जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • अर्थमन्त्री र गभर्नरको एकै स्वर: कृषिमा लगानी बढाऔं, कृषि विकास बैंकलाई ‘लिडर’ बनाऔं

अर्थमन्त्री र गभर्नरको एकै स्वर: कृषिमा लगानी बढाऔं, कृषि विकास बैंकलाई ‘लिडर’ बनाऔं

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कृषि क्षेत्रमा लगानी बढाउनु पर्ने धारणा राखेका छन् । शुक्रबार कृषि विकास बैंकको ५५औं वार्षिकेत्सव कार्यक्रममा उनीहरुले एउटै धारणा राखेका हुन् ।

भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थमन्त्री शर्माले कृषि विकास बैंकले स्थापनाकालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्नु पर्ने बताए ।

‘नेपाल सरकारले अगाडी सारेका लोककल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथामिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यावसाय संचालन गर्नु पर्छ, कृषिमा लगानी बढाई, स्वरोगार बन्नमा बैंकहरुले भूमीका खेल्नुपर्छ, कृषिमा लगानी बढाउनु आजको आवश्यकता हो,’ उनले भने ।

कार्यक्रममा गभर्नर अधिकारीले पनि बैंकहरुले कृषिमा लगानी बढाउनु पर्ने धारणा राखे । उनले कृषि विकास बैंकले पछिल्लो समय “क” वर्गको वाणिज्य बैंकको रुपमा संचालन भएता पनि कृषिलाई पहिलो प्राथामिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय संचालन गरेको बताए ।

उनले गत वर्षको मौद्रिक नीतिले कृषि क्षेत्रमा थप लगानी अवसर सृजना गर्नका निमित्त कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरे अनुरुप कृषि बण्ड जारी गरिसकेको, किसानहरुको सुविधाका लागि किसान क्रेडिटकार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैकिङ्ग लगायत कषि र किसानहरुको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम संचालन गर्न निर्देशन दिए ।

यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले पनि बैंकले कृषकहरुलाई बढी प्राथमिकता दिइरहेको बताए । बैंकहरुले गर्दै आएको हरे गतिविधिहरु जानकारी गराउँदै उनले करिब १५ लाख निक्षेप ग्राहीको १ खर्व ५८ अर्ब निक्षेप संकलन, १ लाख ५६ हजार कर्जा ग्राहीलाई करिव १ खर्ब ७५ अर्व कर्जा प्रवाह गरेकोमा करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको बताए ।

यस्तै, उनले करिब ३ लाखको हाराहारीमा रहेका शेयरधनीहरुलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको लगायतका विषय माथि प्रकाश पारे ।

3655
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका