जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेन्चुरीको खुद मुनाफामा ५४.५७ प्रतिशतको आकर्षक वृद्धि

सेन्चुरीको खुद मुनाफामा ५४.५७ प्रतिशतको आकर्षक वृद्धि

सेन्चुरी बैंकले चालु आर्थिक बर्षको पहिलो छ महिनामा ७२ करोड २१ लाख रुपियाँ खुद नाफा गरेको छ जुन अघिल्लो बर्ष सोही अवधिको तुलनामा ५४.७७ प्रतिशतले बढी हो ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफामा उत्साहजनक वृद्धि देखिएको हो । गत बर्ष सोही अवधिमा बैंकले ४६ करोड ६६ लाख रुपियाँ मात्रै खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सेन्चुरीको सञ्चालन मुनाफा ६९.११ प्रतिशतले बढेर एक अर्ब सात करोड २९ लाख रुपियाँ कायम भएको छ जुन गत बर्षको सोही अवधिको तुलनामा ४२.५१ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य मुनाफा ४५ करोड २६ लाख रुपियाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षको पुस मसान्तसम्मको भन्दा यो ८०.७६ प्रतिशत बढी हो ।

वित्तीय विवरण अनुसार बैंकको ब्याजदर स्प्रेड ३.९७ प्रतिशतबाट घटेर २.५७ प्रतिशतमा आइपुगेको छ । यद्यपि खुद ब्याज आम्दानी ५.८७ प्रतिशतले बढेर एक अर्ब २९ करोड २० लाख रुपियाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको कर्जा विस्तार करिब १० प्रतिशत छ । गत असार मसान्तसम्म ७८ अर्ब सात करोड ८२ लाख रुपियाँ बराबरको कर्जा प्रवाह गरेको सेन्चुरीले यसलाई विस्तार गर्दै ८५ अर्ब २० करोड ८५ लाख रुपियाँ पुर्‍याएको छ । तर निक्षेप संकलनमा भने कमी भई ९२ अर्ब १९ करोड ८३ लाख रुपियाँमा सीमित भएको छ । वित्तीय क्षेत्रमा देखिएको तरलता संकुचनको प्रभाव सेन्चुरीमा पनि देखिएको छ ।

बैंकको पुस मसान्तसम्म प्रतिशेयर आम्दानी १५.१२ रुपियाँ कायम भएको छ । गत वर्षको पुस मसान्तसम्म ईपीएस १०.३३ थियो । यस्तै प्रतिशेयर नेटवर्थ पनि २.३२ रुपियाँले बढेर १२१.१९ रुपियाँ पुगेको बैंकले जनाएको छ ।

सेन्चुरीले खराब कर्जामा सुधार गरी १.६७ प्रतिशतबाट १.३१ प्रतिशत कायम गरेको छ । कस्ट अफ फन्ड केही वृद्धि भएको छ । बैंकको बेसरेट ८.८२ प्रतिशत पुगेको छ ।

3630
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका