जोडिनुहोस
शनिबार, साउन ९, २०८३
शनिबार, साउन ९, २०८३
  • होमपेज
  • आईपीओमा सबैलाई ५० कित्ता परेको निफ्राको नाफा घट्यो,

आईपीओमा सबैलाई ५० कित्ता परेको निफ्राको नाफा घट्यो,

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफामा घटेको छ। यस आवको पहिलो त्रैमासको तुलनामा दोस्रो आवमा करिब १२ प्रतिशतले गिरावट आएको छ।

पहिलो त्रैमासमा ४० करोड २७ लाख नाफा गरेको बैंकले दोस्रोमा भने ३५ करोड २२ लाख मात्र नाफा आर्जन गरेको हो।

पहिलो त्रैमासिकको तुलनामा दोस्रो त्रैमासमा ५ करोड ५ लाख कम नाफा हो। बैंकले हालसम्म एक अर्ब ६१ करोड ऋण लगानी गरेको छ। यो ऋण सरकारी ऋणपत्रसहित विभिन्न पूर्वाधारहरुमा लगानी गरेको हो।

चालु वर्षको सुरूआतदेखि नै कर्जाको ब्याजदर घट्दै जाँदा बैंकको आम्दानीमा पनि गिरावट आएको हो ।

8600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका