जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

राजस्व चुहावट कसुरमा डेढ करोड माग दाबीसहित दुईविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट सम्बन्धी कसुरमा शुभलक्ष्मी अटो लिंक प्रालिका प्रोप्राइटर जगन्नाथ खनाल र दधिराम खरेलविरुद्ध मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवल मार्फत राजस्व चुहावट सम्बन्धी कसुरमा अनुसन्धान पूरा गरी विभागले उच्च अदालत तुल्सीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको जनाएको छ ।

विभागका अनुसार खनाल र खरलेलाई ७२ लाख ११ हजार ३ सय रुपैयाँ बिगो र शतप्रतिशत जरिबाना गरी कुल १ करोड ४४ लाख २२ हजार ६ सय रुपैयाँ असुलउपर गर्न सजायको मागदाबी सहित मुद्दा दायर गरिएको हो ।

रुपन्देही तिलोत्तमा नगरपालिका–४ का ४८ वर्षीय खनाल र सोही ठाउँका ५४ वर्षीय खरेलले सञ्चालन गरेको वर्कसप र गोदाम खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा राजस्व चुहावट गर्ने उद्देश्यले मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको, बिजक जारी नगरी मालवस्तु बेचेको, माज्दात विवरणभन्दा अधिक मालवस्तु फेला परेपछि राजस्व चुहावट कसुर पुष्टि भएको विभागले जनाएको छ ।

1420
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका