जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनु पर्छः अर्थमन्त्री शर्मा

सबै पेट्रोल पम्पलाई चार्जिङ स्टेशन बनाउनु पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सबै पेट्रोल पम्पलाई चार्जिङ् स्टेशन बनाउनु पर्ने बताएका छन् । नाडा अटोमोबाईल्स एशोसियशन अफ नेपालको ४५ औँ वार्षिक साधारण सभा कार्यक्रमको उद्धघाटन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।   

अर्थमन्त्री शर्माले भने, ‘आन्तरिक उत्पादनमा आधारित उद्योगहरु सञ्चालन गर्न अटो मोबाईल्स व्यवसायीले पनि सहयोग गर्नुपर्छ । यसका लागि विद्युतमा आधारित सवारी साधन आयात वा स्वदेशमै उत्पादन गरि हाल रहेका पेट्रोल पम्पहरुलाई विद्युतिय चार्जिङ स्टेशनकारुपमा परिणत गर्न सरकार तयार छ ।’ 

उक्त कार्यक्रममा बोल्दै उनले नाडाको भूमिका घटाउनु पर्नेमा जोड दिएका छन् । ‘नाडासँग सम्बन्धीत व्यवसायीले विदेशबाट सवारी साधन र यससँग सम्बन्धीत पार्टहरुको आयात गरि ठूलो मात्रामा विदेशी मुद्रा बाहिर पठाउने काम गरेका छन् । अब यसलाई घटाउँदै लैजानु पर्छ’, उनले भने । विदेशबाट आयात गरिएका महँगा गाडीहरुले राज्यको राजश्वमा ठूलो योगदान गरेपनि अब सवारी साधान र यससँग सम्बन्धीत उद्योग स्वदेशमा नै स्थापना गरेर विदेशबाट आयात गर्ने भूमिका कम गर्दै लैजान उनले आग्रह गरे । 

त्यस्तै, अर्थमन्त्री शर्माले नेपालमा टायर, मोविल उद्योगको पनि सम्भावना रहेको बताए । उनले भने, ‘नेपालमा टायर उद्योगको सम्भावना छ । त्यति मात्र होइन नेपालमा मोविल उद्योगको पनि विस्तार गर्न सकिन्छ । नेपालको आजको आवश्यकता अनुसार अघि बढ्न म आग्रह गर्दछु ।’ अर्थमन्त्री शर्माले आयातमा प्रतिबन्ध नभई स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्ने बताए । ‘स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउने नीति आवश्यक छ’, मन्त्री शर्माले भने, ‘आयातलाई प्रतिबन्ध लगाउनुपर्छ म भन्दिनँ । आजको जमानामा यो सम्भव छैन ।’ 

उनले विभिन्न अन्तर्राष्ट्रिय कानुन तथा सन्धीहरूकै कारण पनि प्रतिबन्ध लगाउन सम्भव नहुने बताएका हुन् । यद्यपि स्वदेशी उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाएर लैजान सकिने बताए । ‘प्रतिबन्ध सम्भव छैन’, उनले भने, ‘तर एउटा कुरा सम्भव छ, स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सकिन्छ, सक्नुपर्छ ।’ यसमा सरकार र व्यवसायी सबैको ध्यान जानुपर्नेमा उनले जोड दिए । 

मन्त्री शर्माले सबै कुरामा प्रतिस्पर्धा गर्न नसके पनि केही विशेष वस्तुहरू छनोट गरेर प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन् । उनले खाद्यान्न, उद्योग साथै अन्य विभिन्न क्षेत्र छनोट गरी तिनका विशेष उत्पादनमा आत्मनिर्भर तथा प्रतिस्पर्धी बनाउनुपर्ने बताऐ । त्यसका लागि परम्परागत नीतिलाई समायानुकूल परिवर्तन गर्नुपर्ने र त्यो सम्भव रहेको पनि उनले बताए । मन्त्री शर्माले अटोमोबाइल्स क्षेत्रले राजस्वमा पु¥याइरहेको योगदान औद्योगिक क्षेत्रमा रूपान्तरण गरी थप योगदान गर्न समेत व्यवसायीहरूलाई आग्रह गरे ।

उनले नेपालमै गाडी उत्पादन गर्ने उद्योग स्थापना गरी भन्सारमा आधारित राजस्व योगदानलाई परिवर्तन गर्न आग्रह गर्नुभएको हो । ‘त्यो २५ प्रतिशत राजस्वको योगदानलाई घटाएर अरू फरक किसिमले ५० प्रतिशत योगदान पु¥याउन तपाईँहरूलाई आग्रह छ’, व्यवसायीहरूलाई उनले भने, ‘आजको दिनमा जहाँ पनि प्रविधि पु¥याउन सकिन्छ । जनशक्ति, जमिनलगायत बजार पनि हामीसँग छ । त्यसैले नेपालमै तपाईँहरूले उत्पादन कार्य किन प्रारम्भ नगर्ने ?’ 

3350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका