जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सञ्चार मन्त्रालयले भन्यो- नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्म क्रमश: निष्क्रिय पार्छौं

सञ्चार मन्त्रालयले भन्यो- नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्म क्रमश: निष्क्रिय पार्छौं<div style=
" class="lazy">

सरकारले नेपालमा दर्ता नहुने सामाजिक सञ्जाल प्लेटफर्मलाई चल्न नदिने चेतावनी दिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार आफ्नो वेभसाइटमार्फत सूचना निकालेर दर्ता/सूचीकरण नहुने सामाजिक सञ्जाललाई नेपालभित्र चल्न नदिने चेतावनी दिएको हो।

मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्मलाई दर्ताका लागि अन्तिम पटक भनेर गत चैत ७ गते एक महिनाको समय दिएको थियो। तर, त्यो समयमा फेसबुक लगायत सामाजिक सञ्जाल दर्ता भएनन्।

त्यसपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्ता नहुने प्लेटफर्मलाई चल्न नदिने बताउँदै आएका थिए। उनले एक साता कुर्ने र त्यसपछि बन्द गर्ने अभिव्यक्ति दिएकाममा त्यो समय गुज्रिसकेको छ। त्यही कारण सरकारले सामाजिक सञ्जाल कहिले बन्द गर्छ भनेर मन्त्रीसँग प्रश्न उठाउने क्रम बढिरहेको छ।

आफ्नो अभिव्यक्तिलाई लिएर प्रश्न उठाउने क्रम बढेपछि मन्त्री गुरुङले आइतबार मन्त्रालयका तर्फबाट सूचना निकालेर दर्ता नहुने सामाजिक सञ्जाल क्रमश: निष्क्रिय पार्ने चेतावनी दिएका हुन्।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?