जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देउवाको सहमतिमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एनओसीको मासिक घाटा अझै पौने ४ अर्ब

देउवाको सहमतिमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य, एनओसीको मासिक घाटा अझै पौने ४ अर्ब

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ पुनः बढाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निगमले मूल्य बढाएको हो। निगमको तालुकदार मन्त्रालय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय हो। यो मन्त्रालय अहिले देउवालेनै सम्हालिरहेका छन्। 

स्रोतका अनुसार वाणिज्य सचिव दिनेश भट्टराईले अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन नहुँदा नोक्सानी बढ्दै गएर तेल आपूर्तिमै समस्या हुन थालेको जानकारी गराएपछि देउवाले मूल्य बढाउन सहमति दिएका थिए। त्यही सहमतिमा आधारमाा निगमले माघ ५ गते राती १२ बजेदेखि लागु हुने गरि मूल्य बढाएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साविक मूल्यमा ३ रुपैयाँ बढाइएको छ। अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ। डिजेल १२२ रुपैयाँ कायम भएको छ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। समायोजित मूल्य अनुसार प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर १०० अमेरिकी डलर बढाइएको छ। नयाँ मूल्य ९९५ अमेरिकी डलर पुगेको छ। सबैभन्दा बढी नोक्सानी खाना पकाउने ग्यासमा भएको पनि मूल्य बढाइएको छैन। निगमलाई एक सिलिण्डर ग्यासमा ६ सय ४६ रुपैयाँ घाटा छ। यो आधारमा निगमलाई १५ दिनमा ग्यासबाट मात्रै १ अर्ब १४ करोड रुपैयाँ घाटा छ।

समायोजनपछि पनि निगमलाई १५ दिनमा एक अर्ब ८८ करोड घाटा हुने जनाइएको छ। यो आधारमा निगमलाई मासिक घाटा ३ अर्ब ७६ करोड हुने देखिन्छ।

4600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका