जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए

कृषि विकास बैंकको वार्षिकोत्सव सम्पन्न, २० जना कृषकले क्रेडिट कार्ड पाए

कृषि विकास बैंकको ५४ औं बार्षिकोत्सव सम्पन्न भएको छ ।  वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र  एपको उद्घाटन गरेका छन् ।

चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

यस्ता छन् किसान क्रेडिट कार्डका विशेषता

कृषि विकास बैंकको ५४ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिक उत्सवको अवसर पारेर किसान क्रेडिट कार्ड र किसान एप लन्च गर्ने भएको छ । उपत्यका भित्रका २० जना कृषकलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड वितरण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज उक्त कार्ड र  एपको उद्घाटन गरेका छन् । चालु आर्थिक वर्षको बजेटले व्यवस्था गरे बमोजिम किसानलाई उपलब्ध गराउने भनिएको ‘किसान क्रेडिट कार्ड’ आज बुधबार लन्च भएको हो । कृषि विकास बैंकले बजेटपछि थालनी गरेको यो कार्डको प्राविधिक पक्षदेखि सबै काम सम्पन्न भएको बैंकले जानकारी दिएको छ ।

पहिलो चरणमा आज ६ अर्बको कृषि बण्ड र यस वर्ष कुल २४ अर्बको बण्ड निष्कासन गर्न आजकै दिनमा २६ वटा ‘क’ वर्गको बैंक र १ पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गर्न सफल भएका छ । यस कार्यले देशको कृषिसँग सम्बन्धित उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणाली समेत बलियो र भरपर्दो हुने विश्वास रहेको बैंकले जनाएको छ ।

वित्तीय बजारको करिब ४ प्रतिशतभन्दा माथि हिस्सा ओगटेको यस बैंकले सम्पूर्ण प्रविधिमैत्री सेवा प्रदान गर्दै गएकोमा कोभिड १९ को लकडाउनमा करिब ३ लाख मोबाइल बैंकिङ सेवा प्रदान गर्दै डिजिटल प्रविधि बैंकको नयाँ खुड्किलोमा सहकार्य गर्न सफल भएका छ । संघीय र प्रदेश सरकार सँगको कार्यक्रमलाई पनि हाम्रो मूल कार्यक्रममा समाहित गर्दै आफ्ना अत्याधुनिक प्रविधिको कोर बैंकिङ प्रणाली मार्फत २७८ वटा कार्यालयहरुबाट कूल कर्जाको ८५ प्रतिशतभन्दा बढी हिस्सा १५ लाख भन्दा कम रकमका साना तथा मझौला कर्जामा लगानी गरेको एक मात्र वाणिज्य बैंक भएका छ ।

बैंकले आफ्ना ग्राहक, नियामक निकायहरुसँग राम्रो व्यावसायिक सम्बन्ध कायम गरेको छ, आगामी दिनमा अझ फराकिलो र बलियो सम्बन्ध कायम गर्दै लैजाने बैंकले जनाएको छ । बैंकले व्यवसाय संचालनमा सरोकारवाला शेयरधनी नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत विभिन्न नियमनकारी निकायहरु, ग्राहकहरु, दातृ निकायहरु, बैंकका युनियनकर्मीहरु, अन्य सम्बन्धित पक्षहरुसँग असल व्यवसायिक वातावरण र सम्बन्ध कायम गर्दै आएको छ ।

8800
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका