जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कृषि विकास बैंकले जारी गर्यो ६ अर्ब कृषि बण्ड

कृषि विकास बैंकले जारी गर्यो ६ अर्ब कृषि बण्ड

कृषिमा लगानी गर्ने स्रोत व्यवस्थापनका लागि कृषि विकास बैंकले ६ अर्ब रुपैयाँको ‘कृषि बण्ड’ जारी गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले उक्त बण्डको आज शुभारम्भ गरेका हुन् । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा कृषि बण्ड, किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । बजेटले लिएको नीति अनुरुप कृषि विकास बैंकले यस वर्षमात्रै २४ अर्बको कृषि बण्ड जारी गर्ने योजना बनाएको छ । यो बण्डमा पूर्वाधार बैंक सहित २६ वटा बैंकमा कृषि विकास बैंकले दरखास्त आव्हान गरिसकेको छ ।

सो अवसरका अर्थमन्त्री पौडेलले कृषि क्षेत्रमा लगानी गर्न सबै बैंक तथा वित्तीय संस्थाको प्रतिनिधित्व कृषि विकास बैंकलाई गर्न निर्देशन दिए । आम किसानहरुलाई कृषि उद्यमीको रुपमा स्थापित गर्न कृषि विकास बैंकबाट विशेष भुमिका खेल्न पनि उनले निर्देशन दिएका छन् ।

अर्थमन्त्री पौडेलले प्रविधिको क्षेत्रमा विश्वले गरेका चमत्कारहरुलाई नेपालले पछ्याइरहेको बताए । कृषि विकास बैंकले बनाएको ‘किसान एप र किसान क्रेडिट कार्ड’ सार्वजनिक गर्दै उनले यो प्रविधिले आम किसानहरूलाई प्रविधिमैत्री बन्न मद्दत पुग्ने बताए । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिक अवसरमा किसान क्रेडिट कार्ड र एपकोे शुभारम्भ गरेको हो । किसान एप र किसान क्रेडिट कार्ड’ को औपचारिक शुभारम्भ अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् ।

सो अवसरका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ‘किसान एप र किसान क्रेडिट कार्ड’ को शुरुवातले सरकार तथा राष्ट्र बैंकले लिएको डिजिटल भुक्तानीको नीतिलाई पूर्णता दिन सहयोग गर्ने बताए । कृषि विकास बैंकले किसान एप र किसान क्रेडिट कार्डको सुरुवात गरी काम पनि शुरु गरिसकेको हुँदा डिजिटल नेपाल फ्रेमवर्क अभियान चाँडै सफल हुने उनको बताए ।

सोही अवसरमा गभर्नर अधिकारीले वाणिज्य बैंकहरुबाट भएको लगानीको २० प्रतिशत कृषि विकास बैंकबाट भएको बताए । उद्यपि कृषि विकास बैंक सवल र सक्षम भएपनि अन्य वाणिज्य बैंकहरूको तुलनामा प्रतिस्पर्धामक नभएको गुनासो गरे । समग्रमा २७ वाणिज्य बैंकमा कृषि विकास बैंक २६ औं नम्बरमा रहेकोले बैंक अझै प्रतिस्पर्धी हुनु पर्ने बताए ।

अवसरमा नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले कृषि क्षेत्रमा लगानी गर्ने कृषि विकास बैंकले पाएको नेतृत्वदायी भुमिकामा सहकार्य गर्न अन्य बैंक तथा वित्तीय संस्थाहरू तयार रहेको जानकारी गराए । जसका लागि संघले कृषि विकास बैंककै संयोजकत्वमा अध्ययन कमिटी गठन गर्न लागेको पनि उनले बताए ।

कृषि विकास बैंकले १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल प्रवाहित कर्जामा २८ प्रतिशत कृषि क्षेत्रमा प्रवाहित कर्जाको हिस्सा रहेको बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । बैंकको हालसम्म  एक खर्ब ४४ अर्ब निक्षेप संकलन गरेर  १ लाख ५२ हजार ऋणी प्रवाह गरेको बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले बताए ।

‘जसमध्ये अधिकांश ५० लाख रुपैयाँ मुनि कर्जा लिने ग्राहक रहेका छन्,’ उनले भने । वार्षिक उत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले सरकारको नीति तथा कृषि उत्पादन, बजार, बिउ विजन, खेती प्रविधि बजार मूल्य सम्बन्धी सूचनाको जानकारी लिन तथा ऋणी किसानको सहज पहँुच पुर्याउन ‘किसान एप र किसान क्रेडिट कार्ड’ को सुरुवात गरिएको बताए ।

7525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका