जोडिनुहोस
शनिबार, पुस ५, २०८२
शनिबार, पुस ५, २०८२

बैंकिङ कसूर मुद्दाका फरार ५५ वर्षीय मणि थापा पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी ललितपुर महालक्ष्मी नगरपालिका–६ ईमाडोल बस्ने ५५ वर्षीय मणि कुमार थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

थापाले घर जग्गाको काम गर्ने सिलसिलामा विभिन्न ब्यक्तिहरुसँग रकम लिई सो बापत विभिन्न बैंकको चेक काटिदिने र सो पश्चात बैंकमा पैसा जम्मा नगरी सम्पर्क बिहिन हुने गरेको भन्ने सूचना आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले थापालाई काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा थापा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी बृत सातदोबाटोमा बैंकिङ् कसुर मुद्दामा समेत फरार रहेको खुल्न आएको उक्त महाशाखाले जनाएको छ ।

नौ अर्ब ७४ करोड नाफा कमाएको टेलिकमले मनायो वार्षिकोत्सव, प्रतिस्पर्धी बन्नुः सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यवसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिए ।

उनले भने, “टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो  र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ ।” उहाँले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिए । सरकारका प्रवक्ता गुरुङले सुखी नेपाली, समृद्ध नेपालको सरकारको उद्देश्यमा योगदान पुग्ने गरी टेलिकमले ग्राहकको चाहनानुरुप काम गर्नुपर्नेमा जोड दिए ।

टेलिकम सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विनियमावली कार्यान्वयनसँगै कर्मचारीको माग सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा टेलिकमबारे गुनासो नआउने गरी समस्या भएका स्थानमा जतिसक्दो चाँडो टावर निर्माण गरिने जानकारी दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जनतालाई प्रत्यक्ष लाभ हुने गरी गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई आग्रह गर्नुभयो । वार्षिकोत्सवका अवसरमा २० वर्ष काम गरेका ५० कर्मचारीलाई पदक प्रदान गरिनाका साथै व्यावसायिक साझेदारी सङ्घसंस्थालाई सम्मान गरिएको थियो ।

मुलुकमा दूरसञ्चार सेवाको शुरुआत, विकास र विस्तारको एक शताब्दीभन्दा लामो गौरवशाली इतिहास बोकेको संस्था विसं २०६० माघ २२ गते कम्पनीमा रुपान्तरण भएपछि बनेको नेपाल टेलिकम आज आफ्नो स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । सत्र वर्षअघि स्थापना हुँदा कम्पनीको ग्राहक आधार करीब चार लाख २२ हजार रहेकामा अहिले  दुई करोड नौ लाख पुगेका छन् ।

करीब ७० प्रतिशत जनसङ्ख्यामा टेलिकमको कुनै न कुनै सेवाको पहुँच पुगिसकेको छ । आर्थिक वर्ष २०७६/०७७ मा टेलिकमको आय रु ४२ अर्ब ९८ करोड तथा खुद मुनाफा रु नौ अर्ब ७४ करोड पुगेको छ । कम्पनीले मुलुकका ७७ वटै जिल्लामा ताररहित प्रविधिमा आधारित फोरजी मोबाइल र डाटा सेवा तथा ४२ जिल्लामा अप्टिकल फाइबरमा आधारित एफटिटिएच सेवा सञ्चालनमा ल्याएपछि ग्राहक आधारमा निरन्तर वृद्धि भइरहेको छ ।

डिशहोमको फाइबरनेटमा ‘सिम टिभी अज्जबको फाईदा गज्जबको अफर’

डिशहोमको फाइबरनेटमा ‘सिम टिभी अज्जबको फाईदा गज्जबको अफर’ सन्चालनमा आएको छ । डिशहोमको फाइबर जडान गर्दा सिम टिभीको मासिक शुल्क निस्शुल्क हुनेछ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा उच्च गतिको गुणस्तरिय ईन्टरनेट सेवा प्रदान गर्दै आएको डिशहोमको फाइबरनेटमा ३ महिना, ६ महिना र १२ महिनाका प्याकेजहरु विषेश छुटमा उपलब्ध गराउँदै आएको छ ।

डिशहोम फाइबरनेटको वार्षिक भुक्तानी गर्दा ड्रुप वाएर समेत निस्शुल्क प्रदान गरिने कम्पनीले जनाएको छ । भैसेपाटी, नख्खु, कपन, वौद्ध, पेप्सीकोला लगायतका ठाउँमा सन्चालन हुँदै आएको यो सेवा लिन उपभोक्ताले ९८०१५४४००० मा सम्पर्क गरी सेवा लिन सकिनेछ ।

विगत लामो समयदेखी केबल टिभीको प्रमुख सेवाप्रदायक सिम्पल मिडिया नेटवोर्क प्रा. लि. ले अहिले पछिल्लो समयमा इन्टरनेट सेवा प्रदान गर्न थालेको हो ।

नेपालमा पहिलोपटक प्रयोगमा ल्याइएको यो प्रबिधीबाट एउटा फाइबर वा एरबाट ईन्टरनेट र टिभी चल्नेछ ।

ओलीलाई मतबाटै दण्ड सजाए दिन के आपत्ति

पुस ५ गते प्रतिनिधिसभाको विघटन हुनु अगाडि नै सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद उत्पन्न भएको थियो । त्यही विवादले गर्दा प्रतिनिधिसभा विघटन भयो । प्रतिनिधिसभाको विघटनसँगै २०७८ साल बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा भएको छ ।

सत्ताधारी दलभित्रको आन्तरिक द्वन्द्वले गर्दा प्रतिनिधिसभा विघटन भएपश्चात् नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले नेपाल कम्युनिष्ट पार्टी, झण्डा र चुनाव चिन्ह आ आफ्नो भएको दाबी गरिरहेका छन् । पुस ५ गते नै ओली तथा दाहाल पक्षले अलग अलग बैठक बोलाएका थिए । दुवै पक्षले एकलाई अर्कोले हटाएको सूचना प्रवाह गरेका थिए ।

दाहाल पक्षले ओली पक्ष भन्दा आक्रामक भएर पहिलो नम्वरका पार्टी अध्यक्ष ओलीलाई अध्यक्षबाट हटाएर रिक्त रहेको अध्यक्ष पदमा माधव नेपाललाई अध्यक्षमा चयन गरेको बताएको थियो । दुवै पक्षले अलग अलग बैठक गरेर एकले अर्कोलाई हटाएको र ओली पक्षले केन्द्रीय समिति विस्तार गरेको थियो । दुवै पक्षले त्यसको जानकारी निर्वाचन आयोगलाई दिँदै दल दर्ता किताबमा अभिलेख अपलोड गरी दिन आग्रह गरेका भएपनि निर्वाचन आयोगले दुवै पक्षको अनुरोधलाई अस्वीकार गर्दे बाहिरी रुपमा पार्टी विभाजन भएको जस्तो देखिएपनि कानुनी रुपमा नेकपा एक रहेको र पार्टीको अध्यक्षमा केपी ओली र पुष्पकमल दाहाल महासचिवमा विष्णु पौडेल र वरिष्ठ नेताहरुमा झलनाथ खनाल र माधव नेपाल नै रहेको निर्णय माघ ११ गते गरेको थियो ।

निर्वाचन आयोगले दुवै पक्ष दल विभाजन सम्बन्धी ऐनले व्यवस्था गरेको प्रावधान अनुसार पार्टी विभाजनको प्रक्रियामा प्रवेश गर्न नचाहेकोले गर्दा आयोगले पार्टी विभाजनलाई अस्वीकार गर्नु परेको बताएको थियो । दाहाल–नेपाल पक्षले आफ्नो पक्षमा केन्द्रीय समितिका बहुमत सदस्य रहेको बताउँदै आएपनि ऊ समेत पार्टी विभाजनको आरोप लाग्न सक्ने भन्दै दल विभाजन सम्बन्धी ऐनले व्यवस्था गरेको दफा ४३ र ४४ मा प्रवेश गर्न चाहिरहेको थिएन ।

तर दाहाल पक्षले निर्वाचन आयोगले आफ्नो पक्षमा निर्णय नगरेर आफूहरु प्रति पूर्वाग्राही भएको आरोप समेत लगाउँदै आएको थियो । एकातिर निर्वाचनको मिति घोषणा भईसकेको र निर्वाचन आयोगले समेत निर्वाचनको लागि आवश्यक प्रक्रियाहरु अघि बढाएपछि दाहाल–नेपाल पक्ष माघ २० गते निर्वाचन आयोगमा पुगेर दल विभाजन सम्बन्धी ऐनले व्यवस्था गरेका प्रावधानभित्र पस्न तयार रहेको आयोगलाई बताउँदै त्यसै अनुुरुपका कागजातहरु आयोगमा बुझाएको छ ।

तोकिएको समयमा निर्वाचन हुन अब ८५ दिनमात्र बाँकी रहेकोले गर्दा दाहाल–नेपाल पक्षले बुझाएका कागजातहरु अध्ययन गरि कानुन सम्वत् दफा ४३ र ४४ मा व्यवस्था भएनुसार दलमा विवाद भएको अवस्थामा त्यस्तो विवाद उत्पन्न भएको ३० दिन भित्रमा आयोगलाई लिखित रुपमा जानकारी गराउनुपर्ने प्रावधान राखिएको छ । नेकपाको विवाद पुस ५ गते नै देखिएको र ३० दिनको म्याद गुज्रिसकेकोले दाहाल–नेपाल पक्षले बुझाएको कागजपत्रलाई आयोगले कसरी लिन्छ ?

पुस ५ गते देखि नै ओली दाहाल–नेपाल पक्षले अलग अलग बैठक गरी त्यसको जानकारी आयोगलाई दिईसकेको अवस्थामा विवाद उत्पन्न भएको मिति कुन होल भन्नेमै अन्यौल रहेको छ । दाहाल–नेपाल पक्षले भने माघ ११ गतेमात्र अयोगले नेकपा एक रहेको निर्णय गरेको हुनाले त्यसैलाई विवाद उत्पन्न भएको मिति मान्नुपर्ने बताईरहेका भएपनि आयोगले त्यस विषयमा केही बोलेको छैन ।

ऐनको दफा ४४ मा दल विभाजन गर्न चाहाने पक्षले केन्द्रीय समिति र संसदीय दलमा रहेको संख्याको कम्तिमा ४० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने सम्वैधानिक व्यवस्था गरेको भएपनि संसदीय दल नै नरहेको अवस्थामा के हुने भन्ने कहिँ कतै उल्लेख नगरिएको हुनाले नेकपाको विवाद समाधानमा आयोगलाई समस्या देखिएको छ । त्यसैगरी निर्वाचनको घोषणा भईसकेको अवस्थामा दल विभाजन सम्बन्धी कुनै निरुपण नहुने व्यवस्था कानुनमा रहेकोले नेकपाको विवादको समाधान कसरी हुन सक्छ ? नेकपामा विवाद उत्पन्न भएपछि निर्वाचन आयोगले नियमावली संशोधन गरी निर्वाचन घोषणा भएपछि पनि दल विभाजनको निरुपण गर्न सक्ने व्यवस्था गर्ने निर्णय गरेको भएपनि त्यसले आधिकारिता पाउन सकेको छैन । आयोगले गरेको निर्णय राजपत्रमा प्रकाशित भएपछि मात्र त्यसले आधिकारिता पाउँछ तर आजसम्म राजपत्रमा त्यो विषय प्रकाशित नभएकोले गर्दा आयोगले अब पुरानै नियमावली अनुसार अघि बढ्नुपर्ने अवस्था देखिएको छ ।

दाहाल–नेपाल पक्ष अहिलेकै अवस्थामा निर्वाचनमा जान चाहिरहेका छैनन् । त्यसमा पनि उनीहरुले अब पार्टी विभाजनको भारी बोक्नुपर्ने भएको छ । त्यही कारण दाहाल–नेपाल पक्षले पार्टीको आन्तरिक बैठकमा निर्वाचन आयोगले आवश्यक हस्तक्षेप गरेको आरोप लगाउँदै आएका छन् । आयोगले आफ्नो पार्टीको बैठकको निर्णय अस्वीकार गरेर गैर लोकतान्त्रिक प्रचलन स्थापित गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन् । दाहाल–नेपाल पक्षले पार्टीको विधान र सो विधान बमोजिम केन्द्रीय कमिटिले गरेको निर्णय विपरित तथा नेपालको संविधानको धारा २६९(३) र धारा १७(१) को (ग) प्रतिकूल भएको आरोप समेत निर्वाचन आयोगमाथि लगाएका छन् ।

दाहाल–नेपाल पक्षले पहिला नै दल विभाजनसम्बन्धी ऐनले व्यवस्था गरेनुसार आयोगमा त्यसै अनुरुपका कागजहरु प्रस्तुत नगरेका र अहिले मात्र दल विभाजन प्रक्रियामा प्रवेश गर्नु भनेको तोकिएको समयमा निर्वाचन रोक्ने रणनीति नै हो । पार्टी विभाजित भएको आरोप एकातिर लाग्न सक्ने र अर्कोतिर प्रतिनिधिसभा विघटनको सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले समेत संयुक्त सडक आन्दोलनलाई समर्थन नजनाएको अवस्थामा सडक आन्दोलन असफल भएको खण्डमा दाहाल–नेपाल पक्षलाई निकै संकट पर्ने आंकलन गरेर नै उनीहरु प्रतिनिधिसभा पुर्नस्थापना होस् भन्ने चाहिरेका छन् । पछिल्लो समयमा नेपाली कांग्रेस राप्रपा सहित जनता समाजवादी पार्टी लगायतका अन्य धेरै दलहरु चुनावी मोहाल बनाउन व्यस्त रहेका छन् ।

आफूलाई स्वघोषित नागरिक समाजका अगुवा भन्नेहरु बाहेक सबै चुनावमा जान चाहिरहेका छन् । तर दाहाल–नेपाल पक्ष भने प्रतिनिधिसभा पुर्नस्थापना नभएको खण्डमा संविधानकै औचित्य सकिने भन्दै सडक आन्दोलनबाटै अदालतलाई धम्कीको भाषा प्रयोग गरिरहेको छ । मरिसकेको प्रतिनिधिसभा पुर्नस्थापना भएमा त्यसले अर्को विकृत्ति ल्याउने प्राय निश्चित रहेको हुनाले मरिसकेको प्रतिनिधिसभा पुर्नस्थापना गर्नुभन्दा जनताको ताजा जनादेश लिनु नै मुलुकको हितमा हुनेछ । २०५१ सालमा जस्तो सांसदहरुको खरिद विक्रि सांसदहरुलाई विदेश भगाउने कार्यलाई हतोत्साहित गर्नका लागि पनि प्रतिनिधिसभाको पुर्नस्थापना गरिनु हुँदैन ।

प्रतिनिधिसभाको विघटन हुनुभन्दा अगाडि सम्म एकै ज्यान भएका दाहाल–नेपाल समूहले पहिलो नम्वरका अध्यक्ष ओलीलाई कारबाही गर्नुका आठ वटा कारण निर्वाचन आयोगलाई बुझाएका छन् । निर्वाचन आयोगले ओलीलाई कारबाही गर्नुका कारणहरु मागेको छैन । आयोगलाई त्यस्ता कारण माग्ने कानुनी अधिकार समेत देखिँदैन । तत्कालिन अवस्थामा भएको नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकीकरण नै अप्राकृत्तिक र स्वार्थले भरिएको थियो ।

अप्राकृत्तिक र स्वार्थले भरिएको एकीकरणले राम्रो फल दिन सक्ने सम्भावना नै थिएन । अहिले पार्टी विभाजन हुनुको मूल कारण त्यही हो । संविधान निर्माणकै बेला पनि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच राम्रो सम्बन्ध थिएन । माओवादीका तत्कालिन अध्यक्ष पुष्पकमल दाहालले गिरिजाप्रसाद कोइराला हुँदै बाबुराम भट्टराई, केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई समेत धोका दिएका थिए । स्व. गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने भन्दै गिरिजाकै सहयोग र समर्थनमा मुलुकबाट राजतन्त्रको अन्त्य गरिएको र कसैले माग्दै नमागेको धर्म निरपेक्षता जनतालाई जबरजस्ती रुपमा लादिएको थियो ।

दोस्रो संविधानसभाका बेला संविधान निर्माणकै क्रममा सभासद्हरुलाई जनताको राय सुझाव संकलन गर्न गाउँ गाउँ पठाइएकोमा झण्डै ९२ प्रतिशत जनताले मुलुक हिन्दु राष्ट्र नै रहनुपर्दछ भन्ने सुझाव दिएका थिए तर त्यसको वेवास्ता गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरियो । अहिले पनि बहुसंख्यक जनताले मुलुक हिन्दुराष्ट्र नै हुनुपर्दछ भन्दै विगत लामो समयदेखि आन्दोलन गरिरहेका छन् ।

विश्वको एकमात्र हिन्दु राष्ट्रको पहिचान मेटाउने काममा पुष्पकमल दाहाल लगायतका पूर्व माओवादीका नेताहरु नै सक्रिय भएका थिए । उनीहरुलाई तत्कालिन नेकपा एमालेका माधव पक्षका नेताहरुले साथ दिएका थिए त्यही कारण अहिले दाहाल–नेपाल एक भएका हुन् । त्यसैले पनि उनीहरु अहिले निर्वाचनमा जान चाहिरहेका छैनन् । मुलुकभरमा मुलुकलाई हिन्दु राष्ट्र बनाउने माग जोडतोडले उठिरहेको हुनाले उनीहरु निर्वाचनमा पराजित हुने डरले गर्दा नै निर्वाचनमा जान नचाहेको प्रष्ट हुँदै गएको छ ।

नेपकभित्रको विवादको कसरी समाधान होला ? भन्ने प्रश्न पछिल्लो समयमा जोड तोडले उठिरहेको छ । निर्वाचन आयोगले नेकपा भित्रको समाधान कसरी समाधान गर्ला भनेर अहिले नै केही भन्न सकिने अवस्था नरहेपनि नेकपाभित्रको विवाद उत्पन्न भएको पुष ५ गतेलाई नै आधार मानेर निर्वाचन आयोगले नेकपाको झण्डा, छाप र चुनाव चिन्ह होल्ड गर्न सक्ने बलियो सम्भावना रहेको छ । दुवै पक्षलाई नयाँ दल, झण्डा, छाप र चुनाव चिन्ह दिएर निर्वाचनमा जाने बाटो निर्वाचन आयोगले खोलिदिन सक्छ । आयोगले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गर्न सक्ने सम्भावना न्यून रहेकाले गर्दा मध्य मार्गको बाटो अपनाउन सक्ने सम्भावना समेत देखिएको छ ।

अर्कोतर्फ प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई सर्बोच्च अदालतको सम्वैधानिक इजलासमा सुनुवाईकै क्रममा रहेको र अझै केही समय लाग्न सक्ने भएकाले बैशाख १७ र २७ मा गर्ने भनिएको निर्वाचनको मिति जेष्ठसम्म सर्न सक्ने बलियो सम्भावना रहेको छ । अदालतले समेत निर्वाचनको बाटो खोलिदिएर ताजा जनादेश लिने कार्यकारी प्रमुखको निर्णयलाई सदर गरी सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई नै निर्णय गर्नु दिने प्रबल सम्भावना देखिन्छ ।

प्रतिनिधिसभा विघटन हुँदा पुस ५ गते सम्ममा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता नभएको प्रधानमन्त्री एवं संसदीय दलका नेताबाट ओलीलाई नहटाइएको, सत्ताधारी दल बैधानिक रुपमा विभाजिन नभएको र प्रधानमन्त्रीको पक्षमा नेकपाका दाहाल–नेपाल, खनाल गरी जम्मा १ सय ७४ सांसदको कानुनी रुपमा समर्थन रहेकोले गर्दा बैकल्पिक सरकार समेत निर्माण हुन सक्ने कुनै सम्भावना नै नरहेकाले गर्दा अदालतले बैकल्पिक सरकार बन्न सक्ने अवस्था थियो कि थिएन भनेर विचार गर्नुपर्ने आवश्यकता नै देखिँदैन । सत्ताधारी दल बैधानिक रुपमा विभाजित नभईसकेको अवस्थामा बैकल्पिक सरकार बन्न सक्ने अवस्था थियो भनेर कल्पना गर्नु भनेको आकाश खस्न सक्छ भन्नु सरह मात्र हो ।
प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक ११० गरी जम्मा २ सय ७५ सांसदको व्यवस्था गरिएकोमा एउटै दलमा १ सय ७४ सांसद रहेपछि कसरी अर्को सरकार निर्माण हुन सक्छ ।

संसदको प्रमुख विपक्षी सहित जम्मा १ सय १ सांसद रहेका छन् भने सरकार निर्माणका लागि १ सय ३८ सांसद आवश्यकता पर्दछ । यी सबै तथ्यहरुले प्रष्ट हुन्छ, सत्ताधारी दल, बैधानिक रुपमा विभाजित नभएसम्म अर्को सरकार बन्न सक्दैन भनेर त्यसैले गर्दा अदालतले ताजा जनादेश लिने निर्णय दिनु नै लोकतान्त्रिक पद्दति हो । लोकतन्त्रमा लोक भनेका जनता नै हुन् । तिनै जनताले नै राजनीतिक दलहरुलाई हैसियत कायम गरि दिनु हुनाले अहिलेको समस्याको समाधानको एकमात्र विकल्प चुनाव नै हो । यदि अदालतले मरिसकेको प्रतिनिधिसभाको पुर्नस्थापना गरिदिएको खण्डमा त्यसले विकृत्ति ल्याउने र जनताले अनाहकमा दुःख कष्ट पाउन सक्ने सम्भावना देखिन्छ । संविधानले नै यो संविधान अगावै संसद विघटन भएमा बाहेक संसदको कार्यकाल पाँच वर्षको हुनेछ भने व्यवस्थ संविधानको दफा ८५(१) ले गरेको हुनाले संसद विघटन हुन सक्छ भनिएको हो त्यसैले गर्दा संसद विघटन भएको हो ।

विश्वका जुनसुकै सरकारले पनि आफूलाई काम गर्न संसदले अवरोध गरेमा संसद विघटन गर्ने गरिएको प्रमाण त हालै बेलायतमा प्रमाणित भएको छ । बेलायतका प्रधानमन्त्रीले बेलायत युरोपियन युनियनबाट अलग हुँदा बेलायतलाई फाइदा हुने हुँदा छुट्टिने प्रस्ताव संसदमा लगेका थिए, त्यो प्रस्तावलाई संसदले अनुमति नदिएपछि उनले संसद नै विघटन गरेर त्यही मुद्दा लिएर उनी जनतासामू गए जनताले उनको मुद्दालाई विश्वास गरेर बहुमत दिए त्यही मतका आधारमा बेलायत युरोपियन युनियनबाट अलग भएको छ त्यसैले गर्दा मरिसकेको प्रतिनिधिसभा पुर्नस्थापना गरिनु हुँदैन । प्रधानमन्त्री ओलीले विघटन गरेको अस्वीकार्य भए जनताले मतबाटै ओलीलाई दण्ड सजाए दिन सक्छन् । अदालतले दिने दण्ड सजाए भन्दा जनताले दिने दण्ड सजाए राजनीतिक दल र दलका नेताहरुलाई ठुलो हो ।

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटन

ग्लोबल आइएमई बैंकको सिन्धुली शाखाको औपचारिक उद्घाटनग्लोबल आइएमई बैंक लिमिटेड सिन्धुली शाखा कार्यालयको औपचारिक उद्घाटन सम्पन्न भएको छ । बैंकद्वारा आयोजित विशेष कार्यक्रमबीच जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक शंकर बर्मा तिवारी, प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डे, सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अमरेश चन्द्र बैदार तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्तरुपमा शाखाको उद्घाटन गर्नुभएको छ ।

उद्घाटन समारोहमा बोल्दै संयोजक तिवारीले देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंकले साना किसान तथा व्यवसायीहरुका लागि उत्थानका कार्यक्रमहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले बैंकले स्थानीय सरकार, साना व्यवसायी तथा कृषकहरुसँग समन्वय गरेर काम गर्न समेत सुझाव दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले ग्लोबल आइएमई बैंक मुलुककै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेगरी काम गर्न सुझाव दिनुभयो ।
उहाँले लगानी र मुनाफा दुबै हिसाबले यो बैंक आगामी दिनमा मुलुककै एक नम्बर बैंक हुने विश्वास लिएको बताउनुभयो ।

सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष बैदारले ग्लोबल आइएमई बैंकले व्यवसायीमैत्री सेवा प्रदान गर्न आवश्यक रहेको बताउनुभयो ।

बैंकका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले नेपाल सरकारको नीति तथा कार्यक्रमहरुलाई पालना गर्दै आफ्नो सेवालाई विस्तार गरेको बताउनुभयो । उहाँले बैंकले अबका दिनमा थप सबल र सक्षम बन्दै मुलुकका सबै जिल्लाबाट सरल बैंकिङ्ग सेवा प्रदान गर्ने बताउनुभयो ।

उक्त अवसरमा अध्यक्ष ढकालले भानुभक्त माध्यमिक विद्यालयलाई बैंकको तर्फबाट ७ थान कम्प्युटरसमेत हस्तान्तरण गर्नुभएको थियो । साथै उहाँले निरुशा किराना तथा डेरी पसललाई नगदरहित कारोबारका लागि QR Code Standee हस्तान्तरण गर्नुभएको थियो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७४ जिल्लामा फैलिएको २६७ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङले धरौटी नबुझाए जेल जान सक्ने

भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ ।
सरकारी जग्गा प्रकरणमा मुछिएका गुरुङ बालुवाटारमा रहेको ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा गुरुङविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बुधबार विषेश अदालतका न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बहसपछि गुरुङसँग धरौटी माग गरेको हो । धरौटी बुझाउन नसके उनी जेल जानेछन् ।

बालुवाटारको जग्गा खरिद बिक्रीमा गुरुङसँगै छोरा कल्याण गुरुङ, छोरी तथा भाइ र बुहारी समेतको संलग्नता पाइएको थियो । गुरुङले ८ जनालाई बालुवाटारको जग्गा बिक्री गरेका थिए ।

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा कल्यानपुर भेडीयामा

सनराइज बैंक लिमिटेडले सिराहा जिल्लाको कल्यानपुर नगरपालिका ७, भेडीयामा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ६९ पुगेको छ । बैंकले कल्यानपुर नगरपालिका ७ भेडीयामा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा दिपेन्द्र शाहलार्ई नियुक्त गरेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ६९ वटा शाखारहित बैंकिङ्ग सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १५५ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

बैंक अफ काठमाण्डू र यम यम क्याफेबीच सम्झौता

बैंक अफ काठमाण्डू लिमिटेड र यम यम क्याफे बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले यम यम क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८% छुट पाउनुहुनेछ । यम यम क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यम यम क्याफेका निर्देशक मौसमी श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रदेश नं. २ मा आइएमई भरोसा कोषको रकम वितरण

कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ ।

आइएमई ग्रुपद्धारा मंगलबार प्रदेश नं. २ को राजधानी जनकपुरमा आयोजित एक विशेष कार्यक्रमकावीच प्रदेश नं. २ का माननीय मूख्यमन्त्री लालबाबु राउतले उक्त कोषबाट रकम प्राप्त गर्ने १५ जना लाभग्राहीहरुलाई चेक हस्तान्तरण गर्नुभयो । चेक हस्तान्तरण कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल एवमं् ग्रुपमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

चेक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आइएमईले उत्तरदायित्व स्वरुप प्रदान गरेको भरोसा कोषको लागि प्रदेश सरकारको तर्फबाट धन्यबाट व्यक्त गर्नुभयो । बैदेशिक रोजगारका सिलसिलामा विदेशमा गई काम गर्दै गर्दा कोरोनाका कारण मृत्यु भएकाहरुलाई सानै भए पनि सहयोग रकम वितरण गरेर आइएमईले आफ्नो दायित्व पूरा गरेको बताउँदै प्रदेश २ बाट बैदेशिक रोजगारीमा जाने धेरै भएको बताउनु भयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महा संघका वरिष्ठ उपाध्यक्ष श्री चन्द्रप्रसाद ढकालले आइएमईले भरोसा कोष मार्फत प्रभावित परिवारलाई सहयोग पु¥याउँदै आएको बताउँदै संस्थाको यस्तो सामाजिक कार्यमा मुख्यमन्त्री एवम् प्रदेश सरकारको साथ पाउनु महत्वपूर्ण रहेको बताउनु भयो ।

कार्यक्रममा आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोषको अवधारणा को विषयमा प्रकाश पार्नुभएको थियो ।
कोषबाट आवेदकहरूलाई जनही ५० हजारका दरले सहयोग रकम प्रदान गरिँदै आएको छ । प्रदेश नम्बर २ अन्तर्गतको जनकपुर क्षेत्रबाट कूल १५ जनालाई प्रदेश नं. २ का माननीय मख्य मन्त्री लालबाबु राउत र आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त सहयोग राशी बराबरको चेकहरु संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

कोरोना भाइरस (कोभिड– १९) का कारण श्रमका लागि विदेश गएका धेरै नेपालीको मृत्यु भएको र आश्रित परिवारमा ठुलो पीडा थपिएको महसुस गरि आइएमईले मृतकको परिवारलाई आर्थिक सहयोग गर्ने उद्देश्यका साथ भरोसा कोषको स्थापना गरेको हो । कोषले विभिन्न प्रदेशमा सहयोग रकम हस्तान्तरण गर्ने कार्यलाई निरन्तरता दिँदै आएको छ भने प्रदेश नम्बर दुईको राजधानी जनकपुरमा छिट्टै नै सहयोग रकम हस्तान्तरण गर्ने योजना बनाएको छ ।

कोषबाट सहयोग राशी प्राप्त गर्नका लागि सन् २०२० को जनवरी १ देखि अक्टोबर १६ (२०७६ साल पुस १६ देखि २०७७ साल असोज ३०) सम्म कोभिड– १९ का कारण विदेशमा मृत्यु भएका नेपाली श्रमिकका नेपालमा हुने ईच्छुक आफन्तहरूले आवश्यक विवरण सहित पानीपोखरी, काठमाडौंमा अवस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयहरूका साथै सवै प्रदेशमा अवस्थित प्रादेशिक कार्यालयहरूमा मिति २०७७ साल मंसिर १५ गतेसम्म आवेदन दिन सक्नेगरि व्यवस्था मिलाएको थियो ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २०औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंक लि. ले राजधानिको तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्युआर कोड सेवा संचालनमा ल्याएको छ । बुधबार बिहान नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तिनकुने स्थित हरित सामुदायिक कृषि बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो ।

उक्त क्युआर कोड सेवा सुरु भएसंगै हरित कृषि बजारमा तरकारी तथा फलफुल किन्नको लागि जाने उपभोक्ताले आफ्नो बैंकको मोबाइल बैंकिङ एप्लिकेसन प्रयोग गरी आफुले खरिद गरेको तरकारी तथा फलफुल रकम पसल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्नेछन् ।
उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि बजारमा माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले भुक्तानी प्रणालीमा आधुनिकीकरणको सुरुवात गरेको बताउदै यस्तो प्रणालीले कारोबारमा पारदर्शिता ल्याउने हुदाँ भविष्यमा आफ्नो व्यापार व्यवसायको बृद्धिको ऋण लिन व्यवसायीलाई सहज हुने कुरा बताउनुभयो । साथै उहाँले नेपाल राष्ट्र बैंक डिजिटल कारोबारलाई अझ प्रभावकारी बनाउन थप कार्यक्रमहरु ल्याउने योजनामा रहेको समेत जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै माछापुच्छ्रे बैंकका अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले तरकारी तथा फलफुल बजारमा सुरु गरिएको क्युआर कोड सेवाले डिजीटल कारोबारलाई हरेक तह र तप्कासम्म पुर्याउने माछापुच्छ्रे बैंकको अभियानमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसैगरि सोही कार्यक्रममा बोल्दै हरित कृषि सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत कोमल बरालले माछापुच्छ्रे बैंकले सुरु गरेको क्युआर कोड सेवाले तरकारी तथा फलफुल व्यवसायी तथा उपभोक्तालाई डिजिटल बैंकिङ्गको पुहुच पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरकारी किनेर क्युआर कोड मार्फत उक्त तरकारीको रकम भुक्तानी गरि क्युआर कोड सेवाको शुभारम्भ गर्नुभएको थियो ।

सो बजारमा रहेका कुल १५३ तरकारी स्टलमध्ये १०० वटामा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु भइसकेको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रेबैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङ्स लिमिटेड बीच  सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापा ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले  सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।

कृषि विकास बैंक कीर्तिपुर र नगरपालिका बिच बैंकिङ्ग कारोबार गर्ने सम्बन्धी सम्झौता

कीर्तिपुर नगरपालिकाले आफ्ना सम्पूर्ण बैंकिङ्ग कारोवारहरु कृषि विकास बैंक लिमिटेड मार्फत गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले हस्ताक्षर गरेका हुन् ।

देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिकाबिच बैंकिङ्ग कारोबार गर्ने संझौताले नगरपालिकाको बैंकिङ्ग कारोवारमा सहजता हुनुका साथै स्थानीय आम जनसमुदायलाई बैंकिङ्ग कारोबार गर्न थप सुविधा पुग्ने छ ।

उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा पाँच बर्षे सम्झौता पत्र आदन प्रदान गदै नगर प्रमुख रमेश महर्जनले भने, ‘सहकार्यले दुवै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविक रुपमा दुवैलाई मिल्छ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको वाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्ष रुपमा जोडिन पाउदा संस्था गौरवान्बित भएको बताए ।