जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

मुक्तिनाथ विकास बैंकको स्टार्टअप र नयाँ उद्यमी केन्द्रित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत स्टार्टअप र नयाँ उद्यमी केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्देश्य उद्यमीहरूलाई वित्तीय व्यवस्थापन, बैंकिङ सेवाको पहुँच, व्यावसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषयवस्तुमा साक्षर गराउनु थियो । यस कार्यक्रममा २६ जना स्टार्टअप तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो ।
यस कार्यक्रममार्फत उद्यमीहरूलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ । नेपाली युवाहरुलाई सशक्त बनाई बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ ।

बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप सञ्चालनमा ल्याएको छ । त्यसैगरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

ई–सेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान विजेता अञ्जुलालाई घर हस्तान्तरण

ई–सेवा मनी ट्रान्स्फरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियान विजेता अञ्जुला घिमिरेलाई घर हस्तान्तरण गरिएको छ घर हस्तान्तरण कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसर तथा कम्पनी व्यवस्थापन समिति सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको थियो ।

ई–सेवा मनी ट्रान्सफरले २८ नोभेम्बर २०२४ मा कान्तिपुर टेलिभिजन, ई–सेवा मनी ट्रान्सफर र ई–सेवाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारित डिजिटल गोलाप्रथाबाट उक्त अभियानको विजेता घोषणा गरिएको थियो । जसअन्तर्गत रोमानियामा दुई वर्षदेखि पिज्जा बनाउने कम्पनीमा कार्यरत अञ्जुला घिमिरे भाग्यशाली विजेता बन्न सफल भइन् ।

ई–सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विजेता घिमिरे र उनको परिवारलाई सपनाको घर जितेको अवसरमा बधाई दिँदै विश्वभरि रहेका नेपालीको उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गरे ।

साथै, उनले मेरो डिजिटल देश अभियानको सफलतासँगै डिजिटल रेमिट्यान्स मार्फत सुरक्षित, सहज र पारदर्शी लेनदेनको महत्त्वलाई पुनः जोड दिँदै आफ्नो खुसी व्यक्त गरे । ई–सेवा मनी ट्रान्सफरले वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।

डिजिटल रेमिट्यान्स प्रवर्द्धन गर्दै आएको कम्पनीले उक्त अभियान अन्तर्गत विश्वभरि रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको ई–सेवा वालेटमा पैसा पठाउँदा एक भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरूप काठमाडौंमा साढे दुई तलाको घर प्रदान गर्ने घोषणा गरेको थियो ।

१ असोज २०८० देखि ३० कात्तिक २०८१ सम्म रेमिट्यान्स पठाउनेहरू यस अभियानमा सहभागी भएका थिए । साथै, अभियान अन्तर्गत सेवाग्राहीको घरसम्म पुगेर आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।

बम्पर पुरस्कार विजेता घिमिरेले विजेता घोषित भएकोमा अत्यन्तै खुसी र कृतज्ञता व्यक्त गरिन् । उनले नयाँ घर जित्न पाउँदा आफू पूर्णरूपमा आश्चर्यचकित महसुस गरेको बताइन् । आफ्नो सपना साकार बनाउन सहयोग गरेकोमा ई–सेवा मनी ट्रान्सफरलाई धन्यवाद दिइन् ।

एससीटी र लुम्बिनी विकास बैंकबीच स्मार्ट पे र स्मार्ट क्यूआर सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त बैंक लुम्बिनी विकास बैंक लिमिटेडबीच स्मार्ट पेमार्फत अन्तरबैंक भुक्तानी सेवा तथा स्मार्ट क्यूआर मार्फत क्यूआर भुक्तानी सेवा सञ्चालन सम्झौता भएको छ ।

सम्झौतापछि लुम्बिनी विकास बैंकका ग्राहक, एजेन्ट तथा प्रयोगकर्ताले आफ्नो बैंक खातामा स्मार्ट पे सेवामार्फत स्वदेश तथा विदेशबाट पठाएको रकम तुरुन्तै प्राप्त गर्ने सक्ने छन् ।

त्यस्तै लुम्बिनी विकास बैंकमा खाता हुने सम्पूर्ण व्यवसायी तथा व्यापारीले स्मार्ट क्यूआर मार्फत विभिन्न मोबाइल बैंकिङ तथा मोबाइल वालेटबाट रकम भुक्तानी लिन पाउनेछन् ।

लुम्बिनी विकास बैंकको कार्यालयमा आयोजित कार्यक्रमबीच एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र बैंकका तर्फबाट उपप्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीबीच स्मार्ट क्यूआर र स्मार्ट पेको सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर भएको छ ।

ज्योति विकास बैंक नेपालपे कार्ड र नेशनल कार्ड सुइचमा आवद्ध

ज्योति विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच राष्ट्रिय भुक्तानी सञ्जाल (एनपीएस–एनसीएस) तथा स्वदेशी कार्ड प्रणाली (नेपालपे कार्ड) को सदस्यता प्राप्त गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौतामा बैंकका तर्फबाट वरिष्ठ उप–प्रमुख कार्यकारी अधिकृत प्रकाश बराल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन्।

एनसीएचएलले हालै नेशनल कार्ड सुइच (एनपीएस–एनसीएस) को पूर्वाधार तयार भएको घोषणा गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै कार्ड प्रणाली नेपालपे कार्ड जारी तथा स्वीकृति गर्न सञ्जाल जडान गर्न आह्वान गरेको थियो।

यस सञ्जालको व्यावसायिक सञ्चालनपश्चात् ज्योति विकास बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउन र त्यसमार्फत कारोबार गर्न सक्नेछ।

एनपीएस–एनसीएस प्रणाली विभिन्न कार्ड सञ्जालबीच आपसी जडान कायम गर्ने एक केन्द्रीय कार्ड सञ्जाल हो र यसले स्वदेशी कार्ड कारोबारहरूको मार्गनिर्देशन र रकम मिलान गर्न सहयोग गर्छ।

यसको पूर्ण कार्यान्वयनपछि कार्ड कारोबारको लागत घट्ने, डाटा नेपालमै सुरक्षित रहने र डिजिटल भुक्तानी प्रणालीमा नयाँ प्रविधिको विकास र विस्तार हुने अपेक्षा गरिएको छ।

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ ।

ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।

ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको ब्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ ।

यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

नेपाल लाइफले भव्यताका साथ मनायो २४औँ वार्षिकोत्सव

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो २४औँ वार्षिकोत्सव देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाएको छ । यस सुखद अवसरमा देशको १० स्थानबाट रक्तदान कार्यक्रम, काठमाडौँमा निःशुल्क स्वास्थ्य शिविर तथा देशभर विभिन्न कार्यक्रमहरू भव्यतापूर्वक सन्चालन गरेको हो ।

यस अवसरमा कम्पनीले देशको सातै वटा प्रदेशमा रक्तदान कार्यक्रम मार्फत कोशी प्रदेशको इटहरीमा ५६, मधेश प्रदेशको बिरगंजमा ३०, बागमती प्रदेशको काठमाडौँमा ८२, गण्डकी प्रदेशको पोखरामा ६१ र कावासोतीमा ३९, लुम्बिनी प्रदेशको बुटवलमा ३०, भैरहवामा ३० र नेपालगंजमा २५, कर्णाली प्रदेशको सुर्खेतमा ३१ र सुदरुपश्चिम प्रदेशको टीकापुरमा २८ गरी कुल ४१२ पिन्ट रगत संकलन गरेको छ । यसका साथै कम्पनीले केन्द्रीय कार्यालयमा २ दिने निःशुल्क स्वास्थ्य शिविर पनि सन्चालन गरेको छ ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी आफ्नो चौबीसौँ वर्ष पूरा गरी पच्चीसौँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मार्गनिर्देशन प्रदान गर्नुहुने संचालक समितिका अध्यक्ष तथा संचालकहरु, शेयरधनी महानुभावहरु, सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहनुभएका अभिकर्ताहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, नियामक निकायहरुका साथसाथैे सबै सरोकारवालाहरुमा धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको छ र आगामी दिनमा सबैको माया, विश्वास र सहकार्य संस्थाले पाईरहने अपेक्षा रहेको बताउनुभयो ।

एमडीआरटी बन्न सफल अभिकर्तालाई एशियन लाइफको सम्मान

एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडीआरटी बन्न योग्य भएका अभिकर्ताहरुलाई आज बैशाख २२ गते विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन् २०२५ का लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, डेपुटी मार्केटिङ हेड विजय पराजुली, पेशागत अभिकर्ता संघ बीमक समितिका अध्यक्ष दामोदर लामिछानेले अभिकर्ताहरुलाई सम्मान गरेका हुन् ।

कार्यक्रमको अवसरमा प्रशंसा पत्रको साथै व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाई डिजिटल बीमालेख प्रवर्द्धनमा प्रेरित गर्न
एक एक थान स्मार्ट ट्याब समेत उपलब्ध गराइएको छ ।

राष्ट्र बैंकको कारबाहीमा ५ वाणिज्य बैंक

नेपाल राष्ट्र बैंकले विभिन्न पाँच वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियम मिच्ने पाँच वाणिज्य सीईओहरुलाई सचेत गराउनेदेखि बैंकमाथि जरिवाना गरेको हो ।

राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्ने बैंकहरुमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५६६ रुपैयाँ जरिवाना तिराइएको छ । तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाइएपछि यस बैंकलाई जरिवाना तिराइएको हो ।

