जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

तीन वाणिज्य बैंकले धितो राखी दिएको ग्रीनलाईन सेन्टरको केही कर्जा उठ्ने भएपनि नेपाल इन्भेष्टमेण्ट बैंकले विना धितो दिएको ३२ करोड कर्जा डुब्ने पक्का पक्कीः राष्ट्र बैंक बेखबर !

नेपालमा संचालित २७ वाणिजय बैंकहरुको खराब कर्जा यो वर्ष डरलाग्दो हुने संकेत बढेको छ भन्दा फरक पर्दैन । वाणिज्य बैंकहरुले ओभरड्राफ्ट कर्जाको साँवा तथा ब्याजको किस्ता असुली गरी असल कर्जा देखाउने बैंकहरुको प्रतिस्पर्धाले खराब कर्जा बढ्ने निश्चित छ भन्दा अब चाहि फरक पदैन ।

यसको एउटा पछिल्लो उदाहरण हो ग्रीन लाईन सेन्टर प्रा.लि. भन्दा फरक पर्दैन । ४ वटा वाणिज्य बैंकले १ वोतल रक्सीको ६ लाख रुपैयासम्म विक्री गर्ने यस सेन्टरलाई १ अर्ब भन्दा बढि कर्जा दिएको खुलेको छ । यस सेन्टरका प्रमोटर ओमप्रसाद अग्रवाल र सीइओ अभिषेक अग्रवाल दाजुभाइ भारत पुगेपछि ४ बैंकले ग्रीनलाईन सेन्टरमा सूचना टाँसेर कर्जा उठाउने कोषिश गर्दैछन् भन्दा फरक पर्दैन ।

यी अग्रवाल परिवारकै कर्जाले पनि बैंकहरुको खराब कर्जा बढ्ने उदाहरण मान्न सकिन्छ । भनिन्छ नेपाल इन्भेष्टमेण्ट बैंकले त विना धितो अग्रवाल परिवारलाई ३२ करोड दिएको फेला परेको छ । धितो लिएर एभरेष्ट बैंकले २२ करोड, ग्लोबल आइएमई बैंकले १८ करोड र मेगा बैंकले २५ करोड कर्जा दिएको राष्ट्र बैंक उच्च स्रोतको दाबी छ ।

अब यी कर्जा उठाउन यी बैंकहरुलाई फलामको चिउरा चपाउनु सरह हुने छ भन्दा फरक पर्दैन । यसबारेमा मेगा बैंक नेपाल लिमिटेडकी सीइओ अनुपमा खुञ्जेलीले पंक्तिकारलाई भनिन्ः– हाम्रो कर्जा उठ्ने पक्का पक्की छ । हामीले कलंककिो घर सहित जग्गा धितो राखी कर्जा दिएको थियौं । उनीले थपिन्ः– गोदाम सिल गरेका छौं त्यसबाट पनि केही पैसा उठ्ने छ । धितो लिलाम गरेपछि हाम्रो कर्जा उठ्ने छ नि यसमा मेगा बैंक नेपाल लिमिटेडले आत्तिनु पर्ने, तर्सिनु पर्ने, डराउनु पर्ने कुनै कारण छैन । धितो राम्रो भएकोले कर्जा उठ्ने निश्चित रहेको उनीले पंक्तिकारसंग बताइन् । एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंकको पनि धितो राम्रो देखिन्छ तर निर्देशनकै भरमा विना धितो कर्जा दिएको पाण्डे परिवारको नेपाल इन्भेष्टमेण्ट बैंकको विना धितोको ३२ करोड कर्जा डुब्ने निश्चित देखिन्छ । नाफा कमाउने होडवाजीकै कारण अब बैंकहरुको खराब कर्जा बढ्ने देखिनछ । भन्दा फरक पर्दैन। गर्भनर साब हेक्का होस् ।


४ बैंकले दिएको कर्जा खराब कर्जामा परिणत नहोस् तर भए यसले बैकिङ्ग प्रणालीमा कस्तो प्रभाव पर्दछ । यसको हेक्का होस् । सचेत हुनु जरुरी देखिन्छ । तीन वटा ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक र मेगा बैंकको धितो छ । कर्जा केही उठ्ने पक्का पक्की जस्तै छ । तर, नेपाल इन्भेष्टमेण्ट बैंकको ३२ करोड अग्रवाल दाजुभाइलाई दिएको कर्जा उठाउनु फलामको चिउरा चपाउनु सहर छ भन्दा अब चाहि फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

नेपालको वाणिज्य बैंक नेपाल इन्भेष्टमेण्ट बैंकले कर्मचारी भर्नामा अहिले सम्म विज्ञापन निकालेको छैन भन्दा फरक पर्दैन । सबै कुराको छुट गर्भनर महाप्रसाद अधिकारीले विगत देखिनै यस बैंकलाई दिएका छन् भन्दा फरक पर्दैन । नेपाल इन्भेष्टमेण्ट बैंकमा व्यक्तिगत खाता खोल्दा चेक लिदा १० हजार धरौटी राख्नु पर्ने, कार्ड लिदा १ रुपैयामा हुने यो कस्तो बैकिङ्ग हो गर्भनर साब यो कुन कानुनमा कहाँ छ ?
अर्को अचम्मको कुरा के छ भने राम्रा धितो राखी कर्जा दिएको फेला परे जसरी पनि पाण्डे परिवारले सो धितो आफूले घुमाई फिराई हड्प्ने गरेको देखिन्छ । यसको पछिल्लो उदाहरण हो दिवाकरण चन्दको सम्पत्ती भन्दा फरक पर्दैन । सचेत भया ।

मर्जरको नाममा जनताको सम्पत्ती बर्षै बन्धकः निकम्मा राष्ट्र बैंक बेखबर !

नेपालका वाणिजय बैंकहरु मर्जरको सम्झौत गर्ने अनि जनताको सम्पत्ती ६ महिना होइन १ वर्ष बन्धक राख्ने र मर्जर नगर्ने परम्परा बढेको देखिन्छ । यो अधिकार ती वाणिज्य बैंकलाई छैन । तर, नेपालमा यस्तै भएको छ भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् ।

विगतमा लक्ष्मी बैंक र एभरेष्ट बैंक, कुमारी बैंक र एससीसी बैंक बीच यस्तै भयो अहिले नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक बीच मर्जरका सम्झौता भए तर मर्जर फेल भयो । यसबीचमा जनताको सम्पत्ती ६ महिना होइन १ वर्ष बन्धक भयो शेयर किनबेच बन्द भयो । तर, निकम्मा राष्ट्र बैंक बोल्दैन कारवाहीको कुरा त टाढा छ भन्दा फरक पर्दैन । यो कस्तो नियमनकारी निकाय हो ? १ वर्ष जनताको सम्पत्ती बन्धक हुँदा कति नोक्सानी हुन्छ । यो सबैलाई थाहा छ तरपनि किन बोल्दैन राष्ट्र बैंक ? हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको मर्जर सम्झौत पछि करिब १ वर्ष शेयर कारोबार बन्द भयो । लाख होइन करोडौं शेयरधनीलाई नोक्सानी भयो तर पनि राष्ट्र बैंक बोल्दैन कारण के हो ? यसलाई नितिगत भ्रष्ट्राचार हो भन्दा अब चाहि फरक पर्दैन अर्थमन्त्रीज्यू हेक्का होस् । तत्कालै कारवाहीको निर्देशन होस् । नत्र यसमा गर्भनरको समेत संलग्नता छ भन्दा फरक नपर्ला कि कसो ?

गत वैशाख २९ गते नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का भयो । देशको सबैभन्दा ठूलो वाणिज्य बैंक बनाउन मर्जर आवश्यक भएको भन्दै दुबै संस्थाले एमओयू गरेसँगै सेयर लगानीकर्ताको सम्पत्ति पनि बन्धक भयो । अर्थात् सेयर कारोबार नै भएन् । कारोबार नभएपछि लगानीकर्ताको सम्पत्ति फ्रिज भयो । भन्दा फरक पर्दैन । गर्भनर साब हेक्का होस् । सेयर कारोबार रोक्का भएको ९ महिनापछि दुबै संस्थाबीच मर्जर तुहियो भन्दा फरक पर्दैन । यतिञ्जेलसम्म लगानीकर्ताले न मर्जरको गुड न्यून सुन्न पाए न त सम्पत्ति चलाउन पाए । हेक्का होस कहाँ छ राष्ट्र बैंक किन बोल्दैन ।

नेपाल राष्ट्र बैंकले मर्जरको नीति लिएसँगै जसरी पनि मर्जर वा प्राप्ति गराउने र बैंकको संख्या घटाउन लागेको छ । तर लगानीकर्ताको सम्पत्ति लामो समयसम्म बन्धक बनेको विषयमा कसैले चासो दिएको छैन । अर्थमन्त्री जनार्दन शर्माज्यू हेक्का होस् । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक त उदाहरण मात्रै हुन् । मर्जर र प्राप्तिका नाममा कैयौं संस्थाका लगानीकर्ताको सम्पत्ति लामो समयसम्म फ्रिजको अवस्थामा छ । यसबारे न नियामक निकाय त न कसैले चासो नै व्यक्त गरेको छ । कारण के हो ?

मर्जर वा प्राप्तिको प्रक्रियामा जाँदा कति समयसम्म कारोबार रोक्का राख्ने भन्ने कुनै कानूनी व्यवस्था छैन । जसकारण केही कम्पनीको सेयर कारोबार वर्षौसम्म रोक्का हुने अवस्था छ । यसले कस्तो सन्देश दिन्छ गर्भनर साब ? ‘लाखौ लाख जनताको सम्पत्ति यसरी रोक्का बनाउन मिल्दैन । जनताको रोजीरोजी बन्धक गर्ने अधिकार कसैलाई छैन ।

भनिन्छ मर्जरमा जाने भन्ने तर अन्तिम समयमा मर्जर भाँडिदा लाखौ लगानीकर्ता मर्कामा परेको भन्दै यसका लागि धितोपत्र बोर्ड, नेप्से वा अर्थमन्त्रालय कुन निकायले हो । यस समस्याको समाधान गर्नुपर्दछ की पर्दैन ? के जनतालाई उनीहरुको सम्पत्ती बेच्ने अधिकार छैन । सधै जनता मार्ने नियमनकारी निकाय मुखदर्शक भएर बस्ने ? यो कस्तो देश हो प्रधानमन्त्रीज्यू ? कम्पनीहरुले आफुखुशी मर्जरको नाममा सम्पत्ति लामो समय बन्धक गरिनु नालायकीपनको पराकाष्ट हो भन्दा फरक पर्दैन ।

अबका दिनमा मर्जरमा जाने कम्पनीलाई निश्चित समय तोक्नुपर्ने र त्यो अवधिसम्म काम सकेर कारोबार रोक्का हुने अवधि घटाउनु पर्दछ । अब मर्जर भाँडियो भने पनि सर्वसाधारणको सम्पत्ति रोक्का गर्न नहुने व्यवस्था गर्न राष्ट्र बैंक लाग्नु पर्दछ कि पर्दैन ?
अहिले पनि कैयौं कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । जसमा रिडी हाइड्रोपावर कम्पनी पनि हो । रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र रैराङ हाईड्रोपावर डेभलपमेन्ट कम्पनी मर्जरमा जाने भएपछि कात्तिक १७ गतेदेखि करोबार रोक्का भएको हो । अहिलेसम्म कारोबार खुलेको छैन । गर्भनर साब हेक्का होस् ।

घोडाघोडी लुघवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त मर्जरमा जाने एपछि सेयर कारोबार रोक्का भएको धेरै समय भइसकेको छ । भन्दा फरक पर्दैन । आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार पनि २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ । धौलागिरी लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सहमति भएसँगै कम्पनीको सेयर कारोबार रोक्का भएको हो । दुुई वर्ष पुुग्दा पनि कारोबार हुने छाँटकाँट छैन । लगानीकर्ताको सम्पत्ति बन्धक बनेर बसेको छ । भन्दा फरक पर्दैन । लगानीकर्ताको सम्पत्ति वर्षौदेखि बन्धक हुँदा पनि पुँजी बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा नेप्से भने नेतृत्व नभएको भन्दै पन्छिरहेको भेटिएको छ । के कामु सीइओले गर्न सक्दैन र ? कारण के हो ? हामीले खोजी शुरु गरेका छौं । जनताको सम्पत्ती बन्धक बनाउने अधिकारी कसैलाई छैन । हेक्का होस् ।

डलर खाताको मार्केटिङ गर्न बैंकहरुलाई अर्थमन्त्री शर्माको आग्रह

 डलर खाताको मार्केटिङ गर्न अर्थमन्त्री जनार्दन शर्माले बैंकहरुलाई आग्रह गरेका छन्। विदेशमा रहेका नेपाली नागरिकलाई लक्षित गरी बैंकहरुले डलरखाताको मार्केटिङ गर्नुपर्ने उनले बताएका हुन्।

देशमा विदेशी मुद्रा सञ्चिति बढाउनका लागि राष्ट्र बैंकले डलर खाता खोल्ने कानुनी तर्जुमा गरेको भन्दै मन्त्री शर्माले यसको मार्केटिङ गर्न आग्रह गरे।

राष्ट्रिय वाणिज्य बैंकको ५७ औं वार्षिकोत्सवमा बोल्दै उनले डलरमै रकम जम्मा गरेर डलरमै फिर्ता लैजान पाउने व्यावस्थाको राम्रो मार्केटिङ गर्न सुझाएका हुन्।

बैंकहरुले उत्पादनशील क्षेत्रमा लगानीको अनुपात बढाउनु पर्नेमा उनले जोड दिए। देशभित्रै उत्पादन कम भएकाले आयात बढिरहेको मन्त्री शर्माको भनाइ थियो।   

सानिमा लाइफद्धारा मृत्यु दाबी भुक्तानी

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी डडेल्धुरा शाखाले बैतडीको सिगास गउँपालिका १ का मृतक लोक बहादुर बिष्टकी श्रीमती कमला बिष्टलाई ७ लाख ३ सय ५० रुपैया मृत्यु दाबी भुक्तानी गरेको छ । कमला बिष्टको घरमै गएर मृत्यु दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

कमलाका श्रीमान स्वर्गीय लोकेन्द्र बिष्टले २०७८ साउन ४ गते ६ लाख ९० हजार बीमाङ्कको बीमा गरेका थिए । बीमा गरेको ३ महिनामै उनको मृत्यु भएको थियो । स्वर्गीय लोक बिष्टले पहिलो किस्ता वापत ३८ हजार ९ सय ४२ रुपैयाँ दिएका थिए ।

कार्यक्रमममा कम्पनीका डडेल्धुरा शाखाका प्रमुख दिजयराज चटौत, सिनियर एजेन्सी म्यानेजर गोपी सिह साउँद, सिगास गाउँपालिका वडा नं १ का वडा सदस्य दान बहादुर ऐरी, ब्यापारी, लगायत स्थानियहरुको उपस्थिति रहेको थियो ।

एशियन लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक

एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । उक्त नयाँ पोलिसीको उक्तघाटन कम्पनीको संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, संचालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूत राज सापकोटा, प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होम बहादुर श्रेष्ठ, का.मु. नायब प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाईंले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । बीमा समितिले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७८ अन्तर्गतको प्रावधानलाई समेट्दै एशियन लाइफले नयाँ जीवन बीमा योजना ल्याएको हो ।

यस जीवन बीमा योजनामा बच्चा जन्मेदेखि १७ वर्ष उमेर सम्मको बालबालबालिको ५ देखि २५ वर्ष अवधिसम्मको लागी बीमा गर्न सकिनेछ । यसको न्यूनत्तम बीमाङ्क ५० हजारदेखि अधिकतम बीमाङ्क प्रस्तावकको आर्थिक अवस्थाको आधारमा निर्धारण गर्न सकिने सुविधा रहेको छ ।

यस योजनामा बीमा अवधिभर बीमित जीवतै रहेमा बीमा अवधिको समाप्तीमा बीमाङ्क र बोनश रकम एकमुष्ठ भुक्तानी गरिनेछ । जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमकले प्राप्त गरेको अतिरिक्त बीमाशुल्क बाहेक सम्पूर्ण बीमाशुल्क फिर्ता दिईनेछ । जोखिम प्रारम्भ हुनु अगावै प्रस्तावकको मृत्यु भएमा र बीमितको कानूनी संरक्षकले बीमालेख रद्द गर्न लिखित अनुरोध गरेमा बीमकले प्राप्त गरेको सम्पूर्ण बीमाशुल्क फिर्ता दिनेछ ।

त्यसैगरी जोखिम प्रारम्भ भएपछि बीमा अवधीभित्र बीमितको मृत्यु भएमा बीमालेखको शर्तहरुको अधिनमा रही बीमाङ्कको २५ (पच्चीस) प्रतिशत रकम तत्काल भुक्तानी गरिनेछ । बीमाङ्कको ७५(पचहत्तर) प्रतिशत रकम व्याज सहित र मृत्यु हुँदा सम्मको आर्जित बोनश एकमुष्ठ रकम बीमा अवधि समाप्ती भएपछि भुक्तानी दिइनेछ ।

यस बीमा योजनामा अतिरिक्त बीमा शुल्क वापत बीमा शुल्क छुट सुविधा (PWB), मासिक आय सुविधा(MIB) र अग्रिम जोखिम बहन सुविधा(ERC सुविधा समेत रोज्न सकिनेछ । अग्रिम जोखिम बहन सुविधा अन्तर्गत ४ वर्ष भन्दा मुनिका बालबालिकाको जोखिम बहन, बीमा प्रारम्भ मितिले न्यूनतम २ वर्ष पश्चात शुरु गर्न सकिने कम्पनीले जनाएको छ ।

गोर्खाज फाइनान्सको खुद नाफा ७४.८५ प्रतिशत घट्यो

गोर्खाज फाइनान्स लिमिटेडले आइतवार चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद नाफा यस वर्ष गत वर्षभन्दा ७४ दशमलव ८५ प्रतिशत कम भएको छ । गत वर्ष रू. ६ करोड ५८ लाख ९१ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. १ करोड ६५ लाख ७० हजार मात्र यो नाफा गरेको हो । 

यस वर्ष कम्पनीको सञ्चालन नाफा ८७ प्रतिशत घटेकाले खुद नाफामा कमि भएको हो । गत वर्ष रू. २४ करोड ३३ लाख ६५ हजार रहेको सञ्चालन नाफा यस वर्ष रू. ३ करोड १५ लाख ५९ हजार मात्र भएको हो । यस अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने रू. १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ८६ करोड ७९ लाख ९३ हजार रहेको छ । कम्पनीको जगेडा कोष रकम ७० करोड ४८ लाख ११ हजार रहेको छ भने शेयर प्रिमियमा रू. २ करोड २३ लाखभन्दा बढी छ । 

कम्पनीको रिटेन्ड अर्निग भने रू. १७ करोडभन्दा बढी ऋणात्मक रहेको छ । कम्पनीले गत वर्षभन्दा ९ दशमलव ८२ प्रतिशत कम रू. ७ अर्ब ३५ करोड ८३ लाखभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५ दशमलव ८४ प्रतिशत बढी रू. ५ अर्ब ६५ करोड ३५ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ४ दशमलव ४२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ८ दशमलव १७ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४ दशमलव ४६ र प्रतिशेयर नेटवर्थ रू. १६४ दशमलव १७ छ ।

सनराइज बैंकको २ शाखारहित बैंकिङ्ग सेवा बिस्तार

सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ्ग सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा माघ ७ शुक्रबार बैंकले प्रदेश ३, रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा ८४ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको थियो ।

साथै शनिबार बैंकले प्रदेश १,ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १ कुन्तादेविमा ८५ औं शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग संख्या ८५ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी फुलासीका बसन्त कुमार लामा र कुन्तादेविका लाल प्रसाद ढकाललाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए.टि.एम र ८५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ट्याक्सी बुक गर्न इक्याब नेपालले ल्यायो मोबाइल एपबाट सेवा

नेपाली यात्रुहरुको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सुपथ मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न इक्याब नेपालले सेवा सुरु गरेको छ। वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सेवा शुभारम्भ गरेका हुन्।

सेवाग्राहीले डिजिटल माध्यमबाट पनि भुक्तानी गरेर सेवाको उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ। 

यसको मोबाइल एपमा प्रयोगकर्ताले आफ्नै लागि मात्र नभई आफ्ना आफन्त तथा साथीभाइको लागि समेत सवारी बुकिङ गर्न सक्ने व्यवस्था छ। भविष्यका लागि समेत आफ्नो यात्राको तालिका निर्धारण गरेर क्याब बुकिङ गर्न सक्ने बताइएको छ।

नेपालभित्र रहेका प्रयोगकर्ता मात्र नभई विदेशमा रहेकाले समेत यो सेवा सहजरुपमा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।
इन्टरनेटको पहुँच नभएको खण्डमा कम्पनीको कल सेन्टरमा फोन गरेर समेत सेवाग्राहीले सेवा लिन सक्ने व्यवस्था छ। 

पासवर्डरहित यो एप प्रयोगका लागि २ तहको आधिकारिक प्रयोग विधि निर्धारण गरिएको छ, जुन सहज र सुरक्षित रहेको दाबी कम्पनीको छ।
सुरक्षाका लागि यात्रुले चालकसँग यात्रा सुरु गर्नुअगाडि राइड भेरिफिकेसन कोड निश्चित गर्न आग्रह गरिएको छ। साथै यात्राको क्रममा तपाई कहाँ हुनुहुन्छ भन्ने यहाँको साथी र परिवारलाई एसएमएस वा ईमेलबाट तत्काल जानकारी प्राप्त हुने जिकिर कम्पनीको छ।

यात्राको लागि लाग्ने शुल्क पूर्ण पारदर्शी रूपमा निर्धारण गरिएको भन्दै कम्पनीले कुनै पनि किसिमको शुल्क नलुकाइएको दाबी गरिएको छ। 
यात्रको सहजताका लागि यात्राको निर्धारित शुल्कको पूर्ण विवरण बुकिको समय र तिने समयमा देखाइएको हुन्छ ।

यसका साथै इक्याबका प्रयोगकर्ताहरुका लागि लोयल्टी कार्यक्रम पनि रहेको बताइएको छ। जसअन्तर्गत लोकप्रिय स्थानमा जन्मदिन मनाउने वा पुरस्कार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।  प्रयोगकर्ताले ईक्याब नेपालका पार्टनर तथा हस्पिटालिटी सेन्टरहरुबाट आकर्षक छुट पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न

कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको समुद्घाटन सम्पन्न भएको छ । बैंकको तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं.०८ ढोरफिर्दी अवस्थित शाखा कार्यालयलाई ग्राहकमहानुभावहरुकोे माग तथा सुविधालाई मध्यनजर गरी तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. ०४ दुलेगौडामा शाखा स्थानान्तरण गरि आइतबार शाखाको समुद्घाटन सु–सम्पन्न भएको हो  । 

यस बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बराल बाट संयुक्त रुपमा यस स्थानान्तरित दुलेगौडा शाखा कार्यालयको विधिवत् रुपमा समुद्घाटन सु–सम्पन्न भएको हो । 

एनएमबि बैंकका नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

एनएमबि बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश आइतवार आज देखि जम्मा गरिदिने भएको छ।  । कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत ३ दशमलव ३० प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन लागेको हो । 

कम्पनीले हितग्राही खातामा रहेको बैंक खातामा आज देखि कम्रश भुक्तानी गर्न लागेको जानकारी दिएको हो । हालसम्ममा पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीले हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गरापछि मात्र नगद लाभांश रकम बैंक खातामा आउनेछ । साथै साधारण सभा प्रयोजनको लागि शेयर दाखिला बन्द हुने मितीसम्म कायम रहेका शेयरधनीहरुको हितग्राही खातामा बैंक खातामो विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामानै जम्मा हुने कम्पनीले जानकारी गराएको छ । 

दोस्रो त्रैमासमा गरिमा विकास बैंकको नाफा २५ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी रू. २४.९७

गरिमा विकास बैंकले चालू आवको दोस्रो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. ३९ करोड ३५ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर रू. ४९ करोड २३ लाख पुगेको हो ।

चालू आवको दोस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३९ प्रतिशत र सञ्चालन नाफा २५ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको अगाामी साधारण सभाबाट पारीत भएपछि मात्र शेयरधनीले पाउनेछन् । 

चुक्ता पूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख रहेको कम्पनीले जगेडामा रू.१ अर्ब १२ करोड ७६ लाख, रिटेन्ड अर्निङमा रू. १ अर्ब ३२ लाख र शेयर प्रिमियममा रू. ६७ लाख ६५ हजार सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमाससम्मम कम्पनीले रू. ६५ अर्ब ७५ करोड ३६ लाख  निक्षेप संकलन गरेर रू. ५८ अर्ब ७१ करोड ७३ लाख कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. ३५ करोड ६१ लाख ८८ हजार रहेको छ । त्यसैगरी प्रतिशेयर आम्दानी रू. २४ दशमलव ९७, मूल्य आम्दानी अनुपात २४ दशमलव १३ गुणा,तरलता अनुपात २१ दशमलव ४१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५४ दशमलव १४ रहेको छ । 

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, बोनस शेयर बढ्यो

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । माघ ७ गते बसेको सञ्चालक समितीको बैठकले लाभांश संशोधन गरी १० प्रतिशत बोनस शेयर र शून्य शमलव ५२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।    

कम्पनीले बीमा समितीको निर्देशन अनुसार यस अघिको प्रस्तावित लाभांश संशोधन गरेको हो । यसभन्दा अगाडि कम्पनीले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर ससहित वितरण गर्ने प्रस्ताव गरेको थियो । यसआधारमा कम्पनीको बोनस शेयर बढेको छ । 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल धितोपत्रबोर्डबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४२ करोड पुग्नेछ ।