जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

सिन्धु विकास बैंकले कमायो तीन करोड ५५ लाख नाफा

सिन्धु विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ५५ लाख ५४ हजार नाफा कमाएको छ । यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा ४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३ करोड ३९ लाख नाफा कमाएको थियो । खुद ब्याज आम्दानी  गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ७ करोड ५४ लाख ७७ हजार खुद ब्याज आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ९ करोड ३ लाख ६० हजार पुगेको हो । त्यसैगरी कम्पनीको सञ्चालन नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ४ प्रतिशतले वृद्धि भएको छ । 

कम्पनीको चुक्ता पूँजी रू. ५५ करोड ७४ लाख ५६ हजार रहेको छ भने जगेडामा रू. १२ करोड १० लाख सञ्चित गरेको हो । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ५० करोड ४४ लाख निक्षेप संकलन गरेको छ भने रू. ३ अर्ब ३६ करोड ९३ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा भने रू. १ करोड २३ लाख ऋणात्मक रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू.१२ दशमलव ७६,मूल्य आम्दानी अनुपात ३२ दशमलव ३७ गुणा,तरलता अनुपात २१ दशमलव ४७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.११९ दशलमव ५१ रहेको छ

चालू आवको दोस्रो त्रैमासमा एनआइसी एशिया लघुवित्तको नाफा ४१८ प्रतिशत बढ्यो

एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४१८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १५ करोड ९७ लाख ९३ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड ४८ लाख ८५ हजार पुगेको हो । 

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नापाmमा वृद्धि भएकाले नाफा बढ्ने टेवा पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ९९ प्रतिशत र सञ्चालन नाफा १८३ प्रतिशत वृद्धि भएको छ । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ७३ करोड रहेको छ भने जगेडामा रू. १ अर्ब १९ करोड ५ लाख सञ्चित गरेको हो । 

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले रू. १९ अर्ब ६९ करोड ४८ लाख सापटि लिएर,रू. ३ अर्ब २० करोड ८० लाख निक्षेप संकलन गरेर रू. २२ अर्ब १३ करोड ४१ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.४० दशमलव ७७(वार्षिक),मूल्य आम्दानी अनुपात ३१ दशमलव ६४,तरलता अनुपात शून्य दशलमव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१६८ दशमलव ४३ रहेको छ ।

सहकारीको अनुगमन अब राष्ट्र बैंकबाट

ठूलो कारोबार गर्ने संस्थाहरू समस्याग्रस्त हुन थालेपछि सहकारीको अनुगमनमा नेपाल राष्ट्र बैंक सहभागी हुने भएको छ । प्रभावकारी नियमन नहुँदा सहकारीमा अनियमितता बढ्न थालेपछि ठूला सहकारीहरूको अनुगमनका लागि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक र सहकारी विभागको संयुक्त टोली बनाउन लागिएको हो ।

पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत गर्न थालेका छन् ।

‘नियमन प्रभावकारी नहुँदा ठूला सहकारीमा समस्या देखिन थालेको छ,’ विभागका रजिस्ट्रार झलकराम अधिकारीले भने, ‘त्यसैले राष्ट्र बैंकसहितको संयुक्त टोली बनाएर अनुगमनलाई व्यापक बनाउँदै छौं 

सवारी साधनमा जोरबिजोर लागु गर्न बिहानैबाट ट्राफिक प्रहरीको कडाइ

काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले यो प्रणाली लागू गरेसँगै विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले जाँच शुरु गरेको छ।

शनिबार बिहानैबाट ललितपुरको जावलाखेल चोकमा जोरबिजोर जाँच गर्न प्रहरी खटिएको देखिन्थे। आज जोर दिन भएकाले बिना कारण चलाएका बिजोर सवारी भने प्रहरीले नियन्त्रणमा लिएको देखिन्थ्यो।

उपत्यकामा यसरी नै ट्राफिक प्रहरीले चेकजाँच गरिरहेका छन्।

यो नियम सार्वजनिक यातायातसहित निजी र दुई पांग्रे सवारी साधनमा समेत लागू हुने प्रशासनले जनाएको छ। यसअघिको आदेशमा सार्वजनिक यातायात संचालन गर्ने बारेमा मात्र उल्लेख थियो।

निकै संक्रामक मानिएको कोरोना भाइरस फैलिएसँगै प्रशासनले यसअघि भिडभाड हुने गतिविधिमा समेत रोक लगाइसकेको छ। माघ ७ गतेबाटै सार्वजनिक स्थल र सार्वजनिक निकायमा प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय भइसकेको छ।

आर्थिक बजार न्यूजडटकमको समाचारको चर्को प्रभाव हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर तुहियोः मर्जर तुहिएपछि गर्भनरको आक्रोश, अब कारवाही हुन्छ ?

हिमालयन बैंक लिमिटेडले साधारण सभाबाट २६ प्रतिशत लाभाशं प्रस्ताब पारित गरेपनि नेपाल इन्भेष्टमेण्ट बैंकसंग गर्ने भनिएको मर्जर प्रस्ताव पारित हुन सकेन भन्दा अब चाहि फरक पर्दैन ।

यो पनि हेर्नुहोस्

हिमालयन बैंकमा थापा, शर्मा, श्रेष्ठको दादागिरी पराकाष्ठः कर्मचारी सञ्चय कोषको छानवीन प्रतिवेदन नआउँदै मर्जरको निर्णय पाकिस्थानी शेयर बेचर भाग्ने दाउमाः राष्ट्र बैंक बेखबर

आर्थिक बजार न्यूजडटकमले लगातार यी दुई बैंकको मर्जर असम्भव रहेको नेपाल इन्भेष्टमेण्ट बैंकले एफपिओमा लाग्ने कर छली गरेको जस्ता १ दर्जन भन्दा बढि समाचार प्रकाशन गर्दै आएपछि यी दुबै बैंकको मर्जरलाई हिमालयन बैंकका शेयर धनीहरुले विफल तुल्याई दिएका छन् भन्दा फरक पर्दैन । राज्यलाई तिर्नुपर्ने अर्बै कर छली गरेको नेपाल इन्भेष्टमेण्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले सत्ता र शक्तिको दुरुपयोग गर्दै मर्जर गराउन सबै हतियार प्रयोग गरेपनि अन्तत मर्जर तुहिएको छ भन्दा अब चाहि फरक पर्दैन ।

यो पनि हेर्नुहोस्

हिमालयन बैंकका कर्मचारीद्वारा सबै पक्ष मिलाएर मर्जर गर्न आग्रहः नत्र आन्दोलन घोषणा !

दिवाकर चन्दको मुद्दा परेको सम्पत्ती र एफपिओको कर छलीलाई नेपाल इन्भेष्टमेण्ट बैंकले डिडिए गरेसंगै यी दुई बैंक बीचको मर्जर विवादमा फस्दै आएका समाचार आर्थिक बजारन्यूज डटकमले दिएको थियो । यी कारण मर्जर तुहिएको छ भन्दा फरक पर्दैन ।
नेपाली जनतालाई भेडा ठान्ने पाण्डे परिवारको सपना तुहिएको मात्रै छैन् । ज्वाई र ससुराको बैंक एउटै बनाउने योजना पूर्णरुपमा तुहिएको छ भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् ।

यो पनि हेर्नुहोस्

कर्मचारी सञ्चय कोषद्वारा ६० करोड र ४ अर्ब हिमालयन बैंकलाई घाटा हुने भन्दै मर्जर नगर्ने प्रतिवेदन पेशः सञ्चालक थापाद्वारा प्रधानमन्त्रीलाई दबाब दिएर मर्जर गराउने धम्की !

शुक्रबार भएको हिमालयन बैंकको विशेष साधारण सभाले नेपाल इन्भेष्टमेण्ट बैंकसंगको मर्जर प्रस्ताव अस्वीकृत गरेपछि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एउटा अनलाईन पोर्टलमा हिमालयन बैंकलाई कारवाही गर्ने चेतावनी दिएको देखिन्छ । के मर्जर जबरजस्ती हुन्छ गर्भनर साब ?

यो पनि हेर्नुहोस्

अर्बै राजश्व छली गरेको नेपाल इन्भेष्टमेण्ट बैंकलाई गर्भनर अधिकारीको चर्को निर्देशनमा यसरी दिएका थिए, बैंक सुपरिवेक्षण विभागका उपनिर्देशक पोखरेलले लाभाशंको स्वीकृती (प्रमाण सहित)

जसले पैसा राखेर बैंक खोले उनीहरुले नै मर्जर नगर्ने पक्षमा मतदान गरे के यो अपराध हो ? मर्जर विवाह जस्तै हो केटी पक्षले विवाह अस्वीकार ग¥यो भने जवरजस्ती छोरा ल्याउनु राम्रो पक्ष हो र गर्भनर साब ? कर छली गरेका र विवादास्पद सम्पत्ती डिडिए गर्ने अधिकार कुनै पनि बैंक र वित्तिय संस्थालाई छैन । यी दुई बैंकको मर्जर यी कारणले अस्वीकृत भएको हो । हेक्का होस् ।

यो पनि हेर्नुहोस्

हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंक बीच मर्जर अन्यौलमा

कर्मचारी सञ्चय कोषमा गर्भरको पनि पैसा जम्मा भएको होला । उसले नै स्वाप रेसियो मिलाउ भन्दा भन्दै नमान्ने हिमालयन बैकको सञ्चालक समितिलाई यो एउटा सवक हो भन्दा अब चाहि फरक पर्दैन । राज्यका तीन वटा निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थमन्त्रालयलाई एफपिओको कर छली गलत नियतले गरिएको सो रकम उठाउन पत्राचार गरेको छ ।

यो पनि हेर्नुहोस्
नेपाल इन्भेष्टमेण्ट बैंकका सदाबहार अध्याक्ष पृथ्वी बहादुर पाडेको योजना बालुवामा पानीः हिमालयन बैंक बीच हुने भनिएको बिग मर्जर नहुने पक्का

महालेखा परिक्षकको कार्यालयले कर छली गरेको प्रतिवेदनमै उल्लेख गरेको छ । कर्मचारी सञ्चय कोषले नेपाल इन्भेष्टमेण्ट बैंकको कर छली बारे प्रश्न उठाउदै मर्जर गरिए आफूलाई ६० करोड र मर्जर पछि हिमालयन बैंकले ४ अर्ब तिर्नुपर्ने प्रतिवेदनमै उल्लेख गरेको छ । तर, राष्ट्र बैंकका गर्भनर अधिकारी मर्जर गर नत्र कारवाही हुन्छ भन्दै आएका छन् र थिए पनि अब मर्जरले हावा खाएको छ यो कुरा आर्थिक बजार न्यूजडटकले ६ महिना अगाडी देखि नै लेख्दै आएको थियो । हामीले जे लेख्यो त्यही भएको छ सत्य सत्य नै हुन्छ गर्भनर साब हेक्का होस् ।

यो पनि हेर्नुहोस्
हिमालयन बैंक र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर विवादमा फस्यो, कर्मचरी सञ्चयकोषद्वारा पुन डिडिए गर्न मागः थापा र पाण्डेले प्रधानमन्त्री गुहारे ?

यो देशमा कर छुट दिने अधिकार कसैलाई छैन गर्भनर साब हेक्का होस् । कर छुट दिने निर्णय गरेर अर्बै भ्रष्ट्राचार गरेका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्माको हाल के भयो ? कर राज्यको सम्पत्ती हो त्यसबाट तलब खाने राष्ट्र बैंकको नेतृत्वले अब कर उठाउन पहल गरोस् । मर्जर टाढाको कुरा हो गर्भनर साब ? कर उठाउने कुरा पहिलो प्राथमिकता हो । कर छुट दिने, जबरजस्ती मर्जर गर भन्ने अधिकार गर्भनरलाई नेपालको कानूनले दिएको छैन । सचेत भया ।

यो पनि हेर्नुहोस्
महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनलाई चुनौती दिने अधिकार, नेपाल चाटर्ड एकाउण्टेण्ट्स संघ र आन्तरिक राजश्व विभागलाई छैन !

नबिल बैंक, सीएनआई–वुमन लिडरसीप र महिला शक्ति विकाश केन्द्रबीच सहकार्य

 महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालका बीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो र महिलाहरुको आर्थिक विकाशको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।

हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएका नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाश संगसंगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्याउने बताए ।

वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापना देखि “महिला नेतृत्व विकास“ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पु¥याउन सहयोग गर्ने आशा लिएको छ ।

शिखर र आइएमई जनरल इन्स्योरेन्सले पाए हकप्रद शेयर निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले दुई निर्जीवन बीमा कम्पनीलाई हकप्रद शेयर  निष्काशनका लागि अनुमति दिएको छ ।  धितोपत्र बोर्डको हिजो बसेको बैठकले शिखर इन्स्योरेन्स कम्पनी र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको अनुमति दिएको हो ।

शिखरले ५२ करोड ७५ लाख रुपैयाँ र आइएमई जनरलले ४६ करोड ३० लाख रुपैयाँको हकप्रद शेयर निष्काशनका लागि बोर्डबाट अनुमति पाएका हुन् । शिखरले गत जेठ महिनामा बोर्डमा निवेदन दिएको थियो । त्यस्तै आइएमईले भने भदौ महिनामा निवेदन दिएको थियो ।

बीमा समितिले यि दुई कम्पनी बाहेक अन्य बीमा कम्पनीहरुलाई हकप्रद शेयर निष्काशनको लागि रोकेर राखेको छ । समितिले चालु आर्थिक वर्षमा कुनै पनि कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव नै अगाडी नबढाउन निर्देशन दिएको थियो । सोहि कारण अहिले कुनै पनि बीमा कम्पनीले हकप्रद शेयर निष्काशनको प्रकृयाँ अगाडी बढाएका छैनन् ।

नेपाल धितोपत्र बोर्ड विगत ५ महिना भन्दा लामो समयदेखि अध्यक्ष विहिन छ । अध्यक्ष नहुँदा बोर्डले हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको थिएन । तर केहि समय अगाडी विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशनको अनुमति दिनु पर्ने भन्दै बोर्डलाई दवाव दिएका थिए । त्यस पछि बल्ल बोर्डले अनुमति दिएको हो ।

लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशत बढ्यो

लुम्बिनी विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. २६ करोड १८ लाख ८५ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ३५ करोड १७ लाख ४४ हजार पुगेको हो ।

चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी ३५ प्रतिशत र सञ्चालन नाफा ४१ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू.१८ दशमलव ०२ रहेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू.२१ दशलमव ४२ पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब २८ करोड रहेको छ ।

चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २ अर्ब ६२ लाख र रिटेण्ड अर्निङमा रू. २४ करोड ९४ लाख ३३ हजार सञ्चित गरेको हो । सो अवधिमा कम्पनीले रू ३९ अर्ब २८ करोड ४७ लाख निक्षेप संकलन गरेर रू. ३५ अर्ब ६७ करोड ९८ लाख ८३ हजार कर्जा लगानी गरेको हो ।

त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा चालूआवको दोस्रो त्रैमासमा रू. २४ करोड ९४ लाख ३३ हजार रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २१ दशमलव ४२ गुणा,तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १६८ दशलमव ६८ पुगेको हो ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब ९१ करोड

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अविधमा बै‌कले १ अर्ब ९१ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षकाे यस अविधमा बैंकको नाफा १ अर्ब ७४ अर्ब करोड थियो ।

बैंकले यस अवधिमा करिब १० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले यस अबधिमा २ खर्ब ४२ अर्ब निक्षेप संकलन गरेको छ।  साथै यस अबधिमा बैंकले  १ खर्ब ९५ अर्ब कर्जा परिचालन गरेको छ। साथै यस अवधिमा बैंकको खराब कर्जा अनुपात ३.०६ प्रतिशत रहेको छ । 

डिशहोमको अफरः ८९९ मा १०० एमबीपीएस इन्टरनेट

देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्च गतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक्रममा कम्पनीले मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट उपलब्ध गराएको छ । 

डिशहोमले विगत केही समयदेखि विभिन्न योजनाहरु मार्फत बजारमा आक्रामक उपस्थिती जनाइरहेको छ ।  

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । 

यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ । इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

अर्थमन्त्री र गभर्नरको एकै स्वर: कृषिमा लगानी बढाऔं, कृषि विकास बैंकलाई ‘लिडर’ बनाऔं

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखेका छन् । शुक्रबार कृषि विकास बैंकको ५५औं वार्षिकेत्सव कार्यक्रममा उनीहरुले एउटै धारणा राखेका हुन् ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्नु पर्ने बताए ।

‘नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्नु पर्छ, कृषिमा लगानी बढाई, स्वरोगार बन्नमा बैंकहरुले भूमीका खेल्नुपर्छ, कृषिमा लगानी बढाउनु आजको आवश्यकता हो,’ उनले भने ।

कार्यक्रममा गभर्नर अधिकारीले पनि बैंकहरुले कृषिमा लगानी बढाउनु पर्ने धारणा राखे । उनले कृषि विकास बैंकले पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गरेको बताए ।

उनले गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरिसकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिए ।

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पनि बैंकले कृषकहरुलाई बढी प्राथमिकता दिइरहेको बताए । बैंकहरुले गर्दै आएको हरे गतिविधिहरु जानकारी गराउँदै उनले करिब १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्ब निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्ब ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताए ।

यस्तै, उनले करिब ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको लगायतका विषय माथि प्रकाश पारे ।

देउवाको दाबी : सरकार सही दिशामा अघि बढेको छ (पूर्णपाठसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सही दिशामा अगाडि बढिरहेको दाबी गरेका छन् ।

आफ्नो नेतृत्वमा सरकार बनेको ६ महिना पुगेको अवसरमा शुक्रबार टेलिभिजनमार्फत देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सरकारले गरेका कामहरुबारे जानकारी दिए । उनले अघि भने, ‘सरकार सही दिशामा अघि बढिरहेको स्पष्ट छ । छोटो अवधिमा गरिएको कार्य र हासिल भएको उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, स्थायित्व र समृद्धि हासिल गर्ने बलियो आधार खडा भएको छ । जनतामा आशा र भरोसा बढेको छ ।’

https://drive.google.com/file/d/1Y2J6uHVHIQM25cVz13LSGDMRpf5A7XAc/preview