नेपाल बैंक लिमिटेडलाई पनि पाँच लाख रुपैयाँ जरिवाना तिराइएको छ । यस बैंक सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले आफ्नो पद र नाम दुरुपयोग गरी व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न रहेको पाइएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशनको व्यवस्थाको उल्लंघन गरेकोले सो कसुरमा पाँच लाख जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको पाइएको छ । कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरूको जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडूक्युसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेको तथा यस बैंकबाट जारी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना गरेको पाइएको छ । जसका लागि राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ ।

त्यस्तै, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराइएको छ । यस बैंकले निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको तथा न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले नसिहत दिएको छ । बैंकको सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी शेयर लिएको व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएको व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएकोमा उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियम विपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले कर्जा नीति एवं कर्जाका प्रडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको छ ।

यस बैंकले मार्जिन प्रकृतिका कर्जाको प्रयोजनका लागि आवधिक कर्जा प्रदान गरेको, कर्जामा निहित जोखिमलाई समयमै व्यवस्थापन नगरी व्यक्तिगत आवधिक कर्जा तथा लामो समयदेखि सञ्चालनमा रहेका ठूला व्यावसायिक संस्थाहरूलाई समेत बेलोनिङ किस्ता कायम गरी कर्जा अवधिको शुरुका वर्षहरूमा अत्यधिक न्यूनतम तथा अन्तिम वर्षहरूमा अधिकतम साँवा असुल हुने गरी कर्जाको किस्ता कायम गरेको पाइएको छ ।

नीतिगत व्यवस्था रहेका कर्जाका प्रडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको पाइएपछि यस बैंकलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीका लागि ऋण लिने सन्दर्भमा शेयर धितो राख्नु पूर्व यस बैंकको स्वीकृति लिनुपर्नेमा त्यस बैंकको दुई प्रतिशतभन्दा बढी शेयर धारण गर्ने एक संस्थापक शेयरधनीले धारण गरेको लक्ष्मी सनराइज बैंक लिमिटेडको संस्थापक शेयर धितो राखी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट कर्जा लिँदा राष्ट्र बैंकको स्वीकृति नलिई संस्थापक शेयर धितो बन्धक राखेको तथा कर्जा उपयोग गरेको अभिलेख बैंकले नराखेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको जनाएको छ ।

गभर्नर सिफारिस समितिको बैठक अन्तिम समयमा स्थगित

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरेको सिफारिस समितिको बैठक स्थगित भएको छ । यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गरेपछि समितिको पहिलो बैठक आइतबारका लागि बोलाइएको थियो । तर अर्थमन्त्री विष्णु पौडेलको कार्यव्यस्तताले बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सरकारले चैत १६ गते अर्थमन्त्री पौडेलको संयोजकत्वमा गर्भनर नियुक्त गर्न तीन सदस्यीय समिति गठन भएको थियो । जसमा विश्व पौडेल र विजयनाथ भट्टराई सदस्य थिए । तर वैशाख १० गते सदस्य भट्टराईले असन्तुष्टि जनाउँदै समितिबाट बाहिरिएका थिए । उनको स्थानमा अधिकारीलाई सदस्य बनाइएको छ ।

सिफारिस समितिले नयाँ गर्भनरको नाम चयन गर्न नसक्दा गभर्नर नियुक्ति प्रक्रिया लम्बिएको छ । चैत २५ गतेदेखि राष्ट्र बैंक गभर्नरविहीन छ । सत्ताका प्रमुख घटक नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गभर्नरमा डा. गुणाकर भट्टलाई बनाउने सहमति भएपछि उनले राष्ट्र बैंकको प्रमुख कार्यकारी निर्देशकबाट राजीनामा पनि दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत भएको छैन ।

राष्ट्र बैंककी कायममुकायम गभर्नर डा.नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत गर्न ढिलाई गरेपछि अर्थमन्त्री पौडेलले राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । पछिल्लो समय गभर्नरको दौडमा डा.भट्टसहित ज्ञानेन्द्र ढुंगाना र कायममुकायम गभर्नर डा. नीलम ढुंगाना छिन्।

सञ्चार मन्त्रालयले भन्यो- नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्म क्रमश: निष्क्रिय पार्छौं

सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई चल्न नदिने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार आफ्नो वेभसाइटमार्फत सूचना निकालेर दर्ता/सूचीकरण नहुने सामाजिक सञ्जाललाई नेपालभित्र चल्न नदिने चेतावनी दिएको हो।

मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ताका लागि अन्तिम पटक भनेर गत चैत ७ गते एक महिनाको समय दिएको थियो। तर, त्यो समयमा फेसबुक लगायत सामाजिक सञ्जाल दर्ता भएनन्।

