जोडिनुहोस
सोमवार, पुस ७, २०८२
सोमवार, पुस ७, २०८२

नेपाल एसबिआई बैंक र प्रोग्रेसिभ फाइनान्सबिच सम्झौता

नेपाल एसबिआई बैंकले प्रोग्रेसिभ फाइनान्स लिमिटेडका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत प्रोग्रेसिभ फाइनान्सका ग्राहकहरुले नेपाल एसबिआई बैंकमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स्, लोकल बैंक ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछन् । 

नेपाल एसबिआई बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम तथा प्रोग्रेसिभ फाइनान्सका नायब प्रमूख कार्यकारी अधिकृत महेश्वर पहारीबिच सम्झौता भएको हो ।  

उक्त समारोहमा नेपाल एसबिआई बैंकका प्रमूख संचालन अधिकृत यादवेंद्र कांत, सल्लाहकार छपि राज पन्त, वरिष्ठ प्रबन्धक प्रविन मुनि बज्राचार्य, टीएफसीपीसी प्रमूख पवन घिमिरे तथा प्रोग्रेसिभ फाइनान्स लिमिटेडका कार्यकारी व्यवस्थापक शालिक राम चापागाईको उपस्थिति थियो ।  

बैंक अफ काठमाण्डूका ग्राहकलाई दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट

बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्ड बाहक ग्राहकहरुले दराजको १२.१२ योजनामा दुई हजारसम्म छुट पाउने भएका छन् । पछिल्लो समय ग्राहकहरुमा प्रबिधिको प्रयोग गरि अनलाईन मार्फत आफुलाई आवश्यक विभिन्न समानहरु खरिद गर्ने बानी रहेकोले बैंकले  आफ्नो कार्डबाहकहरुलाई प्रबिधिको प्रयोगमा उत्प्रेरित गर्नुको साथै दुई हजारसम्मको विशेष छुटको योजना ल्याएको हो । 

जस अन्र्तगत दराजको १२.१२ योजनामा बैंकको कार्डबाहकहरुले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा १० प्रतिशत वा अधिकतम् दुई हजारसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् । 

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत प्रीपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १० प्रतिशत वा अधिकतम एक हजारसम्म छुट र क्रेडिट कार्ड प्रयोग गरेमा १० प्रतिशत वा अधिकतम दुई हजारसम्म छुटको पाउनेछन् । 

यो योजनामा बैंकको कार्डबाहक महानुभावहरुले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी दुई हजारसम्मको छुटसहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।  

नबिल बैंकले सार्वजनिक गर्‍यो ‘नबिल डिजिबैंक पोर्टल’, एकद्वार प्रणालीबाट सेवा दिने

 नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार एक कार्यक्रम आयोजना गरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहले नबिल डिजिबैंक पोर्टलको सार्वजनिक गरेका हुन् ।

अब उक्त पोर्टलबाट नबिल बैंकका ग्राहकहरूले एकद्वार प्रणालीमार्फत् सेवाहरू प्राप्त गर्न सक्नेछन् । बैंकले ग्राहकलाई सहज र सरल बैंकिङ अनुभव प्रदान गर्न पोर्टलमार्फत् उत्पादन/सेवालाई स्वाचालित बनाएको जनाएको छ ।

‘कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साँच्चिकै डिटिल बैंकको रुपमा विकास भएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सीइओ शाहले नबिल बैंकको डिजिटल यात्राको शुरुवात मात्रै भएको भन्दै बैंकले डिजिबैंक पोर्टलमा धेरैभन्दा धेरै सेवा उपलब्ध गराउने बताए । बैंकले डिजिबैंकमार्फत् अन्य संस्थाहरूसँग सहकार्य गर्दै बिल भुक्तानी, यात्रा, खाना, किनमेललगायत सुविधासमेत प्रदान गर्ने जानकारी दिए ।

यस्ता छन् डिजिबैंकको विशेषता
नबिल डिजिबैंकमा अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल÷एसएमई लोन आवेदनलगायत अनलायन्सलगायतका सेवा उपलब्ध हुनेछन् । साथै, बैंकले आगामी दिनमा थप अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको बैंकले जनाएको छ ।

बैंकका कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भीकेवाइसी) र भर्चुअल आईकार्डलगायतका थप दुई नयाँ अनलाइन सेवाहरूसमेत सार्वजनिक गरेको छ ।

भीकेवाइसीको शुरुवातसँगै ग्राहकहरूसँग केवाईसी प्रमाणिकरणका लागि केवाइसी प्रमाणिकरणका लागि बैंकाको शाखा पुग्ने वा अनलाइनबाटैबैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको जनाएको छ ।

भीकेवाइसी छनोटमार्फत् ग्राहकले क्यामराको प्रत्यक्ष अगाडि बसेर आफ्नो परिचय वा पूर्ण निर्धारित परिचयात्मक अभ्यास गरी ग्राहक पहिचान सम्बन्धी कार्य पूरा गर्नुपर्नेछ ।

त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्ट बैंक एपभित्र इमबोस्ड गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसँग आफ्नो प्यान अपलोड गरी भर्जुअल आईकार्डका लागि आवेदनदिन सक्नेछन् ।

साथै, ब्यालेन्स टप-अप पनि गर्न सकिन्छ । ग्राहकको अनुरोध अनलाइनबाट प्रशोधन गरिन्छ र कार्ड विवरणहरू (कार्ड नम्बर, म्याद समाप्ति मिति, सीभीभी) सहित मोबाइल बैंक एप भित्र भर्चअल कार्ड तुरुन्तै जारी हुन्छ । भर्चुअल आईकार्ड (भारतीय रुपैयाँ बाहेक) ईकारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।

विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुङ्गा पार गरेर देखाएको बैंकका विभिन्न उपलब्धीमध्ये नबिल डिजिबैंक पनि एक रहेको बैंकको भनाइ छ ।

पूर्वगभर्नर डा. नेपालको ‘बिपी कोईरालाको आर्थिक विचार’ पुस्तक लोकार्पण

पूर्वगभर्नर डा. चिरञ्जीवि नेपालद्वारा लिखित पुस्तक ‘बिपी कोईरालाको आर्थिक विचार’ सार्वजनिक भएको छ ।

डा. नेपालले पुस्तकमा आफूलाई बिपीले भनेका आर्थिक उन्नतिका तथा आर्थिक सोच र विचारहरु पुस्तकमा उल्लेख गरेका छन् ।

पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै पूर्वगभर्नर नेपालले नेपाली काँग्रेसले २०४८ सालयता आर्थिक र प्रजातान्त्रिक दृष्टिकोण दिन नसकेको बताए । उनले विश्वमै ख्याति कमाएका नेता विश्वेश्वरप्रसाद कोईरालाले स्थापना गरेको पार्टीमा कुनै विचार नै नहुनु राम्रो नहुने बताए । उनले बिपीको दूरदृष्टि र स्पष्ट विचार बोकेर हिँडेको पार्टी आज तानाशाही र कम्युनिष्टभन्दा फरक बन्न नसक्नु चिन्ताको विषय भएको जानकारी गराए ।

‘आजभन्दा ४ वर्षअघि ७० वर्ष गर्यो वृद्धभत्ता एमालेको सरकारले । त्यसपछि नेपाली काँग्रेसको सरकारले ६४ बनायो । मैले गएर भने पनि त्यति बेला अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की हुनुहुन्थ्यो । के गरेको यो ? हामी स्पष्ट कहाँ छैनौँ ? यो स्थिती ४८ सालदेखि छ । हामी किन स्पष्ट भएनौँ ? हामी कसरी फरक त ? जब एमालेले ग¥यो भनेर त्यसकै पछाडि लाग्ने ? काँग्रेसको एक जमात पनि त्यसले राम्रो गरेको छ भन्ने, फेरि काँग्रेस पनि त्यसले गरेको कुरा फलो गर्दै जाने । के अर्थ छ यसको ? हामी कसरी फरक ? नेपाली काँग्रेस के हो ?’ डा. नेपालले भने, ‘कुन रुपमा, आर्थिक दृष्टिकोणमा, प्रजातान्त्रिक दृष्टिकोणमा कसरी फरक भनेर हिजोको दिनमा विश्वेश्वरप्रसाद कोईरालाले त्यसरी स्पष्ट देखाएर हिँडेको पार्टी आज हामी कम्युनिष्ट भन्दा पनि फरक हुन सकेनौँ । तानाशाही भन्दा पनि फरक हुन सकेनौँ । झनै फलो गर्दै उनीहरुको काम गर्दै गयौँ । पार्टीमा नयाँ जेनेरेशन आउँदैछ, यसले ठूलो अन्याय हुन्छ । विश्वमै चर्चित सोच भएर ख्याति कमाएको मानिसले सिर्जना गरेको पार्टीमा अहिले विचारै छैन । न आर्थिक विचार छ न प्रजातान्त्रिक विचार ।’

कार्यक्रममा उद्योगपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले आफ्नै खुट्टामा उभिनसक्ने राजनीतिक कार्यकर्ता नभएसम्म सही नेता नजन्मिने बताए । उनले पुस्तकमा भनेका बिपीका कुराहरु अहिले पनि उत्तिकै समय सान्दर्भिक रहेको बताए । सांसद चौधरीले राजनीति पेशा नभइ सेवा गर्ने माध्यम हो भन्ने बिपीको भनाइ आज पनि उत्तिकै सान्दर्भीक भएको बताए ।

‘विश्वले चिनेको त्यो स्केलको राजनीतिज्ञ नेपालमा कहिल्यै पनि जन्मिएन । भविष्यको बारेमा भन्न कठीन छ । उनले भनेका के कुरामा मलाई अझ पनि सान्दर्भीकता लाग्छ भने राजनीतिक भनेको प्रोफेशन होइन । राजनीति भनेको सेवा गर्ने माध्यम हो । आफ्नै खुट्टामा उभिएको राजनीतिक कार्यकर्ता जसलाई उसको प्रचारको लागि २ लिटर तेल मोटरसाइकलमा हाल्नु नपरोस् । जबसम्म ती प्रकारको कार्यकर्ताहरु जन्मिदैनन् तबसम्म ती कार्यकर्ताहरुले सही नेताहरु जन्माउँदैनन् । यो एउटा समस्या आजसम्म पनि विद्यमान छ ।’ चौधरीले भने ।

सांसद चौधरीले बिपीजस्तो दूरदर्शी नेता नेपालमा अहिलेसम्म पनि जन्मिन नसकेको बताए ।

शिखा बुक प्रकाशक रहेको पुस्तक बुधबार सार्वजनिक गरिएको हो ।

लेखक डा. नेपालले २०३४ देखि २०३९ सालसम्म बिपीसँग गरेको संगत र आर्थिक विषयमा राखिएको दृष्टिकोणका आधारमा पुस्तक लेखिएको बताएका छन् । उनले विशेषत पाल्पा बहुमुखी क्याम्पश, चितवन, बुटवल, कपिलबस्तु लगायतका जिल्लामा गरेको भाषण र अन्य सोधहरुबाट विचार समावेश गरिएको बताए ।

सन् २०१० सालमा अंग्रेजी भाषामा प्रकाशन गरिएपनि ११ वर्षपछि नेपालीमा प्रकाशन गरिएको उनले बताए । राजनीतिमा आएका नव प्रवेशीहरुलाई बिपीको आर्थिक सोचका विषयमा जानकारी दिन जुरुरी रहेकोले पुस्तक प्रकाशन गरिएको लेखक नेपालले बताए ।

उनले बिपीले मुख्यतय नेपालको आर्थिक सुधारको आधार भनेकै जमिन र जनशक्ति भएको बताउने गरेको जनकारी गराए ।

‘बिपीले त्यही बेला नै हाम्रो स्रोत भनेकैश्रम र जमिन भन्नुहुन्थ्यो, श्रम विदेशीलाई दिएको र जमिन खेर गएको अबस्था थियो,’ उनले भने ।

संसदलाई गभर्नरको ब्रिफिङः कर्जा प्रवाह बढी हुँदा तरलता अभाव भयो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा बढ्दा तरलतामा चाप परेको बताएका छन् ।

बिहीबार अर्थसमितिमा आयोजित छलफलका क्रममा गभर्नर अधिकारीले अहिले ४११ अर्ब कर्जा प्रवाह भएको तर निक्षेप ६४ अर्ब मात्रे भएकाले तरलतामा चाप परेको बताए ।

‘अहिले पनि कर्जा र निक्षेपबीच साढे ३ खर्बको अन्तर छ,’ उनले भने, ‘५० प्रतिशत कर्जा आयातमा जाादा तरलता अभाव भयो,’ उनले भने ।

उनले गत साउन २३ गतेसम्म सहज अवस्था भएपछि नेपाल राष्ट्र बैंकले त्यसपछि मात्रै २३ खर्ब ८६ अर्ब तरलता रिपोमार्फत् बैंकिङ प्रणाली पठाएको बताए ।

अहिले पनि राष्ट्र बैंकले तरलता सहज बनाउनका लागि २५ अर्ब रुपैयाँको व्यवस्थापन गरेको उनको भनाइ छ ।

उनले क्रेडिट बेसरेट ९ प्रतिशत रहेको भन्दै बेसरेट भने ७.५७ प्रतिशत रहेको बताए ।

‘गत वर्ष औसतमा ८० अर्ब बिप्रेषण थियो भने अहिलेपनि औषतमा समान रहेको भन्दै पछिल्लो तीन महिनाको तुलनामा केही घटेको बताए ।
उनले आयात बढेका कारण तरलतामा समस्या आएको बताए ।

‘तरलतामा असर पर्छ कि भनेर आन्तरिक ऋण नउठाएको हो । सरकारलाई आवश्यक नपरेर होइन,’ उनले भने ।

तर सोही कार्यक्रममा अर्थमन्त्रीले जनार्दन शर्माले भने सरकारले आवश्यक नपरेको आन्तरिक नउठाएको बताएका थिए ।

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई कम्बल वितरण

सेञ्चुरी कमर्सियल बैंकले सिमान्तकृत वर्गका विद्यार्थीलाई कम्बल बितरण गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको चौरी देउराली गाउँपालिका–४ छेडामा सिमान्तकृत बालबालिकालाई सीपमुलक तालिम प्रदान गर्ने उद्देश्यसहित लक्ष्मी प्रतिष्ठानद्धारा संचालन गरिएको कुमार बलराम स्मृती छात्राबासमा रहेका ४९ जनालाई कम्बल बितरण गरेको छ ।

कार्यक्रममा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णुप्रसाद गौतम, प्रतिष्ठानका कार्यक्रम अधिकृत कृष्ण गौतम, सरस्वती माध्यमिक बिद्यालयका प्रधानाध्यापक बलराम खरेल, सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाका शाखा प्रबन्धक हरिकृष्ण दाहाल, दोलालघाट शाखाका शाखा प्रबन्धक राजेश श्रेष्ठ लगायत स्थानीय प्रतिष्ठित व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको छ ।

काँग्रेस महाधिवेशनः ३६ हजार प्लेट खाना ‘अर्डर’, हरेक छाक मासु–भात

नेपाली काँग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आउने क्रम जारी रहेको काँग्रेस बताउँछ । महाधिवेशन प्रतिनिधिलाई गौशालास्थित अनुपम फुडल्याण्डले खाना खुवाउने छ ।

मंसिर २४ गते उद्घाटन हुने महाधिवेशन मंसिर २८ गतेसम्म प्रत्यक्ष रुपमा चल्नेछ । मतदानमा ढिलाई तथा मत गणनामा समय लागेको खण्डमा पौष महिना छुन पनि सक्नेछ । 

प्रतिनिधिलाई हरेक छाक मासु–भात

एमालेको महाधिवेशनमा खानाको प्रवन्ध कस्तो छ भन्ने जिज्ञासा भए जस्तै अहिले काँग्रेसले आफ्ना प्रतिनिधिलाई खाना खुवाउन गरेको सम्झौतामा के के व्यवस्था गरेको भन्ने जिज्ञासा छ । काँग्रेसले खानाका लागि अनुपम फुडल्याण्डसँग गरेको सम्झौता अनुसार महाधिवेशनमा आउने प्रतिनिधिले ‘मटन करी’देखि ‘स्वीट योगर्ट’सम्म खान पाउने भएका छन् । 

प्रतिनिधिका लागि हरेक दिन बिहान ब्रेक फास्ट, लञ्च (बिहानको खाना) र डिनर (रातिको खाना) को प्रवन्ध काँग्रेसले गरेको छ । 

तर, महाधिवेशनको उद्घाटनका दिन २४ गते भने प्रतिनिधिले बेलुकाको खाना मात्रै पाउने छन् । २४ गते बेलुकाको खानामा जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही खान दिईनेछ । 

भोपलपल्ट मंसिर २५ गते शनिबारदेखि २७ गते सोमबारसम्म बिहान खाजामा चना, उसिनेको अण्डा, ब्रेड जाम, चिया र कफीको व्यवस्था छ । 

बिहानको खानामा जिरा राइस, चिकेन फ्राइ, फिस फ्राइ, बोडी दाल, भेज करी, साग, सलाद, आँपको अचार र दहीको व्यवस्था हुनेछ भने बेलुकाको खानामा जिरा राइस, मटन करी, चिकेन फ्राइ, मिक्स भेज फ्राइ, दाल पञ्चरत्न, साग, सलाद, मिक्स अचार र दही उपलब्ध हुनेछ । 

कतिले खान्छन् खाना ?

मंसिर २४ गते महाधिवेशन उद्घाटनको दिन बेलुका ६ हजार जनाका लागि खान खुवाउने गरी सम्झौता गरिएको छ । २५ गते बिहान ४५ सय जनालाई खाजा र ६ हजार जनालाई बिहानको खाना खुवाईनेछ । २५ गते बेलुकाको खाना भने ४ हजार जनालाई मात्रै अर्डर गरिएको छ । 

त्यसपछिका दिनमा भने प्रतिनिधि मात्रै भएकाले सोही अनुसार खानाको अर्डर (सम्झौता) गरिएको काँग्रेसले जनाएको छ । महाधिवेशन अवधिभरीका लागि ३६ हजार प्लेट खाना खुवाउने गरी काँग्रेसले अनुपम फुडल्याण्डसँग सम्झौता गरेको हो ।

यसका लागि फुडल्याण्डले सर्भिसमा १७० जना, भान्छामा ७० जना सेफ र सफाइमा ९० जना हरेक दिन कुल ३३० जना कर्मचारी खटाउनेछ ।

सिटी एक्सप्रेस र रिया मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्झौता

रिया मनी ट्रान्सफर र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटेयान्स कारोबार सुरु भएको छ । 

अब बिदेशमा रहेका नेपालीले रिया मनी ट्रान्सफरको सेवा प्रयोग गरी अमेरिका, यूरोप  तथा १६० अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत खल्ती एपबाट पैसा पठाउन सक्ने छन् ।

सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रिया मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत Shawn D. Fielder  ले हस्ताक्षर गरेका छन् ।      

नेपाल पत्रकार महासंघ की कांग्रेसी अखडा, अध्यक्ष पोखरेलको निवास, कोषाध्यक्ष सेजुवालको कमिशन खेतीः महासंघकै केन्द्रिय महिला उपाध्यक्ष अधिकारी, सचिव चौहान र केन्द्रिय सदस्य तिवारी कांग्रेस पार्टीकै विभिन्न पदमा निर्वाचितः किन बोल्दैन प्रेस चौतारी ?

नेपालका करिब करिब १३ हजार पत्रकारहरुको साझाा संस्था, आस्थाको केन्द्रविन्दु नेपाल पत्रकार महासंघमा नयाँ कार्य समिति निवार्चित भए संगै कांग्रेसी अखडा बनेको छ भन्दा अब चाहि फरक पर्दैन । नेपाल पत्रकार महासंघको भवन नेपाल सरकारको अनुदानबाट बनेको हो । त्यो आम पत्रकारहरुको साझा संस्था पनि हो तर, विपुल पोखरेल अध्यक्षमा निर्वाचित भएपछि उनीले निवास बनाएर कब्जा गरेका छन् भन्दा पत्याउन गाह्रो होला । तर, यो सत्य हो । उनीले महासंघलाई नै निवास बनाएर दिउँसो होइन राती सुत्ने (गेष्ट हाउस) नै बनाएरको फेला परेको छ ।

यसैले आम पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ कतै कांग्रेसी अखडा त बनेको होइन भनी आम पत्रकारहरुले चिन्ता र चासो ब्यक्त गर्न थालेका छन् । नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका कोषाध्यक्ष एवं कांग्रेस महामन्त्री पूर्व बहादुर खड्काका प्रेस सल्लाहकार कलेन्द्र सेजुवालले त केन्द्रिय समितिको स्वीकृत नै नलिईकन एउटा घिन लाग्ने काम गरेको फेला परेको छ । भनिन्छ एउटा संस्थाले कुनै पनि काम गर्दा टेण्डर आव्हानबाट गर्ने परम्परा छ । तर, कोषाध्यक्ष सेजुवालले त महासंघलाई चाहिने हवाई टिकट काट्ने, गाडी उपलब्ध गराउने एजेन्ट आफ्नै जिल्लाको साथीको पीक नेपाल भन्ने संस्थाको सम्पर्क कार्यालय काठमाडौं देखाएर सबै जिम्मा दिएको भेटिएको छ । यसबाट कोषाध्यक्ष सेजुवालले ठूलो आर्थिक अनियमितता गरेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन ।

सो संस्था माफर्त उनीले हवाई टिकट र बिल, मिसनका गाडीको बीलबाट १५ प्रतिशत कमिशन लिने गरेको भेटिएको छ । यतिसम्मको नक्कली बिल नै बनाएर आर्थिक अनियमितता गरेको भेटिएको छ । यसले आम पत्रकारहरुको प्रतिष्ठा माथी नै आँच आउने काम भएको छ भन्दा अब चाहि फरक पर्दैन । कहाँ छ नेपाल पत्रकार महासंघको लेखा समिति उसले यस्ता विषयमा छानवीन गरि कारवाही गर्न सक्ने उसको कार्यविधीमा नै उल्लेख गरिएको छ । यसबारे केन्द्रिय लेखा समितिका संयोजक लेखनाथ न्यौपानेसंग पटक÷पटक सम्पर्क गर्दा उनीले फोन उठाएनन् । यसबाट के प्रस्ट हुन्छ भने यस कार्यमा कतै केन्द्रिय लेखा समितिको पनि मिलोमतो छ कि भन्ने आशंका बढेको देखिन्छ । हेक्का होस् ।

विगतमा सुरेश आचार्य सभापति नेपाल पत्रकार महासंघको हुँदा देखिनै श्यामकृष्ण भेटवालको एउटा कम्पनीलाई हालका उपाध्यक्ष रमेश विष्ट कोषाध्यक्ष हुँदा सम्झौता गरि सो कम्पनीले सबै खाले टिकट उपलब्ध गराउने र नाफाबाट १० देखि १५ प्रतिशत नेपाल पत्रकार महासंघलाई दिने गरि सम्झौता भएको पत्र आर्थिक बजार न्यूज डटकमसंग सुरक्षीत छ । तर, केन्द्रिय समितिलाई जानकारी नै नदिई कोषाध्यक्ष सेजुवालले आफ्नै साथीको पीक नेपाल कम्पनीलाई नियुक्त गरि हवाई टिकट, महासंघको बैठक, मिसनहरुमा प्रयोगका गाडीका सबै प्रक्रियाहरुको जिम्मा दिएको देखिन्छ । यस कम्पनीबाट महंगा टिकट खरिद गरि घोटला भएको र थप १५ प्रतिशत कमिशन समेत लिने गरेको भेटिएको छ । हेक्का होस् ।
हजारौं पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघलाई कमाउ धन्दा बनाउने, गोष्ट हाउस बनाउने र महासंघको पदलाई दुरुपयोग गर्दै कांग्रेस पार्टीका महत्वपूर्ण पदमा उम्मेदवार दिएर विजय हासिल गर्ने अधिकार केन्द्रिय समितिका कुनै पनि पदाधिकारीहरुलाई महासंघको विधानले छुट दिएको छैन हेक्का होस् । छानवीन होस् ।

यति मात्रै होइन हजारौं हजार पत्रकारहरुको संस्था नेपाल पत्रकार महासंघकै केन्द्रिय महिला उपाध्यक्ष वाला अधिकारी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको महाधिवेशन प्रतिनिधीमा निर्वाचित भएकी छन् । समाजिक सञ्जालमा महिला उपाध्यक्ष पदबाट राजिनामा दिने भनी आफ्नो प्रचार आफै गर्दै हिडेकी अधिकारीले पत्रकार महासंघको केन्द्रीय नेतृत्व समक्ष अझै लिखित राजीनामा पत्र दिएकी छैनन् । भन्दा फरक पर्दैन ।
यस बारेमा केन्द्रिय उपाध्यक्ष रमेश विष्टले भनेः– राजीनामा दिने सामाजिक सञ्जालमा वालाजीले लेख्नु भएको देखे तर राजीनामा दिएको मलाई थाहा छैन । भनी पंक्तिकारसंग बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय उपाध्यक्ष वाला अधिकारीले पदबाट राजीनामा दिने सामाजिक सञ्जालमा पोष्ट गरेर आफ्नै चुनावी प्रचार गर्दै हिँडेको भेटिएको छ । यहाँ सम्मकी उनीका बारेमा विभिन्न सञ्चार माध्याममा आएका समाचार उनीले फेसबुकमा राखी आफ्नै कांग्रेस पार्टीको प्रचार गरेको भेटिएको छ । महासंघको उपाध्यक्ष पदको दुरुपयोग गर्दै आफ्नै कांग्रेस पार्टीको प्रचार गर्ने अधिकार अधिकारीलाई छैन । हेक्का होस् ।

केन्द्रिय नेतृत्वमै भएका व्यक्तिहरुले महासंघको प्रतिष्ठा, आस्था र विश्वासलाई तिलाञ्जली दिँदा आम सदस्यहरुको आस्था घटाएका मात्र छैन अब महासंघ नै आम श्रमजीवी पत्रकारहरुले छाड्ने परम्पराको थालनी हुने खतरा समेत बढेको देखिन्छ । किन बोल्दैन प्रेस चौतारी ? कहा छ ? के महासंघमा उसका सदस्य छैन ? यति मात्रै होइन नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान र केन्द्रिय सदस्य छवि तिवारी नेपाली काँग्रेसको महत्वपूर्ण जिल्ला तहको नेतृत्वमा निर्वाचित भएका छन् । उनीहरुले तत्कालै साझा संस्था नेपाल पत्रकार महासंघको उच्च पदबाट राजीनामा दिनु पर्दछ कि पर्दैन यि त पात्र मात्रै हुन् ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको डाटा हेर्ने हो भने करिब करिब १५ जिल्लाका नेपाल पत्रकार महासंघका अध्यक्षहरु नै कांग्रेस पार्टीका स्थानीय तहका महत्वपूर्ण पदमा विजयी भएको भेटिएको छ । यसबाटै प्रष्ट भएको छ । नेपाल पत्रकार महासंघ कांग्रेसी अखडा हो भनेर हेक्का होस् । छानवीन गरि सदस्यताको टुंगो लागाइयोस ।

नेपाल पत्रकार महासंघमा प्रेस चौतारी, प्रेस सेन्टर लगायत दर्जनौ पत्रकारहरुको संस्था आवद्ध छन् । यी संस्थाहरुले यस्ता विषयमा तत्कालै बोल्नु पर्दछ कि पर्दैन ? नत्र नेपाल पत्रकार महासंघबाटै बाहिर निस्कन सक्नु प¥यो । र कांग्रेसलाई नेपाल पत्रकार महासंघ जिम्मा दिनु प¥यो भन्दा अन्यथा नहोला ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा के छ ?

महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू विभिन्न राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको पुरीको विज्ञप्तिको पेटबेलीमा थियो । उनले नेपाल पत्रकार महासंघको विधान २०६० (पाँचौँ संशोधन २०७६) ले प्रष्ट रूपमा ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको सम्झना गराएका थिए । राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघले आग्रह गरेको चेतावनी पनि थियो विज्ञप्तिमा ।

गत ९ भदौमा मकवानपुरको दामन बैठकबाट पारित महासंघको तीन वर्षे कार्ययोजनाको बुँदा ३.५ मा ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ ।’ भन्ने व्यवस्था रहेको छ । सोही बुँदा उद्धृत गर्दै महासंघको कार्यकारी पदमा बहाल रहेको अवस्थामा कुनै राजनीतिक दलको चुनावमा उम्मेदवार हुने, प्रतिनिधि चयन हुने कुरा महासंघको विधान तथा पत्रकारिताको विश्वव्यापी मूल्यमान्यताको विरुद्धमा रहेको इंगित गरिएको थियो । कुनै राजनीतिक दलको प्रतिनिधि वा उम्मेदवार बनेको अवस्थामा उच्च नैतिकता प्रदर्शन गर्न महासंघले आग्रह गरेको थियो ।

नेपाल पत्रकार महांघका कोषाध्यक्ष के भन्छन् त ?
आर्थिक बजार न्यूजडटकमले प्रमाण सहित समाचार प्रकाशन गरिसकेपछि नेपाल पत्रकार महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले पंक्तिकारसंग कुरा गर्दै आफूले कुनै पनि कमिशन नलिएको र नयाँ कम्पनीलाई काम दिँदा नेपाल पत्रकार महासंघलाई करिब करिब ६० हजार फाइदा भएको साथै आफू कान्तिपूर दैनिकको संवाददाता भएको, कांग्रेस महामन्त्री पूर्ण बहादुर खड्काको प्रेस सल्लाहकार नभएको बताएका छन् । सचेत भया ।

सानिमा बैंकमा सीइओ दाहालको दादागिरी !

सानिमा बैंकका सीइओ भूवन कुमार दाहालले आफूले छोडेपनि आफूसंगै नविल बैंकबाट लगेका तेस्रो पदमा कार्यरत निश्चल राज पाण्डेलाई सीइओ बनाउन लागि परेका छन् । भन्दा फरक पर्दैन । दोस्रो स्थानमा रहेका तेज बहादुर चन्दलाई लत्याउदै पाण्डेलाई सीइओ बनाउन वर्तमान सीइओ भुवन कुमार दाहाल लागि परेपछि सानिमा बैंकका सयौं कर्मचारीहरु संशकित भएको देखिन्छ ।

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गर्ने पक्का भएको छ । उनको नियुक्ति सन्दर्भमा बैंकले कर्मचारीलाई जानकारी गराइसकेको छप्रमुख कार्यकारी अधिकृत भुवन कुमार दहाल दुई कार्यकाल पुरा गरेर माघ ११ गतेबाट अवकाश हुँदैछन् । त्यसपछि १२ गतेदेखि पाण्डेले बैंकको व्यवस्थापन सम्हाल्ने देखिन्छ भन्दा फरक पर्दैन ।

पाण्डे यसअघि विभागीय प्रमुखको जिम्मेवारीमा थिए । उनलाई प्रमुख कार्यकारी अधिकृत बनाउने भएपछि बैंक सञ्चालक समितिले डेपुटी प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरिसकेको भेटिएको छ । दहालभन्दा एक तह तल अर्थात नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा तेजबहादुर चन्द छन् । उनी लामो समयदेखि सानिमा बैंकमा छन् । चन्दलाई छाडेर बैंक सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत बनाएकाले दाहालको दादागिरीले हद नागेको देखिन्छ । भन्दा फरक पर्दैन ।

पाण्डे जोखिम र ऋण प्रवाहमा अब्बल मानिन्छन् । नबिल बैंकबाट करियर सुरु गरेका उनी ८ वर्षअघि सानिमा बैंक गएका हुन् । नबिल बैंक छाडेर डेपुटी प्रमुख कार्यकारी अधिकृतमारूपमा भुवन कुमार दाहाल सानिमा गएका थिए । त्यसबेला प्रमुख कार्यकारी अधिकृत कुमार लम्साल थिए ।

प्रमुख कार्यकारी अधिकृत बनाउने प्रतिबद्धताका आधारमा दहाल सानिमा गएका थिए । उनले नबिलबाट पाण्डेसहित अन्य केहीलाई पनि लगेका थिए । त्यही गुन तिर्न उनीले दोस्रो व्यक्ति छाडेर आफ्ना आसेवासेलाई सीइओ बनाएर सानिमा बैंकका आम कर्मचारीहरुको मनोबल गिराउने काम जाँदा जाँदै गरेको भेटिएको छ । कहाँ छ राष्ट्र बैंक किन बोल्दैन । यसबारे हामीले खोजी शुरु गरेको छौं । सचेत भया ।

डिशहोम फाइबरनेटले ल्यायो सस्तोमा Dynamic Combo Pack

डिशहोम फाईबरनेटले Dynamic Combo Pack Offer अन्तर्गत ४० एमबिपिएस ईन्टरनेट बार्षिक मात्र रु १२,९९९ मा ल्याएको छ । जस अन्तर्गत डिशहोम फाईबरनेट संगै डिशहोम टिभी कनेक्सन वा आईपी टिभीको सुविधा ग्राहकहरुले पाउनुहुनेछ । यो सुविधा २५ एमबिपिएस वार्षिक रु ११,५०० मा पनि लिन सक्ने कम्पनीले जनाएको छ ।

साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन् । फाइबरनेटका योजनाहरु १० एमबिपिएस देखि १०० एमबिपिएस सम्म उपलब्ध छन् ।

डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनु पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सबै पेट्रोल पम्पलाई चार्जिङ् स्टेशन बनाउनु पर्ने बताएका छन् । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा कार्यक्रमको उद्धघाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   

अर्थमन्त्री शर्माले भने, ‘आन्तरिक उत्पादनमा आधारित उद्योगहरु सञ्चालन गर्न अटो मोबाईल्स व्यवसायीले पनि सहयोग गर्नुपर्छ । यसका लागि विद्युतमा आधारित सवारी साधन आयात वा स्वदेशमै उत्पादन गरि हाल रहेका पेट्रोल पम्पहरुलाई विद्युतिय चार्जिङ स्टेशनकारुपमा परिणत गर्न सरकार तयार छ ।’ 

उक्त कार्यक्रममा बोल्दै उनले नाडाको भूमिका घटाउनु पर्नेमा जोड दिएका छन् । ‘नाडासँग सम्बन्धीत व्यवसायीले विदेशबाट सवारी साधन र यससँग सम्बन्धीत पार्टहरुको आयात गरि ठूलो मात्रामा विदेशी मुद्रा बाहिर पठाउने काम गरेका छन् । अब यसलाई घटाउँदै लैजानु पर्छ’, उनले भने । विदेशबाट आयात गरिएका महँगा गाडीहरुले राज्यको राजश्वमा ठूलो योगदान गरेपनि अब सवारी साधान र यससँग सम्बन्धीत उद्योग स्वदेशमा नै स्थापना गरेर विदेशबाट आयात गर्ने भूमिका कम गर्दै लैजान उनले आग्रह गरे । 

त्यस्तै, अर्थमन्त्री शर्माले नेपालमा टायर, मोविल उद्योगको पनि सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा टायर उद्योगको सम्भावना छ । त्यति मात्र होइन नेपालमा मोविल उद्योगको पनि विस्तार गर्न सकिन्छ । नेपालको आजको आवश्यकता अनुसार अघि बढ्न म आग्रह गर्दछु ।’ अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए । ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’ 

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताएका हुन् । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताए । ‘प्रतिबन्ध सम्भव छैन’, उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । 

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । उनले खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताऐ । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उनले बताए । मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु¥याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे ।

उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्नुभएको हो । ‘त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन तपाईँहरूलाई आग्रह छ’, व्यवसायीहरूलाई उनले भने, ‘आजको दिनमा जहाँ पनि प्रविधि पु¥याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’