जोडिनुहोस
आइतवार, पुस ६, २०८२
आइतवार, पुस ६, २०८२

मल किन्दा एक अर्ब भ्रष्ट्राचार, कृषि सामग्रीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध मुद्दा

गुणस्तरहीन रासायनिक मल आयात गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मल आयात गर्ने कृषि सामग्री कम्पनी, मल परीक्षण गर्ने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालि र मल आपूर्ति गर्ने जोशी विज हाउसका प्रतिनिधिविरुद्ध एक अर्ब ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

कम गुणस्तरको मल आयात गरेको आरोपमा अख्तियारले कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि सामग्री कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रबन्धक विष्णु पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उपप्रबन्धक पुष्करदीप बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले उनीहरुमाथि गुणस्तरहीन मललाई गुणस्तरीय भनी प्रतिवेदन तयार गर्न लगाई भुक्तानी गरेको आरोप लगाएको छ ।

त्यसैगरी आयात गरेको मल गुणस्तरीय रहेको भनी प्रतिवेदन दिने नेपाल इन्भारमेन्टल एण्ड साइन्टिफिक सर्भिस प्रालिका प्रवन्ध निर्देशक सलिल देवकोटा, ल्याब निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला परामर्शदाता भोलानाथ चौधरी र कम्पनीका तर्फबाट सम्झौता गर्ने मनोज आचार्यलाई समेत मुद्दा दायर गरेको हो ।

साथै मल आयात गर्ने जोशी बिज हाउस प्रालिका विनित जोशीविरुद्ध पनि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उक्त कम्पनीलाई भुक्तानी भएको रकमको ९० प्रतिशत हुनेगरी भ्रष्टाचारको आरोपमा विगो कायम गरेको हो

सूर्या लाइफद्वारा मृत्यु दावी भुक्तानी

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयले एक कार्यक्रमको आयोजना गरी पाख्रीबास नगरपालिका वडा नं. ७ का मृतक बीमित कृष्ण बहादुर थापाको बहिनी गंगा थापालाई मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

बीमित थापाले रु १० लाख बीमाङ्कको बीमा लिएको ६ मिहिना नबित्दै सडक दुर्घटनाको कारण मृत्यु भएको थियो । कम्पनीले बीमाङ्क बापतको रु. १० लाख, दुर्घटना सुविधा बापत रु. १० लाख र बोनस बापत रु. ४८,००० थप गरी एकमुष्ठ रु. २० लाख ४८ हजार बीमितले इच्छाएको व्यक्ति गंगा थापालाई हस्तान्तरण गरेको हो ।

स्व. बीमितको परिवारलाई सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ सहायक महाप्रवन्धक नरोत्तम ढकाल मार्फत कम्पनी सचिव भरत के.सी., दावी बिभाग प्रमुख राजु राजचल र दावी बिभागका कर्मचारी तारणी कटुवालको उपस्थितिमा चेक हस्तान्तरण गरेको कप्पनीले जनाएको छ ।

एक्सेल डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयरको बाँडफाँट

एक्सेल डेभलपमेण्ट बैंकले अवितरीत हकप्रद शेयरको बाँडफाँट गरेको छ । कम्पनीले मंसिर २९ गते देखि पुस ८ गत सम्म प्राप्त भएका शिलबन्दी बोलपत्रहरु पुस १३ गते दिन विक्री प्रबन्धकका प्रतिनिधीहरुको रोहवरमा खोली पुस १५ गते बाँडफाँट गरेको जानकारी दिएको हो ।

लिलाम बढाबढ बाँडफाँडमा नपरेको शेयर बापतको रकम फिर्ता भुक्तानी पुस १९ गते सोमवार देखि हुने भएको छ । सोमवार देखि आवेदकले आफ्नो आवेदन फारममा उल्लेख गरेको बैंक अथवा वित्तीय संस्थाको खातामा आइपीएस मार्फत रकमान्तर गर्ने जानकारी दिएको छ ।

साथै बाँडफाँडको अन्तिम मूल्य सर्वसाधारण समूहको तर्फको रू. ४५६ दशमलव ७८ रहेको जानकारी गराएको छ । विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

डिशहोमको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेता घोषणा

डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना अन्तर्गत पहिलो दुई भाग्यशाली बिजेताको घोषणा गरेको छ ।

२०७८ कार्तिक १९ गते देखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टिभि, सिम टिभि को नयाँ कनेक्शन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरु यस योजनामा सहभागी भएका थिए । पुष १६ गते शुक्रबार गरिएको लक्की ड्र मार्फत क्यास आइडी नम्बर र छानिएका हुन् ।

यस लक्की ड्रको प्रत्यक्ष प्रशारण सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगायतका च्यानलहरु र डिशहोमको फेसबुक पेजमा गरिएको थियो । बिजेताहरुले स्पेन जाने आउने दुईतर्फी हवाई टिकट, ४ रातको होटल व्यबस्था र ला लिगाको एउटा खेलको स्टेडियममै प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्

बैंक अफ काठमाण्डुले ल्यायो स्मार्ट बीओके बचत खाता

बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले ग्राहक महानुभावहरुको उच्चतम् लाभलाई मध्य नजर गर्दै स्मार्ट बीओके बचत खाता सार्वजनिक गरेको छ । “कारोबार अब अझ फटाफट” भन्ने मुलनाराका साथ ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवाहरुमा थुप्रै छुटहरुको साथ उच्चतम ब्याजदरको ब्यवस्था सहित बैंकले उक्त बचत खाता संचालनमा ल्याएको छ ।

उक्त बचत खाता ग्राहक महानुभावहरुले प्रबिधिको प्रयोग गरी अनलाइनको माध्यमबाट पनि खाता खोल्न सक्नुहुनेछ । यस बचत खाता खोल्दा ग्राहक महानुभावहरुले ६.५५% वार्षिक ब्याजदर सहित मोबाईल बैंकिङ्ग शुल्कमा, डेबिट कार्ड जारी शुल्कमा,
बिओके इ–कम डलर कार्ड जारी शुल्कमा ५० प्रतिशतको छुट तथा अन्य बैंकिङ्ग सेवाहरुमा धेरै छुटहरुको फाइदा उपयोग गर्न सक्नुहुनेछ । थुप्रै छुट अनि धेरै सुबिधाहरु सहित बैंकले सार्वजनिक गरेको उक्त बचत खाताले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

गोर्खाज फाइनान्सका सञ्चालक भट्टराईले दिए राजिनामा

गोर्खाज फाइनान्स लिमिटेडका सञ्चालक प्रद्युम्न कुमार भट्टराईले राजिनमा दिएका छन् । कम्पनीको पुस १६ गते बसेको सञ्चालक समितीको बैठकले भट्टराईले दिएको राजिनमा स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो 

साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २६.३१ % लाभांश पारित

साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई दिने लाभांश पारित गरेको छ । संस्थाको २० औं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो ।

साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को आम्दानीबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । सम्पन्न सभामा वित्तीय संस्थाका अध्यक्षले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० पु¥याउने प्रस्ताव पारित गरेको छ ।

प्रतिवेदन अनुसार आ.व. २०७६/७७ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २४ अर्ब ३८ करोड १० लाख रहेकोमा २०७७/७८ अन्त्यमा ७.१३ प्रतिशतले बृद्धि भई २६ अर्ब १२ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा प्रति शेयर आम्दानी ४८.९४, प्रति शेयर बुक नेटवर्थ २२५.२४, निष्कृय कर्जा ०.६९%, मूल्य आम्दानी अनुपात ३३.५१, र कुल पुँजी कोष १२.५८ प्रतिशत रहेको छ । २०७८ असार मसान्तमा वित्तीय संस्थामा लगानीमा बाँकी ऋण २४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतले बुझे एक वर्षमा ३ करोड ५३ लाख रुपैयाँ तलब भत्ता

प्रभु बैंकले प्रमुख कार्यकारी अधिकृतलाई गत आर्थिक वर्ष ३ करोड ५३ लाख ९५ हजार रुपैयाँ तलब भत्ता दिएको छ। बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन छन्। उनले तलब बापत २ करोड ७४ लाख रुपैयाँ बुझेका छन्। नाफाबाट कर्मचारी बोनसबापत ४१ लाख ६५ हरा रुपैयाँ बुझेका छन् भने दसैं तथा बिदा बापतको भत्ता ३७ लाख ३६ हजार रुपैयाँ पाएका छन्।

बैंकले वार्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार, बैंकका उच्च पदाधिकारीहरुले एक वर्षमा ४ करोड ८ लाख ९५ हजार रुपैयाँ बुझेका छन्। बैंकले तलब भत्ता बापत ३ करोड २४ लाख र कर्मचारी बोनस बापत ४८ लाख २९ हजार र दसैंलगायत भत्ता बापत ३५ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ।

बैंकले साधारणसभाबाट १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव लगेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ३४ करोड रुपैयाँ छ। बोनस सेयर पारितपछि पुँजी एक अर्ब ३६ करोड रुपैयाँले बढ्ने छ। बैंकको कर्मचारी खर्च (बोनससहित) २ अर्ब ५० करोड ९० लाख रुपैयाँ पुगेको छ भने सञ्चालन खर्च एक अर्ब ६० करोड ६० लाख रुपैयाँ पुगेको छ।

एनआइसी एशिया बैंकले मोबैंक एप, आइसर्भिस वेवसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू एनसेलबाट निःशुल्क सेवा दिएका छौं

नेपालका २७ वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो शाखा सञ्जाल भएको, वाणिज्य बैंकहरुमा सबैभन्दा कान्छा सीइओ रोशन कुमार न्यौपाने रहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग एनआइसी एसिया मोबैंक एप निशुल्क सञ्चालन गर्न दिने भएको छ भन्दा अब फरक पर्दैन । बैंकले वेवसाइट, आइसर्भिस तथा इन्टरनेट बैंकिङमा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलमा निःशुल्क चलाउन सकिने छ ।

यससुविधा मार्फत यस बैंकका ग्राहक महानुुभावहरूले एनसेलको डाटा प्रयोग गरी बैंकिङ्ग एनआइसी एसिया मोबैंक एप, आइसर्भिस वेवसाइट तथा इन्टरनेट बैंकिङ सुविधाहरू निःशुल्क प्रयोग गर्न सक्ने एनआईसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले पंक्तिकारलाई बताउनु भयो ।

उक्त इन्टरनेट बैंकिङबाट अन्तर बैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवं बुझने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने सकिने सुविधा भएको बैंकले जनाएको छ । त्यस्तै, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई आदि जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सक्नुहुनेछ ।

साथै, बैंकिङ्ग एनआइसी एसिया मोबैंक मार्फत विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर आइपीओमा आवेदन दिन सकिनेछ । बैंकिङ्ग एनआइसी एसिया मोबैंक प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट नगद रकम झिक्न सकिने सुविधा क्यासलेस विथड्रको प्रयोग गर्न सक्नुहुनेछ र एपमा रहेको कस्टोमर केयरबाट सुविधा लिन सकिने छ ।

त्यस्तै आइसर्भिसबाट यस जततउकः÷÷ष्कभचखभ.लष्अबकष्बदबलप.अयm÷जयmभ मार्फत मोबाइल बैंकिङ्ग सेवाहरू (नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट) गर्न सकिने बैंकले जनाएको छ । त्यस्तै, ग्राहक सम्बन्धी सेवाहरू (ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन दिन सकिने छ ।
बचत योजना परिवर्तन र चेक पेमेन्ट रोक्न, टेलर सेवाहरू नगद तथा चेक डिपोजिट भौचर भर्ने र कार्ड सम्बन्धी सेवाहरू (ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन दिन सकिने छ ।

प्रभु बैंकको वार्षिक साधारणसभा पुस १८ गते

प्रभु बैंक लिमिटेडको वार्षिक साधारणसभा पुस १८ गते आइबार हुने भएको छ । बैंकले सभा आफ्नो केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।सभामा बैंकले गत वर्षको नाफाबाट १२% बोनस सेयर र कर तिर्न ०.६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्ने भएको छ ।

यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल पनि हुनेछ ।अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा रहेको छ । सभाका लागि बैंकले पुस ४ गते बुक क्लोज गर्ने भएकाले स ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित बोनस सेयर पाउन र सभामा भाग लिन पाउनेछन् ।

नबिल इन्भेष्टमेन्ट बैंकिंग को “आजिवन डिम्याट खाता” २०२२ अफर

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले (NabilInvestmentBan)अँग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा “आजिवन डिम्याट खाता” २०२२ अफर ल्याएकाे छ ।कम्पनीले आजिवन डिम्याट खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि दुई हजार २२ रुपैयाँमा जिवनभर नबिकरणको झन्झटबाट मुक्त हुने आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्न पाउने व्यवस्था गरेको छ ।

याे याेजना जनवरी ०१, २०२२ देखि वर्षभरीका लागि अर्थात अन्तिम डिसेम्बर २०२२ सम्मसम्मका लागि रहेकाे छ । यस्तो सुबिधा विद्यमान खातावालाहरुले पनि आफुले भुक्तानी गर्नुपर्ने नबिकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले आफ्ना हितग्राही खातावालाहरु तथा नयाँ खाता खोल्न चाहने खातावाहरुलाई आफ्नो डिम्याट खाता नबिकरण गराउन विभिन्न संस्थाहरुमा धाउनु पर्ने झन्झटबाट मुक्त गराउने उद्धेश्यले नेपाल मै पहिलो पटक आजिवन डिम्याट खाताको योजना पौष २६, २०७७ देखि लागु गरेकाे थियाे । यो योजनामा भाग लिई नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको बखत एकै पटक तीन हजार रुपैयाँ भुक्तानी गरी आजिवन नबिकरण गरेका थिए । तर याे नयाँ वर्ष २०२२ बाट ९७८ रूपैयाँ छुट सहित दुई हजार २२ रुपैयाँमा आजिवन नबिकरण गर्न मिल्ने नयाँ याेजना कम्पनीले सावर्जनिक गरेकाे हाे ।

यसका साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/ मा गई खोल्न सकिने छ ।

यसैगरी नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनि https://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

यो सुविधाबाट डिम्याट खाता खोली विदेशमा रहेका डिम्याट खातावालाहरु तथा विभिन्न कारणले आफ्नो डिम्याट खाता नबिकरण गर्न असमर्थ भएका लगानीकर्ताहरुले एकै पटक एक मुष्ट रकम जम्मा गरी जीवन भरको लागि खाता नबिकरणको झन्झटबाट मुक्त भै फाईदा लिने कम्पनीले आशा गरेकाे छ।

सिभिल बैंकले साधारण बोलायो

सिभिल बैंकले लाभांश पारित गर्न ११ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न पुस ३० गते बिहान ११ बजे अम्रापाली ब्याङकेट, बालुवाटारमा सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतको दरले हुन आउने ४३ करोड २१ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत अर्थात २ करोड २७ लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।

यस्तै सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा सम्पुर्ण कार्यको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १९ गते सम्म कायम शेयरधनीले मात्रै बैंकले वितरण गर्ने लाभांश पाउनेछन् ।