त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नहुने प्लेटफर्मलाई चल्न नदिने बताउँदै आएका थिए। उनले एक साता कुर्ने र त्यसपछि बन्द गर्ने अभिव्यक्ति दिएकाममा त्यो समय गुज्रिसकेको छ। त्यही कारण सरकारले सामाजिक सञ्जाल कहिले बन्द गर्छ भनेर मन्त्रीसँग प्रश्न उठाउने क्रम बढिरहेको छ।

आफ्नो अभिव्यक्तिलाई लिएर प्रश्न उठाउने क्रम बढेपछि मन्त्री गुरुङले आइतबार मन्त्रालयका तर्फबाट सूचना निकालेर दर्ता नहुने सामाजिक सञ्जाल क्रमश: निष्क्रिय पार्ने चेतावनी दिएका हुन्।

गभर्नर सिफारिस समितिमा महाप्रसाद रहने गरी पुनर्गठनसहित यी हुन् सरकारका २९ निर्णय

सरकारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्यको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा वैशाख १५ र १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समितिमा अधिकारीलाई नियुक्त गरेको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकमा निर्णय सार्वजनिक गरेका हुन् । जसमा शिक्षक महासंघको मागका सम्बोधनको विषय पनि समेटिएको छ ।

नियमित पत्रकार सम्मेलनमा गुरुङले १५ गतेको १५ र १७ गतेका १४ वटा गरी २९ निर्णय सार्वजनिक गरेका छन् ।

सानिमा रिलायन्स लाइफको “मेरो मुटु बाल जीवन बीमा“ योजना सार्वजनिक, के-के छन् विशेषता ?

बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिने जनाएको छ ।

यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको छ। बीमा अवधिभर प्रस्तावकको कुनै कारणवश मृत्यु वा स्थायी अशक्तता भएमा बाँकी सम्पूर्ण बीमा शुल्क मिनाहा हुनेछ। त्यस्तै, बीमांक रकमको १ प्रतिशत मासिक रूपमा बच्चाको नाममा उपलब्ध हुनेछ, जसले उसको शिक्षादेखि भविष्य निर्माणसम्म सहयोग पु-याउँछ।

अप्रत्याशित मृत्यु भएमा के हुन्छ?
१ .बीमीतको हकमाः बीमांक रकमको २५ प्रतिशत वा आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन बढी हुन्छ, त्यो रकम दिइनेछ।

२. प्रस्तावकको हकमाः प्रस्तावकको मृत्यु हुदा बिमांक रकम पाउने गरि अतिरिक्त बीमाशुल्क तिरेको अवस्थामा बीमांक रकम प्रधान गरिनेछ र अतिरिक्त शुल्क नतिरेको अवस्थामा बीमांक रकम प्रधान गरिने छैन।

३. बीमा अवधि समाप्त हुनु अगावै बीमालेख चालु रहेको अवस्थामा बीमित र बीमा प्रस्तावकको मृत्यु एउटै घटनामा भएमा प्रस्तावकको मृत्यु बापत बीमांक रकम र आर्जित बोनस तथा बच्चाको मृत्यु बापत बीमंकको २५% रकम भुक्तानी दिइनेछ।

४. बीमा अवधि भित्र प्रस्तावकको मृत्यु भएपश्चात बिमीत बच्चाको समेत मृत्यु भएमा बीमांक रकमको २५% र आर्जित बोनस वा भुक्तानी भएको बीमाशुल्क मध्य जुन रकम बढी हुन्छ सो रकम भुक्तानी दिइनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ।

किन रोज्ने “मेरो मुटु बालजीवन बीमा”?
बालबालिकाको उच्च शिक्षा, आकस्मिक खर्च र दीर्घकालीन योजना सुरक्षित गर्न
मासिक आय सुविधा सहितको बीमालेख
भविष्यका लागि अनुशासित बचतको सुनिश्चितता
न्यून प्रिमियममै दीर्घकालीन लाभ

बीमा गर्ने उपयुक्त समय कहिले?
बच्चा जन्मिएको सुरुवाती चरणमै यो बीमा गर्दा भविष्यमा ठूलो लाभ लिन सकिन्छ। “जीवन बीमा आजै, अहिल्यै“ भन्ने सोच अनुरूप समयमै बीमालेख लिएर आफ्नो बालबालिकाको भविष्यलाई सुनिश्चित गर्न सकिन्छ।

सानिमा रिलायन्सः विश्वासको बीमा
सानिमा रिलायन्सले नेपाली परिवारहरूको आवश्यकता पहिचान गरी नविनतम तथा व्यवहारिक बीमा योजनाहरू उपलब्ध गराउँदै आएको छ। आर्थिक रूपमा सबल, पारदर्शी व्यवस्थापन तथा सामाजिक रूपमा प्रतिष्ठित संस्थापक समूहको सहभागिताले गर्दा यो संस्था विश्वासिलो विकल्प बनेको छ।