जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

कुमारी स्मार्टमार्फत आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने

कुमारी बैंक लिमिटेडले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसन कुमारी स्मार्टमार्फत नै आन्तरिक विप्रेषण (Domestic Remittance) पठाउन मिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् ।

रेमिट रकम प्राप्त गर्नका लागी ग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरु र बैंकका १० हजार भन्दा अधिक रेमिट एजेन्ट कार्यालयहरुमार्फत रकम बुझ्न सक्नेछन् । नेपालमा यस्तो सहज रेमिट भुक्तानी सुविधा सुरुवात गर्ने बैंकमा कुमारी बैंक एकमात्र रहेको छ । सो प्रणालीमार्फतको कारोबार सीमा भने प्रचलित मोबाइल बैंकिङ्ग दैनिक कारोबार सीमा अन्तर्गत नै पर्नेछ ।

ग्राहकवर्गले आफ्नो कुमारी स्मार्ट एप्लिकेशन खोली कुमारी रेमिट फिचरमा क्लिक गरि प्रापकको विवरण र सम्पर्क नम्बर राखेर आफूले चाहेको रकम रेमिट गर्न सक्नेछन् । यसका लागी न कुनै फारम, कागजातको झन्झट, न त कुनै कार्यालय धाई राख्नुपर्ने भएकाले ग्राहकहरूलाई थप सन्तुष्टि र सुविधा पुग्नेमा बैंक विश्वस्त रहेको छ ।

आफ्नो कुमारी स्मार्ट एप्लिकेसनमा उक्त फिचर सम्मिलित गरे पश्चात् पुनः बैंक समयसापेक्ष डिजिटल बैकिङ्ग प्रणालीतर्फ द्रुत गतिमा लम्किँदै गएको वास्तविकता प्रष्ट झल्किएको छ । आफ्नो डिजिटल योजनालाई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६३ एटीएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै एनबि ग्रुप

पछिल्लो समय विवादमा धेरै तानिँदै आएको एनबि ग्रुपले एनसीसी बैंकको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

ग्रुपले विभिन्न कम्पनीको नाममा रहेको २५ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न एनसीसी बैंकलाई भने अनुरुप शेयर बिक्रीको सूचना सार्वजनिक भएको छ । ग्रुपले विभिन्न ६ वटा संस्थाका नाममा रहेका शेयरमध्ये २५ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

ग्रुपबाट शेयर बिक्री गर्ने निर्णय सहित आएका कागजातका आधारमा बैंकले संस्थापक शेयर बिक्री गर्ने प्रकृया अघि बढाएको छ ।

कम्तीमा १४० रुपैंया प्रतिकित्ताको दरले कम्तीमा एक हजार कित्ता शेयर खरिदका लागि लिलामीमा आवेदन दिनु पर्ने हुन्छ । आगामी फागुन २ गतेदेखि ७ कार्यदिनसम्म आवेदन दिने समय तोकिएको छ । बैंकको उक्त शेयर बिक्रीको काम सनराइज क्यापिटलले गर्नेछ ।

एनबि ग्रुप नेपाल प्रालि, सांग्रिला इन्भेष्टमेन्ट प्रालि, एनबि इन्भेष्टमेन्ट प्रालि, मानाङ्क इन्भेष्टमेन्ट, दोलखा भीमसेन इन्भेष्टमेन्ट र हिमालयन क्यापिटलको स्वामित्वमा रहेको शेयर बिक्री गर्न लागिएको हो ।

स्मार्टच्वाइस टेक्नोलोजिज र ग्लोबल आइएमई बैंक बीच सम्झौता

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले बैंकिङ्ग क्षेत्रका सेवाग्राहीलार्ई विविध भुक्तानी उपकरण र डिजिटल बैंकिङ्ग पहँुच सजिलै पु¥याउने उद्देश्यले विकास गरेको Omni Channel Digital Banking Solutions मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) र SCT बीच औपचारिक सम्झौता सम्पन्न भएको छ ।

SCT ले गहन अध्ययन र अनुसन्धान गरी विगत दुई बर्षको अनवरत प्रयत्नबाट विकास गरेको तथा करिब तीन महिना आन्तरिक रुपका सफल परीक्षण पश्चात सञ्चालनको अवस्थामा ल्याईको यस उपकरणमा Mobile Banking, eBanking, Self-Banking, SMART QR र Card मार्फत दिने सेवा एउटै प्लेटफर्मबाट उपलब्ध हुनेछन् ।

यसबाट ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई विविध आवश्यकता बमोजिम छिटो/छरितो, मितव्ययी र सरलढंगले बैकिङ्ग सेवा र सुविधाहरुको पहँुच हुनेछ । साथै, बैंकले यस आधुनिक उपकरणको सेवालाई छिट्टै नै ग्राहकहरुको बिच सञ्चालनमा ल्याउने छ ।

परम्परागत प्रणालीलाई विस्थापित गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवर्धन गर्ने स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडको लक्ष्य बमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई यस्ता सेवा र सुविधा उपलब्ध गराउदैं आएको छ । डिजिटल प्रविधिमा अभ्यस्त हुँदै गएका बैकिंङ्ग क्षेत्रका ग्राहकको बढ्दो आवश्यकता माग पूरा गर्न यस प्रकारका सहकार्य सहयोगी हुने अपेक्षा दुबै कम्पनीहरुको रहेको छ ।

फन्ड ट्रान्सफर वा अनलाइनबाट बार्षिक रिचार्ज गर्दा डिशहोममा छुट

डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको डिश होममा डिलर दाईको डिस्काउण्ट अफर ८८ जना ग्राहकले जितेका छन् ।

अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् । २ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको छ । आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुने डिश होम नेटवर्कले जनाएको छ ।

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट बार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने छ ।

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेड बिच सम्झौता

नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र उपाय सर्भिसेस बिच बैंकको ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ ।

यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिने छन् । यसबाहेक, उपायले सार्वजनिक सेवाको बारेमा सजिलो र पारदर्शी समाधान प्रदान गर्नुको साथै बैंकका ग्राहकलाई आवश्कता बमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपल्ब्ध गराउनेछ ।

निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई तथा लघुबित्त, नबिल बैंक र राजु के.सी., महाप्रबन्धक, उपाय सर्भिसेसले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई तथा लघुबित्त, प्रमुख निरज कुमार बस्नेत (डनिल) ले भने, “नबिल बैंक लघु, साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँचमा बृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ ।

हामी हाम्रो ग्राहकहरु र बैंकको दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून र नियमनको पालना गर्न मद्दत गर्दै आएका छौ । हामीलाई आशा छ कि यो साझेदारीले लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पु¥याउँछ ।”

“नबिल बैंक लिमिटेडसगको सहकार्य निकै फलदायी भएको छ, उपाय सर्भिसेसका महाप्रबन्धक राजु केसीले भन े। उनी थप भन्छन्, “उपायले कर्जा सम्बन्धी सेवाहरू बाहेक वित्तीय व्यवस्थापन, कानूनी, कर र व्यवस्थापन सम्बन्धी परामर्शमा व्यावसायिक सेवा प्रदान गरेर बैंकका विभिन्न ग्राहकहरूलाई मार्गदर्शन र मद्दत गर्न सक्षम भएको छ । बैंकका १००ं भन्दा बढी ग्राहकहरू उपाय सर्भिसेसबाट आजसम्म सेवाहरू उपयोग गरेर लाभान्वित भएका छन् ।”

आइएमई ट्राभल्सद्वारा नाट्टाको भवन निर्माणमा सहयोग

आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसरमा नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगका लागि रू. १ लाख ५१ हजार १ सय ११ रूपैयाँको चेक हस्तान्तरण गरेको छ ।

ट्राभल्सको केन्द्रीय कार्यालय काठमाडौंमा विहीवार आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त रकम बराबरको चेक नाट्टाका प्रथम उपाध्यक्ष विनय बस्नेतलाई हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा आइएमई ट्राभल्सका संचालकद्वय सरिता ढकाल एवम् अर्जुन शर्मा पौडेल, प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटा र नाट्टाका महासचिव सुधिर उपाध्यायको उपस्थिति रहेको थियो ।

साथै, आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवका अवसर पारेर पर्यटन विकासमा सकारात्मक योगदान पु¥याउने उद्देश्यले आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै बिभिन्न ग्राहकमूखी योजना ल्याएको छ । बैंकिङ्ग, रेमिटेन्स, इन्सुरेन्स लगायतका व्यावसायिक क्षेत्रमा आफुलाई अब्बल साबित गर्दै आइरहेको आइएमई समुहले पर्यटन क्षेत्रको समग्र बिकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ ।

२५औँ वार्षिकोत्सवका अबसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बस्तुस्थिति नियाल्ने पहिलो आँखा पर्यटन उद्योग र यससँग सम्बन्धित क्षेत्र रहेकाले सम्पूर्ण व्यवसायी मित्रहरुलाई पर्यटन बिकासका लागि जुट्न आग्रह गर्दै कोरोना महामारीकाबीच स्वास्थ्य सम्बन्धि मापदण्ड पुर्ण रुपमा पालना गर्दै आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदन्डभित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभयो ।

आइएमई ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले पर्यटन बिकासका लागि आइएमई ग्रुपले हालसम्म खेलेको भूमिकाको स्मरण गर्दै पर्यटन बिकासका लागि आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जानकारी दिनुभयो । प्रमुख कार्यकारी अधिकृत सापकोटाले कोरोनाले बाह्रय पर्यटन विस्तारमा केही ढिला हुने देखिएकाले आन्तरिक पर्यटन विस्तारलाई जोड दिँदै यससँग सम्बन्धित सम्पूर्ण क्षेत्रलाई चलायमान बनाउदै समस्त ट्रेड साझेदारहरु, ग्राहकहरू र शुभचिन्तकहरूले दिनु भएको निरन्तर समर्थन र विश्वासका लागि धन्यवाद दिदै आगामी दिनमा सवैसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

आइएमई ट्राभल्स आइएमई ग्रुपद्वारा प्रवद्र्घित एक पुरानो कम्पनी हो । पर्यटन क्षेत्रमा विभिन्न सेवाहरू प्रदान गर्दै आइरहेको यस कम्पनीले सन् २०१६ मा स्थापित ओमानको पहिलो बजेट क्यारिअर सलाम एयरलाइन्सलको जीएसए लिई मध्यपूर्वमा कार्यरत नेपाली श्रमिकहरूलाई सहुलियत दरमा हवाई टिकट उपलब्ध गराउँदै आएको छ ।

चन्द्रागिरी हिल्सको आइपीओ नेप्सेमा सुचिकृत

चन्द्रागिरी हिल्सले दोस्रो बजारमा प्राथमिक शेयर सूचिकरण गरेको छ। कम्पनीले बुधरबार दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गरेको  धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक पारषमणी ढकालले जानकारी दिए।  केहिदिन भित्रै कम्पनीको कारोबार हुने भएको छ।

दोस्रो बजारमा सूचिकृत हुनु अगाडी लगानीकर्ताको हितग्राही खातामा जम्मा भैसकेको छ।  कम्पनीलाई नेप्सेले ‘सिजीएच’ सिम्बोल प्रदान गरेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

डिस होमको रियालिटी टिभीमा चम्स ७३घढसरीसँग चिया गफ

डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक श७३घढसक्रबार ‘चम्स७३घढसरीसँग चिया गफ’ कार्यक्रम प्रसारण ह७३घढसने भएको छ ।

कार्यक्रम सातामा एक दिन हरेक श७३घढसक्रबार साँझ ७बmउसः३० बजे प्रसारण ह७३घढसनेछ । कार्यक्रमको सञ्चालन ‘चम्स७३घढसरी’ उपनामले प्रख्यात हाँस्य  कलाकार पल्पसा डंगोलले गर्नेछिन् । उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् । बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा ,रमाइलो र घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले कर प्रयोजनको लागि समेत गरि हाल कायम चुक्ता पुँजीको ९.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार रहेको छ ।

image.png

३ वर्षमा टप टेन बन्ने सिटिजन्स बैंकको लक्ष्य

सिटिजन्स बैंकले आगामी ३ वर्षमा उत्कृष्ट १० बैंक बन्ने रणनीति तयार पारेको छ  । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले टप टेन बैंक हुने गरी ३ वर्षे रणनीतिक योजना तयार पारेको बताएका हुन्  ।

आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा उनले बैंकको नाम , लोगो र ब्राण्ड नमेटिने गरी मर्जर तथा प्राप्तिमा जाने बैंकको रणनीति भएको बताए । उनका अनुसार बैंकले कुनै विकास बैंक वा फाइनान्सलाई गाभ्ने तयारी गरेको छ  । सुदुरपश्चिममा आफ्नो उपस्थिति बढाउँन त्यस क्षेत्रका कम्पनीहरुको छलफल भईरहेको उनको भनाई छ।

सपथ खाँदै बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले भने- फास्ट ट्रयाकमा काम गर्छु

बीमा समितिका नवनियुक्त अध्यक्ष सुरेन्द्र सिलवालले अर्थसचिव शिशिरकुमार ढुङ्गानासँग पद तथा गोपनियताको सपथग्रहण लिएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सिलवाललाई बीमा समितिको अध्यक्ष नियुक्ति गरेको थियो ।

सपथ कार्यक्रममा उपस्थित अर्थमन्त्री विष्णु पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न निर्देेशन दिए । उनले बीमा क्षेत्रका समस्याहरु केलाउन निर्देशन दिँदै ती समस्या समाधानका लागि अर्थ मन्त्रालयले सहयोग, सहजीकरण र समन्वय गर्ने विश्वास दिलाए ।

अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले बीमा क्षेत्रले विश्वसनियता कायम गर्नु पर्ने आवश्यता औल्याउँदै बीमा क्षेत्रलाई सबल, सक्षम र प्रतिष्पर्धी बनाउनु पर्ने बताए । राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउन र बीमा क्षेत्रको सुशासन कायम गर्ने कार्यमा विशेष जोड दिनुपर्ने बताए ।

समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रको सुधारका लागि खरो रुपमा उत्रने र फास्ट ट्रयाकमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले तत्काल देखा परेका समस्या समाधान गर्दै नीतिगत क्षेत्रमा प्रवेश गर्ने बताए ।

आईपीओमा सबैलाई ५० कित्ता परेको निफ्राको नाफा घट्यो,

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफामा घटेको छ। यस आवको पहिलो त्रैमासको तुलनामा दोस्रो आवमा करिब १२ प्रतिशतले गिरावट आएको छ।

पहिलो त्रैमासमा ४० करोड २७ लाख नाफा गरेको बैंकले दोस्रोमा भने ३५ करोड २२ लाख मात्र नाफा आर्जन गरेको हो।

पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासमा ५ करोड ५ लाख कम नाफा हो। बैंकले हालसम्म एक अर्ब ६१ करोड ऋण लगानी गरेको छ। यो ऋण सरकारी ऋणपत्रसहित विभिन्न पूर्वाधारहरुमा लगानी गरेको हो।

चालु वर्षको सुरूआतदेखि नै कर्जाको ब्याजदर घट्दै जाँदा बैंकको आम्दानीमा पनि गिरावट आएको हो ।