा छन् । यस्तै कामना सेवा विकास बैंकका प्रविन बस्नेत छन् । लुम्बिनी विकास बैंकका सीइओमा नरेश सिंह बोहोरा सांग्रिला डेभलपमेन्ट बैंकका सीइओ सुयोग श्रेष्ठ छन् । यी ६ वटै बैंकका सीइओ दक्ष र अनुभवी बैंकर हुन् भन्दा अब चाहि फरक पर्दैन । यसको पुष्टी उनीहरुकै बैंकको वित्तिय विवरणबाटै प्रस्ट देखिन्छ ।

राष्ट्रियस्तरका ९ विकास बैंकको बोनस सेयर वितरणपछि चुक्ता पूँजी ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँले बढेको छ । विकास बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस सेयरपछि बैंकहरुको चुक्ता पूँजी ४ अर्ब १४ करोड रुपैयाँले बढेर ३२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको हो । जुन राष्ट्रियस्तरका ९ विकास बैंकको मात्रै चुक्ता पूँजी हो । भन्दा फरक पर्दैन । यसअघि ९ वटै विकास बैंकहरुको चुक्ता पूँजी २८ अर्ब १७ करोड ६१ लाख रुपैयाँ थियो । बोनस सेयर वितरणपछि ९ वटै बैंकहरुको पूँजी बढेको देखिन्छ । हालसम्म चुक्ता पूँजीमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक देखिएको छ । मुक्तिनाथ विकास बैंकको कुल चुक्ता पूँजी ४ अर्ब ८१ करोड १६ लाख रुपैयाँ रहेकोमा अब बोनस सेयरपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७ लाख रुपैयाँ पुग्नेछ । जुन ९ वटै राष्ट्रियस्तरका विकास बैंकहरुको तुलनामा सबैभन्दा बढी हो । भन्दा फरक पर्दैन ।

विकास, दोस्रोमा गरिमा विकास बैंक तेस्रोमा महालक्ष्मी विकास बैंक रहेको छ । यी बैंकहरुको पूँजी बोनसपछि क्रमशः ४ अर्ब २६ करोड ७७ लाख, ४ अर्ब २६ करोड ४ लाख र ४ अर्ब १ करोडढ ७७ लाख पुगेको छ । पूँजीमा यी तीन वटा विकास बैंकको दह्रो प्रतिस्पर्धा देखिएको छ भन्दा फरक पर्दैन । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच पुँजी वृद्धिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यी चार वटै विकास बैंकको पूँजी ३ अर्ब रुपैयाँमाथि छ भन्दा फरक पर्दैन ।

बोनस सेयर वितरणपछि यी चारवटा विकास बैंकहरुको चुक्ता पूँजी क्रमशः ३ अर्ब ७८ करोड १ लाख, ३ अर्ब २८ करोड ४३ लाख, ३ अर्ब १४ करोड २६ लाख र ३ अर्ब १ करोड ७ लाख रुपैयाँ पुग्नेछ । हालको चुक्ता पूँजीको तुलनामा सबैभन्दा बढी पूँजी मुक्तिनाथ विकास बैंकको नै बढेको छ । त्यसपछि महालक्ष्मीको ६६ करोड, गरिमाको ५८ करोड, कामना सेवाको ५९ करोड, ज्योतिको ४२ करोड र लुम्बिनी विकास बैंकको ३७ करोड रुपैयाँ चुक्ता पूँजी बढेको छ । यस्तै, साँग्रिला डेभलपमेन्ट बैंकको २७ करोड र मितेरी विकास बैंकको १० करोड रुपैयाँ बढेको देखिन्छ । सचेत भया ।

कोरोना करहबीच फाइनान्स कम्पनीहरुको कमाई डरलाग्दो, गुडवील फाइनान्सलाई चुनौती दिँदै बेस्ट फाइनान्स नम्बर वान तेस्रो नेपाल फाइनान्सः गोर्खाज, पोखरा, आईसीएफसी फाइनान्सको नाफामा सर्वाधिक गिरावट ?

नेपालका चर्चित १० वटा फाइनान्स कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासिक वित्तिय अवधीमा बेस्ट फाइनान्स कम्पनीले गरेको छ भन्दा फरक पर्दैन । वाणिज्य बैंक, विकास बैंक, जस्तै फाइनान्स कम्पनीहरुलाई पनि कारोना कहरले खासै फरक नपरेको उनीहरुको वित्तिय विवरणका तथ्याङ्कले प्रस्ट पारेको छ भन्दा फरक पर्दैन । सधैं नम्बर १ मा नाफा र लोभ लाग्दो व्यवसाय गर्दै आएको सरोज काजी तुलाधर सीइओ रहेको गुडवील फाइनान्स कम्पनीलाई यस पटक वेस्ट फाइनान्स कम्पनीले नाफामा जितेको छ भन्दा फरक पर्दैन ।

नेवार जातिहरुको हुकुमी प्रमाणबाट चलेको गुडवील फाइनान्स कम्पनीको खराब कर्जा बढेको र नयाँ लगानी थप गर्न नसकेकै कारण नाफामा गिरावट आएको छ भन्दा फरक पदैन । फाइनान्स कम्पनीलाई नयाँ लगानी खोजी गरि व्यवसाय बढाउनु भन्दा जागिर पकाउन माहिर गुडवील फाइनान्स कम्पनीका सदाबहादर सीइओ सरोज काजी तुलाधर कै कारण कम्पनी धरासायी बन्दै गएको भेटिएको छ । भाषण मात्रै गर्न माहिर सीइओ सरोज काजी तुलाधर कै कारण उक्त कम्पनीको वित्तिय विवरणले के प्रस्ट गरेको छ भने गफ हाक्ने होइन व्यवसाय बढाउनु पर्ने अबको आवश्यकता हो भन्ने सन्देश दिएको छ भन्दा फरक पर्दैन । हेक्का होस् ।

१० वटा फाइनान्स कम्पनीहरुले पुस मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरणअनुसार यस अवधिमा १० फाइनान्स कम्पनीहरुले करिब ५५ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा १० फाइनान्स कम्पनीले ५४ करोड ७८ लाख २० हजार रुपैयाँ नाफा कमाएका हुन् भन्दा फरक पर्दैन । १० वटामध्ये एक कम्पनीले मात्रै नाफा बढाएको छ । गुडविल फाइनान्सले ४२.७१ प्रतिशतले वृद्धि गरेको हो । कम्पनीले ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । गुडविलले गत आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यस अवधिमा सर्वाधिक नाफा बेष्ट फाइनान्सले कमाएको छ । गत आवको दोस्रो त्रैमासको अवधिमा बेष्ट फाइनान्स र नेपाल फाइनान्स घाटामा थिए । यी फाइनान्स कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासमा नाफा बढाएको देखिन्छ । गत आवको यसै अवधिमा घाटामा रहेको बेष्ट फाइनान्सले चालु आवको दोस्रो त्रैमासको अवधिमा १४ करोड २ लाख ९ हजार रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने फाइनान्स कम्पनीको सूचीमा परेको हो । भन्दा फरक पर्दैन । गत आवको दोस्रो त्रैमासको अवधिमा फाइनान्स १५ करोड ७६ लाख रुपैयाँ घाटामा थियो ।
यस्तै, नेपाल फाइनान्सले ३ करोड ३२ लाख ९४ हजार रुपैयाँ नाफा कमाएको छ । नेपाल फाइनान्स गत आवको यसै अवधिमा ३९ लाख रुपैयाँ नोक्सानमा थियो ।

गत आवको यसै अवधिमा नाफामा रहेका सात फाइनान्सको नाफा घटेको छ । गुहेश्वरी मर्चेन्ट, श्री इन्भेष्टमेन्ट, आइसीएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, समृद्धि फाइनान्स, पोखरा फाइनान्स र गुर्खाज फाइनान्सको नाफा घटेको देखिन्छ । यी मध्ये सबैभन्दा धेरै नाफा गुर्खाज फाइनान्सको घटेको छ । चालु आवको दोस्रो त्रैमासको अवधिमा १ करोड ६५ लाख ७० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको यसै अवधिको तुलनामा ७४.८५ प्रतिशतले घटेको हो । यस कम्पनीका सीइओ र डिपुटी सीइओले राजिनामा दिएर बसेका छन् भने डिजीएमले कम्पनीलाई आफूखुशी चलाएको देखिन्छ । हेक्का होस् ।

गत आवको यसै अवधिमा गुर्खाजले ६ करोड ५८ लाख ९१ लाख रुपैयाँ नाफा कमाएको थियो । गुर्खाज फाइनान्स पछि नाफा घट्नेमा पोखरा फाइनान्स, समृद्धि फाइनान्स, मञ्जुश्री फाइनान्स र आइसिएफसी फाइनान्स परेका छन् । पोखरा फाइनान्सको नाफा ६९.४३ प्रतिशतले घटेर २ करोड ९६ लाखमा सिमित भएको छ । कम्पनीले गत आवको यसै अवधिमा ९ करोड ६८ ला खरुपैयाँ नाफा कमाएको देखिन्छ । समृद्धि फाइनान्सको नाफा ६३.९५ प्रतिशत, मञ्जुश्री फाइनान्सको नाफा ३३.५२ प्रतिशत र आइसिएफसी फाइनान्सको नाफा २४.४१ प्रतिशतले घटेको छ । भन्दा फरक पर्दैन । भने गुहेश्वरी मर्चेण्ट फाइनान्सको नाफा १७.४७ प्रतिशतले घटेको देखिन्छ ।

महालक्ष्मी विकास बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

 महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई रेमिट्यान्स सम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले भाटभटेनी मनी ट्रान्सफर प्रालिसँग सम्झौता गरेको छ ।

बैंकको प्रधान कार्यालय दरबारमार्गस्थित आयोजित कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र भाटभटेनी मनी ट्रान्सफर प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन कुमार अमात्यले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात ग्राहकहरुले विश्वका विभिन्न स्थानहरुबाट नेपालभित्र बैंकिङ्ग च्यानलमार्फत् आएको रकम तथा नेपालभित्रका विभिन्न स्थानहरुमा रकमान्तरका लागि देशैभर छरिएर रहेका महालक्ष्मी विकास बैंकका १०३ वटा शाखाहरु मार्फत सेवा प्राप्त गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले संसारको कुनै पनि स्थानबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत् सोझै खातामा रकम जम्मा गर्न सक्नेछन् ।

बैकले हालसम्म २८ वटा रेमिट कम्पनीहरुसँग सम्झौता गरी ग्राहकहरुलाई छिटो, छरितो, भरपर्दो र सर्वसुलभ तरिकाबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आइरहेको छ ।

यसका साथसाथै रेमिट्यान्स आएको रकमलाई थप एक प्रतिशत ब्याज प्रदान गर्ने विशेषतासहितको मुद्दति योजना संचालनमा बैंकले जानकारी दिएको छ । यस योजना अन्तर्गत ११.३५ प्रतिशत वार्षिक ब्याज प्राप्त गर्न सकिने कुरा बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ ।

भन्सार महसुल अनलाइनबाट भुक्तानी गर्न सकिने

भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले बुधबार सुरुवात गरेका छन । ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहकाबीच उहाँले सो प्रणालीको सुभारम्भ गरेका हुन ।

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाईन मार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि उनले बताए ।

‘व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्नेछ’, उनले भने, ‘यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्दत गर्नेछ ।’ त्यस्तै उनले भन्सारविन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । ‘हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ’, उनले भने, ‘कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुनेछ ।’ सबै वस्तु आवश्यक पर्ने मात्र नआउने भन्नुहुँदै उहाँले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरेका हुन ।

उनले भन्सार विन्दुहरूमा निजी क्षेत्रले माग गरेबमोजिम अन्तर्राष्ट्रिय मापदण्डको क्वारेन्टिन तथा प्रयोगशालाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको पनि बताए । त्यसका लागि सरकार कामलाई अगाडि बढाउन प्रतिवद्ध रहेको उल्लेख गरे । साथै निजी क्षेत्रसँगको सहकार्यको निरन्तरता तथा निजी क्षेत्रको सुझावहरू सकारले नीति निर्माणमा मार्गदर्शनका रूपमा लिने पनि विश्वास दिलाए ।

यसैगरी पछिल्लो समय अन्तर्राष्ट्रिय मूल्य वृद्धिको श्रृङ्खलाका कारण विदेशी मुद्राको सञ्चितिमा केही चाप परेको जानकारी गराउनुहुँदै अर्थतन्त्र धराशायी नभएको बताए । कतिपयले निजी क्षेत्र तथा आम सर्वसाधारणलाई त्रसित बनाउने गरी प्रचार गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुहुँदै त्यस्ता भ्रमलाई सरकारले नतिजाबाट चिरफार गर्ने बताए ।

समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्नुहुँदै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए । त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्नुहुँदै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भन्सार मूल्य मूल्याङ्कन सुधार गर्नुपर्ने माग गरेका थिए । परम्परागत प्रणालीबाट नै मूल्याङ्कन भइरहेकाले सही मूल्य निर्धारण नहुँदा अर्थतन्त्रमा नै असर परिरहेको उनले जिकीर गरे । जसकारण नयाँ पीँढीलाई व्यवसायमा आउन निरुत्साहित भइरहेको उल्लेख गरे । हरेक वर्ष २६ जनवरीका दिन अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउँदै आइएको छ । यस वर्ष पनि भन्सारलाई डिजिटल प्रविधिमा रूपान्तरण गर्ने नाराको मूल भावसहित मनाइएको हो ।

सनराइज बैंकको विस्तारित काउन्टर करदाता कार्यालय धनकुटामा

सनराइज बैंकले धनकुटामो धनकुटा ५ मा अवस्थित करदाता सेवा कार्यालयको प्रांगणमा विस्तारित काउन्टर सेवाको सुरुवात गरेको छ । सो विस्तारित काउन्टर सेवा संचालनमा आएसंगै बैंकको विस्तारित काउन्टर सेवा संख्या १३ पुगेको छ ।

सो विस्तारित काउन्टर उद्घाटन बैंकका १ नं. प्रदेश प्रमुख विवेक कुमार निरौला र बैंकको धनकुटा शाखाका शाखा प्रबन्धक दिनेश शर्मा अधिकारीको उपस्थितिमा धनकुटा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर थापाले गरे ।

बैंकले हाल १३९ शाखा, ८५ शाखारहित बैंकिङ्ग सेवा, १३ वटा विस्तारित काउण्टर र १५८ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सिद्धार्थ बैंकको एक्स्टेन्सन काउन्टर सिनामंगलमा

सिद्धार्थ बैंकले काठमाडौँको सिनामंगलमा नयाँ एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । 

बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमी व्यवसायीलाई यो काउन्टरबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले पुरा गर्यो ५ बर्ष

२०१७ मा आफ्नो यात्रा सुरुवात गरेको नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘‘खल्ती’’ले आज आफ्नो ५ औं बार्षिकोत्सब मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।

यस ५ बर्ष लाई पाँ‘च बर्ष’ मान्ने कि ‘मात्र ५ बर्ष’ त ? कुनै पनि स्टार्टअप कम्पनीले पाँच बर्ष पुरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो । ’खल्ती’ ले पनि आफ्नो ५ बर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ । तर लामो दुरी तय गर्ने हिसाबले हेर्दा ’खल्ती’, ‘मात्र ५ बर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरु माझ बढी प्रचलित ‘’खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरु ले नै भरिएको मार्केटिंग टिम भएको ’खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिंग भन्दा भिन्न छ । आफ्नो बार्षिकोत्सबमा रमाइलो भिडियो सार्वजनिक गरि यसलाई फेरी पनि सावित गर्न सफल भएको छ ।