जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • १० प्रतिशतभन्दा बढी ‘क्रस होल्डिङ’ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

१० प्रतिशतभन्दा बढी ‘क्रस होल्डिङ’ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले एउटै बैंक वित्तीय संस्थाको १० प्रतिशत भन्दा धेरै ‘क्रस होल्डिङ’ भएका माइक्रोफाइनान्सलाई मर्जरमा जान निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एउटा निर्देशन जारी गर्दै त्यस्ता माइक्रोफाइनान्ससँग कार्ययोजना माग गरेको छ ।

राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ को निर्देशन नम्बर १० मा बुँदा नम्बर १५ मा थप गरि यस्तो निर्देशन दिएको हो । उक्त बुँदामा थप गर्ने क्रममा राष्ट्र बैंकले ‘इजाजतपत्र ‘क’ ‘ख’ र ‘ग’ वर्गको एउटा बैंक तथा वित्तीय संस्थाको १० प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेको संस्थाहरु बीच एक आपसमा वा इजाजतपत्र प्राप्त एक भन्दा बढी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत भन्दा बढी शेयर स्वामित्व रहेका लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्न गाभिन वा प्राप्तिमा जान २०७९ असार मसान्त भित्र यस बैंक समक्ष कार्ययोजना पेश गर्नु पर्नेछ’ भनि थप गरेको छ । यो व्यवस्था थप भए सँगै क्रस होल्डिङ्स भएका लघुवित्तले आउँदो असार मसान्तभित्रमा मर्जरमा जाने योजना बनाउनुपर्ने भएको छ ।

5125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका